११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपाल जाजरकोटकाे तेस्रो पुर्ण बैंठक सम्पन्न

जाजरकोट :क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपाल जाजरकोटकाे तेस्रो पुर्ण बैंठक सम्पन्न भएको छ।मंगलबार माेहन वैद्य  “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल जाजरकोटकाे तेस्रो  बैंठक जिल्लाकाे सदरमुकाम खलंगामा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज उदय बहादुर चलाउने “दिपक”काे प्रमुख आथित्यतामा सम्पन्न भएको हाे।

उक्त बैठकमा जाजरकोटमा भुकुम्प प्रभावित क्षेत्रमा तहसनहस भएका घरहरु पुनःनिर्माण गर्ने अभियानलाई निरन्तरता दिने साथै जिल्लामा ग्रुप विभाजन गरि पुन: निर्माणमा जुट्न र जनतालाई ओैषधि वितरण तथा स्वास्थ सिविर सञ्चालन गर्न साथै भ्रष्टाचारका बिरुद्ध कार्वाही गर्न बैठकका प्रमुख अतिथि चलाउनेले निर्देशन गरेका थिय। बैंठकमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका  ब्युरो सदस्य  माेहन जङ्ग शाह  प्रमाण लाई प्रमुख अतिथि दिपक ले स्वागत गरेका थिय । साथै भुकुम्प पीडित जनतालाई दिएको राहत सामाग्रिमाथि हुने घाेटालालाइ राेक्ने र कार्वाहि गर्ने र भुकम्प प्रतिराेधि घर काे डिजाइन निकाल्न पनि सरकार संग माग गर्ने लगायत  निर्णय गर्दै बैंठकका अध्यक्ष तथा जिल्ला संयाेजक ठगेन्द्र बहादुर सिंह हिमालले बैठक समापन गरेका थिय ।