११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका लागि शुरु गर्याे जनसेवा अभियान

 

जाजरकोट : माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका घरहरू पुर्ननिर्माणका लागि आजबाट जनसेवा अभियान शुरु गरेको छ । भेरि नगरपालिका वडा नम्बर ३ कि गाेपि सिंहकाे घर भुकम्पले क्षतविक्षत बनाएकाे घरलाई पुर्ननिर्माणकाे लागि शुरुवात गरेको हाे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने “दिपक” लगायतकाे टिम जिल्लामा पुगि यतिबेला भुकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिरहेकाे छ।

शनिबार स्वास्थ्य सामाग्री सहित भुकम्प  प्रभावित क्षेत्र जाजरकोट पुगेर जिल्ला अस्पतालमा सामाग्रीहरु हस्तान्तरण गरि भुकम्पले क्षेतिग्रस्त घरहरुकाे उद्धारमा खटिएका हुन ।  इन्चार्ज दिपकका साथमा ६ नम्बर प्रदेश समिति संयाेजक संगम,जाजरकोट जिल्ला ईन्चार्ज अनन्त ,केन्द्रीय सदस्य विपिन,क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष हरिश भट्ट,केन्द्रीय सदस्य प्रतिज्ञा चाैलागाई , पत्रकार दिग्दर्शन, राजन बुढा,बाँके बर्दिया र सुर्खेत लगायतका जिल्लाबाट गयकाे युवाहरूको टिम र जिल्लाकाे टिम जुटेर भत्किएका घरहरुकाे सामान उद्धार गरिरहेका छन ।

आजै उक्त ठाउँमा दुईवटा घर पुर्ननिर्माणकाे काम शुरु गरेको छ । याे भन्दा अगाडि पार्टीका जिल्ला ईन्चार्ज अनन्तकाे नेतृत्वमा भुकम्प गए लगत्तै रातारात उद्धार र राहत कार्यमा निरन्तर खटिरहेकाे थियाे । शुक्रबार देखि पार्टी केन्द्रकाे तर्फबाट दिपककाे नेतृत्वमा पुगेको टाेलि हरिस भट्ट संयाेजक रहेको क्रान्तिकारी युवा संगठन,प्रतिज्ञा चाैलागाई र केसरकाे नेतृत्वमा जनस्वास्थ्य कर्मि,र दिग्दर्शन र राजन बुढाको नेतृत्वमा सुचना तथा संचार सहितकाे टाेलि जिल्लामा पुगेर जनसेवाकाे काम शुरुवात गरेका हुन ।अभियान टाेलिका कमान्डर दिपकले शनिबार  २५ गते देखि शुरु गरेको याे दाेस्राे चरणको जनअभियान १५ दिन सम्म चल्ने बताए ।

उद्धार र पुनःनिर्माणका लागि जन अभियान टिम बिभाजन गरियकाे छ 

प्रदेश ईन्चार्ज  दिपक काे नेतृत्वमा कार्यलय टिम क्रान्तिकारी युवा संगठन नेपालका संयाेजक हरिस भट्ट, पार्टी केन्द्रीय सदस्य तथा ६ नं. प्रदेश संयाेजक संगम,पार्टी केन्द्रीय सदस्य धमिल र बादल रहेका छन्। जुन टिमले भेरि नगरपालिका लाई उद्धार गर्ने छ १ नं. टाेलि संयाेजक प्रतिज्ञा चाैलागाइकाे  नेतृत्वमा  नलगाड नगरपालिका र बारेकाेट गाउपालिका,२ नं. टाेलि संयाेजक अनन्तकाे नेतृत्वमा कुँशे गाउपालिका र छेडागाड नगरपालिका,३ नं. टाेलि संयाेजक विपिनकाे नेतृत्वमा जुनिचाँदे गाउपालिका र शिवालय गाउपालिका मा खट्ने गरि , ९/९ जनाको टाेलि परिचालन  गरिएको बताए ।जिल्लाको बारेकाेट गाउँपालिकाकाे वडा नं.-१ रामिडाँडा केन्द्र बिन्दु भयर २०८०/कार्तिक १७ गते राति ११:४७ मा ६.४ म्याग्निच्युटकाे भुकम्पले १५४ जनाकाे ज्यान लिनुका साथै ४०० जना घाईते अवस्थामा छन, हजाराै घरवारविहीन अवस्थामा पालमुनि र गाेठहरुमा बसिरहेकाे अवस्था छ।

माैसम बदली संगै यतिबेला देशकाे पहाडी भुभागमा पानी परेर भुकम्प प्रभावित क्षेत्रमा  चिसाे बढेकाे छ , र थुप्रै बिरामी परिरहेका छन् । कतिपय घाइते काे अवस्था गम्भीर छ , बालबालिका , गर्भवती महिला र जेष्ठ नागरिक हरुकाे लागि अलि विशेष पहल गर्नु पर्ने देखिन्छ र प्रभावित क्षेत्रमा राहत र अस्थायी घर,टहरा निर्माणका लागि पार्टी निरन्तर प्रभावित क्षेत्रमा चरण बद्ध अभियानाात्मक ढंगले लागि पर्ने र सरकार र सराेकारवाला निकायहरुले पनि सहयाेग, राहत, उद्धार र पुनःनिर्माणकार्यमा हर्दम  लाग्नु पर्ने र पार्टीका सम्पुर्ण आन्तरिक कार्यक्रम स्थगित गरेर पार्टी केन्द्र देखि प्रदेश कमिटी , जिल्ला कमिटी र सम्पुर्ण जबस माेर्चाहरु राहत तथा उद्धार कार्यमा लागिरहेको नेता दिपकले बताय । क्रमशः जाजरकाेट, रुकुम र सल्यान लगायतका जिल्लाहरुमा अपुरनिय क्षति भयकाेले सबै ठाउमा पुगेर राहत र उद्धार का लागि पुग्ने कार्यक्रम रहेकाे पार्टी प्रदेश कमिटि संयोजक संगम आर.सि.ले जानकारी दिय ।