भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण : छेडागाड नगरपालिका
जाजरकोट । छेडागाड नगरपालिकाले गरेका कार्यक्रम र भुक्तानीको विषयमा केही दिन यता पत्रपत्रिका तथा अनलाइन मिडियाबाट प्रकाशित सामाचार प्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नगरपालिका कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न कार्यक्रमहरु र त्यसमा भुक्तानीको विषयमा केही पत्रपत्रिका तथा अनलाइन मिडियाबाट प्रकाशित सामाचार र सामाजिक संजालमा नकारात्मक टिप्पणीहरु सार्वजनिक गरिएकोमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
आ.व. २०७९/८० को लागि भएको नगरसभा, त्यतिवेलाका विभिन्न विषयगत समितिहरु, वार्षिक समीक्षा गोष्ठी, सार्वजनिक सुनुवाई कार्यक्रम, विभिन्न निकायहरुको अनुगमन खर्च, नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा पुरानो जनप्रतिनिधीहरुको विदाई, भूमी आयोगको पटक पटकका बैठकहरु, त्यतिवेलाका केही कार्यपालिकाका बैठकहरु, प्रहरी चौकी उदघाटन, कर्मचारीहरुको नियमित बैठक, कार्यालयको सामान्य खाजा खर्च लग...