११ श्रावण २०८१, शनिबार

माओवादी केन्द्रका द्धाेय उपमहासचिव बस्नेत र शर्मा भुकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा निरन्तर खटिरहेका छन

जाजरकोट ।नेकपा माओवादी केन्द्रका उपमहासचिव द्वाेय शक्ति बहादुर बस्नेत र जनार्दन शर्मा ‘प्रभाकर’ भुकम्प प्रभावित क्षेत्रमा उद्दार-राहतमा जुटिरहेकाछन । पूर्वअर्थमन्त्री समेत रहेका प्रभाकर र पुर्व गृह तथा बर्तमान -उर्जा जलश्राेत तथा सिचाइ मन्त्री शक्ति बहादुर  बस्नेत भुकम्प प्रभावित क्षेत्रका पीडितसँगै छन् ।

उद्दार कार्य सकिएपछि अहिले राहत तथा पुनःस्थापनाको  कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन शर्मा रुकुम र बस्नेत जाजरकोटका पिडितहरुसंगै सुखदुःखमा खटिरहेका छन ।२०७९ काे प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस संगकाे गठबन्धनमा शर्माले रुकुम पश्चिम बाट ३९,५४९ मत ल्याई बिजयी भयका थिय भने जाजरकोटकमा बस्नेतले पनि ३४,१५१ मत प्राप्त गरि विजयी भयका थिय । शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२,९६१ र बस्नेतका प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५,१२० मत प्राप्त गरि पराजित भयका थिय ।

शर्मा र बस्नेत दुवै जना बिगत जनयुद्धकालमा भुमिगत जिवन देखि जनमुक्ति सेनाकाे कमिसार हुुँदै माओवादी केन्द्र का प्रभावशालि नेता तथा नेपाल सरकारका प्रभावशालि मन्त्री का रुपमा चिर प्रचित छन ।

जाजरकोट र रुकुम बिगत जनयुद्धका आधार भुमि र युद्ध सेल्टरका लागि ऐतिहासिक भुमिका खेलेका जिल्ला र ठाउँ हरु हुन। तत्कालीन जनयुद्धको माेडल क्षेत्रमा २०८०/कार्तिक /१७ गते राति ११:४७ तिर जाजरकोटकाे बारेकाेटकाे राममिडाँडा केन्द्र बिन्दु भयर ६.४ रेक्टर स्केलकाे अकल्पनीय बिनासकारी भुकम्पले १५३ जनाकाे ज्यान लिनुका साथै करिव ४०० जना घाइते भयका छन भने निजि घर, बिद्यालय र सरकारी कार्यलयहरु गरि करिव ५० हजार भाैतिक संरचना  पुर्ण ध्वस्त भयका छन । हाल सम्मा ६८ अर्ब बराबरकाे क्षेति भयकाे अनुमान गरियकाे छ ।

यतिबेला दुबैजना राहत पुगे नपुगेको र दीर्घकालिन रुपमा पुनस्र्थापनाको कामलाई अगाडि बढाउने विषयमा जिल्लामा रहेका सबै राजनीतिक दल तथा जनप्रतिनिधिसँग छलफल गरिरहेका छन् ।भूकम्पले खुला आकाशमा पुर्याएका जिल्लाबासीलाई पहिलो चरणमा त्रिपालमुनी राख्न । भूकम्पमा परी ज्यान गुमाएका  परिवारलाई सान्त्वना दिदै , घाइते हरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै दुबैजना प्रभावित क्षेत्रमा निरन्तर खटिएको देखिन्छ ।

यति वेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायले थुप्रै सहयाेगकाे अपिल गरेका छन र कतिपय ग्राउन्डमै राहतका सामग्रीहरु लियर हस्तान्तरण गरिरहेका छन, सिङ्गो मुलुक यतिवेला भुकम्प प्रभावित क्षेत्रमा केन्द्रीकृत देखिन्छ, आशा गराै शर्मा र बस्नेत दुबै जना नै राष्ट्रिय राजनीति मा चिर प्रचित नाम हुनुकाे नाताले पनि दुबै जनाएको बिशेष पहलमा ग्राउन्डका पिडितहरुले उचित राहत र पुनर्वासको तेति झमेला  झेल्नु नपर्ला ! यति वेला देशमा पीडा थपिएको वेला काेहि पुर्वाग्रही नबनाैँ , सबैले देश राेहिरहेकाे वेला सबैले हातेमालो गराै । अकल्पनीय दैवीकप्रकोपकाे समाना गराै ।