११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प पिडितका लागि स्वास्थ्य सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण गरेकाे छ

जाजरकोट । माेहन वैद्य (किरण) नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टीले जिल्ला अस्पताल जाजरकोट लाई भुकम्प पिडितका लागि  स्वास्थ्य  सामाग्री हस्तान्तरण गरेकाे छ ।

शनिबार बिहान क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नं. प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने “दिपक” नेतृत्वकाे  टाेलिले जिल्ला अस्पताल जाजरकोट पुगेर झण्डै ३ लाख बराबरको स्वास्थ्य  सामाग्री जनस्वास्थ्य अधिकृत जनक केसिलाई हस्तान्तरण गरेका छन ।

हस्तान्तरण कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल ६ नं. प्रदेश समिति संयाेजक संगम,जाजरकोट जिल्ला ईन्चार्ज अन्तत,केन्द्रीय सदस्य विपिन,क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष हरिष भट्ट,केन्द्रीय सदस्य प्रतिज्ञा चाैलागाई र पाल्पा जिल्ला पार्टी संयोजक मुक्ति गैरे लगायत जिल्ला पार्टीका सदस्य हरुकाे उपस्थिति रहेको थियोे ।

जाजरकोटकाे बारेकाेट गाउपालिकाकाे रामिडाँडा केन्द्र बिन्दु भयर २०८०कार्तिक १७ गते राति ११:४७ मा ६.४ रेक्टर स्केलकाे भुकम्पले १५३ जनाकाे ज्यान लिनुका साथै ४०० जना घाईते अवस्थामा छन र हजाराै घरवारविहीन अवस्थामा पालमुनि र गाेठहरुमा बसिरहेका छन । चिसाे बढे संगै थुप्रै बिरामी परिरहेका छन साेहि अवस्थालाई मध्यनजर गरि विभिन्न किसिमकाे स्वास्थ्य सामाग्री रओैषधिहरु जिल्ला अस्पताल जाजरकोट लाई हस्तान्तरण गरि भुकम्प पिडितहरु कहाँ पुर्‍याउने , पार्टीले थप राहतका सामग्रीहरु पनि उपलब्ध गराउने र आज देखि भुकम्प प्रभावित क्षेत्रमा पार्टी  उद्धार कार्यमा निरन्तर खट्ने जिल्ला इन्चार्ज अनन्तले जानकारी दिय ।