२३ भाद्र २०८१, आईतवार

भुकम्प पिडितका अस्थायी टेन्टमै पुगेर उपचार गर्दै :स्वास्थ्य जनस्वयंसेवक

जाजरकोट : जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर भुकम्प पिडितहरुका टेन्ट मै पुगेर उपचार गरेका छन् ।कुशे गाँउपालिकाका वडा नम्बर १ स्याँक्रिमा जनस्वयंसेवक अन्तर्गत अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन,नेपालका स्वास्थ्य टाेलिहरु उक्त प्रभावित क्षेत्र पुगेर भुकम्पबाट विस्थापित पिडितका अस्थायी टहराहरुमा पुगेर जनस्वास्थ्य सेवा शिविर संचालन गरेका हुन् ।

जन स्वयंसेवकका २ नम्बर टाेलि कमान्डर अनन्तकाे नेतृत्वमा HA डाक्टर संन्जय लावड,जनसंचारका दिग्दर्शन,जनस्वयंसेवकका जनसेवकहरु र स्थानीय जनस्वयंसेवकहरु लगायतको उपस्थितिमा उपचार गरिएको हाे ।

भुकम्पमा परि घाइते भएका र भुकम्पबाट विस्थापित पिडितहरु अस्थायी टेन्टबाट बस्नुपर्ने बाध्यताले माैसमि चिसोले गर्दा रुघाखोकी,एलर्जी,झाडापखाला आदिले सताउन थालेपछि उक्त टाेलि प्रत्येक टेन्टमै पुगेर उपचार गरेकाे जनस्वयंसेवकका केन्द्रीय टाेलि नेता उदय बहादुर चलाउने दिपकले बताय । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले भुकम्प पिडितका घरहरू पुर्ननिर्माणका लागि जनसेवाका कामहरु तिब्रता दिईरहेकाे छ । उक्त  पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ नं. प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने “दिपक” काे नेतृत्वमा उक्त प्रभावित क्षेत्रमा पुगेर दाेस्राे चरणको जनसेवा शुरुआत गरेको हाे । भुकम्प गए लगत्तै प्रभावित क्षेत्रमा पार्टीका जिल्ला ईन्चार्ज अनन्त र जिल्ला संयाेजक हिमालकाे नेतृत्वमा रातारात उद्धार र राहत कार्यमा निरन्तर खटिरहेकाे छ । केन्द्रकाे तर्फबाट दिपककाे नेतृत्वमा पुगेको टाेलि हरिस भट्ट संयाेजक रहेको क्रान्तिकारी युवा संगठन,प्रतिज्ञा र केसरकाे नेतृत्वकाे जनस्वास्थ्य कर्मि टाेलि,दिग्दर्शन र राजन बुढाको नेतृत्वकाे सुचना तथा संचार टाेलिले शुरुआत गरेको थियोे । अभियान टाेलिका कमान्डर दिपकले २५ गते देखि शुरु गरेको छ । उनको नेतृत्वमा जनसेवा अभियान कार्यलय टिम पार्टी केन्द्रीय सचिवालय सदस्य तथा ६ नं. प्रदेश संयाेजक संगम,पार्टी केन्द्रीय सचिवालय सदस्य धमिल,क्रान्तिकारी युवा संगठन नेपाल संयाजक हरिस भट्ट,जनस्वयंसेवकका बादल,१ नं. टाेलि संयाेजक प्रतिज्ञाकाे टाेलिकाे नेतृत्वमा भेरि नपा,नलगाडा नपा र कुँशे गाँपा,२ नं. टाेलि संयाेजक अनन्तकाे टाेलिकाे नेतृत्वमा कुँशे गाँपा,छेडा गाँपा र भेरि नपा र ३ नं. टाेलि संयाेजक विपिनकाे नेतृत्वमा नलगाँड गाँपा,भेरि नपा मा ९/९ जनाको टाेलि निर्माण गरि परिचालन गरिएको छ ।जिल्लाको  बारेकाेट गाउपालिकाकाे रामिडाँडा केन्द्र बिन्दु भयर २०८०कार्तिक १७ गते राति ११:४७ मा ६.४ रेक्टर स्केलकाे भुकम्पले १५४ जनाकाे ज्यान लिनुका साथै ४०० जना घाईते अवस्थामा छन् र हजाराै घरवारविहीन अवस्थामा पालमुनि र गाेठहरुमा बसिरहेका छन् । चिसाे बढे संगै थुप्रै बिरामी परिरहेका छन् साेहि अवस्थालाई मध्यनजर गरि विभिन्न किसिमकाे स्वास्थ्य सामाग्री वितरण,ओैषधि उपचार र नगदहरु जिल्ला अस्पताल जाजरकोट र ‘भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८०’ लाई हस्तान्तरण गरि भुकम्प पिडितहरु कहाँ पुर्‍याउने,पार्टीले थप स्वास्थ्य र राहतका सामग्रीहरु पनि उपलब्ध गराउने र भुकम्प प्रभावित क्षेत्रमा पार्टीकाे उद्धार कार्यमा निरन्तर खट्ने क्रममा अाज उक्त क्षेत्रमा भुकम्प प्रभावित २० घरधुरीका टेन्टमा पुगि १०० जनाको स्वास्थ्य चेकजाँच,घाइतेहरुकाे उपचार तथा पार्टीको अाफ्नै पहलमा ल्याएको अाैषधिले उपचार कार्य सम्पन्न गरिएकाे जिल्ला इन्चार्ज अनन्तले जानकारी दिए,उनलेे याे कार्य अाफ्नाे पार्टीले तेस्रो चरणमा पुर्ननिर्माण सहितको देशै भरिबाट केन्द्रित जन स्वयंसेवकहरु परिचालन गरिने समेत बताए ।