११ श्रावण २०८१, शनिबार

मुगु सामूहिक हत्या प्रकरण: आरोपी सार्वजनिक

काठमाडौं ।कात्तिक १० गते बिहान मुगुको छारायानाथ रारा नगगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आशंकामा दुई हप्तापछि मुगुको छायानाथ रारा नगरपालिका–७ घर भई हाल बाँके कोहलपुरको चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही ठकुरी र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपाल बोहरालाई पक्राउ गरिएको छ ।

गोर्खराजलाई प्रहरीले गएको सोमबार बाँकेको कोहालपुरबाट प्रकाउ गरेको हो। उनलाई पक्राउ गरी मुगु ल्याएर थप अनुसन्धान गर्दा मुन्दु गाउँकै गोपाल बोहरा पनि पक्राउ परेको स्रोतले जानकारी दिएको छ। गोर्खराजबारे छानबिन गर्दा उनले घटनामा बोहोरा पनि संग्लन रहेको बताएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो। हत्या आरोपित गोर्खराज श्रीदेवीका काका र गोपाल देवर नाता पर्छन् । प्रहरी स्रोतका अनुसार गोरखबहादुर गाउँमा राम्रो चरित्रका मानिँदैनन् ।

प्रहरी स्रोतका अनुसार लुट्ने योजनाका साथ सामूहिक हत्या गरिएको पाइएको छ।
मृतक श्रीदेवीका श्रीमान् दीपक बोहरा ७/८ वर्षदेखि वैदेशिक रोजगारीमा छन् । स्रोतले दिएको जनकारी अनुसार मृतक श्रीदेवीका श्रीमान्‌ले विदेशमा कमाएको रकमले मुगु सदरमुकाममा ४०/४२ लाख बराबरको जग्गा किनेका छन् । प्रहरीले हत्या आरोपमा प्रकाउ परेका उनीहरूलाई आज (शुक्रबार) दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने मुगुका डीएसपी (प्रहरी नायब उपरीक्षक) वीरेन्द्र थापा जानकारी दिए ।

खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय (मुगु) बाट प्रहरी टोली घटनास्थलतर्फ लाग्यो। प्रहरी घटनास्थलमा पुगेपछि घरमा नयाँ ताल्चा लगाएको अवस्थामा

कात्तिक १० गते बिहान मुगुको छारायानाथ रारा नगगरपालिका–६ मुन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ८ महिनाका छोरा रहर, ८ वर्षीया छोरी अप्सरा र ११ वर्षीय छोरा मनोजको बिभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो ।