११ श्रावण २०८१, शनिबार

भुकम्प अपडेट: हाल सम्म जम्मा १३७ जनाकाे मृत्युु भयकाे पुष्टि

जाजरकोट ।भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो २:१५ को अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो ।

त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् । भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् ।  गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।