११ श्रावण २०८१, शनिबार

अखिल नेपाल शिक्षक संगठनले भुकम्प पिडितका लागि रु. ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ

जाजरकोट। जाजरकोट भुकम्पबाट प्रभावित पिडितहरुका लागि अखिल नेपाल शिक्षक संगठनले ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ ।आईतवार अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्षिराम ढकालकाे नेतृत्वमा  अर्थ उपमहासचिव लक्ष्मण वलि,उपाध्यक्ष रूद्र केसि,कर्णाली प्रदेश अध्यक्ष अच्युत प्रसाद शर्मा,केन्द्रीय सदस्य रूद्र बहादुर वलि,जाजरकोट जिल्ला सचिव टेक बहादुर मल्ल र माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियान सदस्य तथा पार्टी केन्द्रीय  सचिवालय सदस्य धमिलकाे टाेलिले भुकम्प प्रभावित जिल्ला जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मालाई “भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८०” लाई जम्मा रु ५१,१५१ (अक्षेरुपी एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ) को चेक हस्तान्तरण गरेका हुन।

उता माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका घरहरू पुर्ननिर्माणका लागि जनसेवा शुरु गरेको छ । उक्त क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नं. प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने “दिपक” काे नेतृत्वमा उक्त प्रभावित क्षेत्रमा पुगेर दाेस्राे चरणको जनसेवाकाे अभियान शुरुआत गरेको छ । भुकम्प गए लगत्तै प्रभावित क्षेत्रमा पार्टीका जिल्ला ईन्चार्ज अनन्त र जिल्ला संयाेजक हिमालकाे नेतृत्वमा रातारात उद्धार र राहत कार्यमा निरन्तर खटिरहेेका थिय भने केन्द्रीय टिम र प्रदेशको टिम पुगे पछि टिम बिभाजन गरि प्रत्येक पालिकाहरुमा उद्धार, राहत र पुनःनिर्माण कार्यमा खटिरहेका छन ।

जिल्लाको बारेकाेट गाउँपालिकाकाे वडा नं.-१ रामिडाँडा केन्द्र बिन्दु भयर २०८०/कार्तिक १७ गते राति ११:४७ मा ६.४ म्याग्निच्युटकाे भुकम्पले १५४ जनाकाे ज्यान लिनुका साथै ४०० जना घाईते अवस्थामा छन, हजाराै घरवारविहीन अवस्थामा पालमुनि र गाेठहरुमा बसिरहेकाे अवस्था छ।

यतिबेला देशकाे पहाडी भुभागमा पानी परेर भुकम्प प्रभावित क्षेत्रमा  चिसाे बढेकाे छ , र थुप्रै बिरामी परिरहेका छन् । कतिपय घाइते काे अवस्था गम्भीर छ , बालबालिका , गर्भवती महिला र जेष्ठ नागरिक हरुकाे लागि अलि विशेष पहल गर्नु पर्ने देखिन्छ र प्रभावित क्षेत्रमा राहत र अस्थायी घर,टहरा निर्माणका लागि संगठन निरन्तर प्रभावित क्षेत्रमा चरण बद्ध अभियानाात्मक ढंगले लागि पर्ने र सरकार र सराेकारवाला निकायहरुले पनि सहयाेग, राहत, उद्धार र पुनःनिर्माणकार्यमा लागिपर्नु पर्ने  अर्थ उपमहासचिव लक्ष्मण वलिले बताय।। क्रमशः जाजरकाेट, रुकुम र सल्यान लगायतका जिल्लाहरुमा अपुरनिय क्षति भयकाेले सबै ठाउमा पुगेर राहत र उद्धार का लागि संगठन निरन्तर लागि पर्ने संगठनका केन्द्रीय सदस्य तथा शिक्षक महासंघ भेरिका संयोजक रुद्र बहादुर वलीले जानकारी दिय  ।