११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश नं. ६ ले सम्पूर्ण पार्टी पक्तिलाई उद्दार र राहत कार्यमा जुट्न निर्देशन

सुर्खेत ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रदेश नं. ६ को सम्पूर्ण पार्टी पक्तिलाई उद्दार र राहत कार्यमा सहभागी बन्न निर्देशन गरेको छ ।

पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश नं. ६ का इन्चार्ज उदय बहादुर चलाउने ‘दिपक’ले सम्पूर्ण पार्टी पंक्तिलाई भुकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत कार्यमा सहभागी बन्न विशेष निर्देशन गरेका छन् ।

नेता दिपकले  सबैलाई जानकारी गरेका छन उनले भनेका छन “भाेली कार्तिक १९ देखि २४ सम्मकाे लागि तय भएकाे केन्द्रीय स्कुलिङ्काे कार्यक्रम(६ र ७ नम्बर प्रदेशकाे संयुक्त) हिजाे राति गएकाे भूकम्पकाे कारण स्थगित भएकाे र सम्पूर्ण पार्टी पंक्तिलाई उद्दार र राहत कार्यमा सहभागी बन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, ६ नम्बर प्रदेशको विशेष निर्देशन गरेका हुन् ।

शुक्रबार रागि ११ः४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा रुकुमपश्चिम र जाजरकोटमा गरेर १ सय ३६ जनाको मृत्यु भईसकेको व भने सैयौं संख्यामा घाईते भएका छन् ।