जाजरकोट ।लुम्बिनी रारा सडक खण्डको भेरि नगर पालिका -२ दारनेटा, साङ्टा रिसाङ लघु जलविद्युत आयाेजना काे पावर हाउस नजिकै जिप दुर्घटना भयकाे छ।
कुशे गाउपलिका देखि खलंगा आउने क्रममा लु ३ च ३०९३ नम्बरको डब्बल क्याप जिप दुर्घटना भएकाे छ जीपमा जीप चालक सहित ३ जना सवार थिए सवार मध्य चालक सामान्य घाईते र दुईजना यात्रु सकुशल भएको बताइयकाे छ ।...
जाजरकोट ।जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका १३१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ।
आइतवार प्रशासनले गरेको अनुगमनका क्रममा १० कार्यालयका कार्यालय प्रमुखसहित आधाभन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालयमध्ये ३ वटा कार्यालय प्रमुख मात्र कार्यालयमा उपस्थित रहेका थिए।
स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारती, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्ती र मालपोत कार्यालयका प्रमुख डिल्लीबहादुर केसीमात्र कार्यालय प्रमुखको रुपमा कार्यालयमा भेटिएको तर अन्य १० कार्यालय प्रमुख हाजिरी रजिष्टरमा बिदा नै नजनाई अनुपस्थित रहेका थिए।
स्वास्थ्य सेवा कार्यालय, डिभिजन बन कार्यालय, भेरी नगरपालिका, जिल्...
जाजरकोट । यातायात व्यवस्थापन समिति जाजरकोटले जिल्ला देखि बिभिन्न ठाउँका लागि छुट्ने र आगमन हुने सवारी साधनको भाडादर निर्धारण गरेकाे छ ।
बिहिवार प्रमुख जिल्ला अधिकारी सुरेश सुनारकाे अध्यक्षतामा बसेकाे बैंठकले जिल्ला का विभिन्न ठाउमा जाने र आउने सवारी साधनहरुकाे भाडादर निर्धारण गरियकाे हाे । बैंठकमा जिल्ला स्थित सबै स्थानीय तहका उप प्रमुख र उपाध्यक्ष, जिल्ला स्थित सबै कार्यलय का प्रमुख हरुकाे सहभागी रहेकाे थियाे।
जिल्ला सम्पुर्ण स्थानीय तहहरुमा निर्माण गरियका सडक खण्डहरुमा यातायातका साधनहरुकाे भाडादर निर्धारण का लागि सम्बन्धि स्थानीय तहबाट भाडादर निर्धारण सम्बन्धि प्रतिवेदन तयार गर्ने र आगामी बैंठकदेखि निर्धारण गर्ने ।
राताे नम्बर प्लेटका गाडिले यात्रु बाेकि यातायात संचालन गर्नमा पुर्ण रुपमा बन्द गर्ने र यदि गरियकाे देखियमा कानुन बमोजिम कार्वाही गर्ने ।
प्रत्येक सवारी साधनहरुमा अ...
१.घरधूरी
१.१ जाजरकोट जिल्लाको कूल परिवार संख्या ३७,४६६
१.२ परिवार संख्या सवै भन्दा वढी भएको स्थानीय तह भेरी नगरपालिका ८८७४
१.३ परिवार संख्या सवै भन्दा कम भएको स्थानीय तह शिवालय गाउंपालिका २८०६
२ जनसंख्या
२.१ कूल जनसंख्या १,८९,३६०
२.२ कूल पुरुष संख्या ९४,०६३
२.३ कूल महिला संख्या ९५,२९७
२.४ पुरुष र महिलाको जनसंख्या वीच अन्तर महिलाको संख्या १,२३४ वढी
२.५ पुरुषको जनसंख्या वढी भएका स्थानीय तह नलगाड नगरपालिका र वारेकोटगाउंपालिका२.६ महिलाको जनसंख्या वढी भएका स्थानीय तह कुशे, जुनीचांदे र शिवालय गाउंपालिका तथा छेडागाड र भेरी नगरपालिका
२.७पुरुषको जनसंख्या वढी भएका वडा संख्या २५
२.८ महिलाको जनसंख्या वढी भएका वडा संख्या ५१
पुरुष र महिलाको जनसंख्या वरावर भएका वडा संख्या १
३. लैंगिक अनुपात
३.१जाजरकोट जिल्लाको कूल लैंगिक अनुपात ९८.७१
३.१लैंगिक अनुपातमा असमानता वढी रहेको स्थानीय तह भेरी...
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन , क्रान्तिकारी युवा संगठन नेपाल जाजरकोटले जिल्ला प्रशासन कार्यलयमा सात बुदे माग पत्र पेश गरेकाे छ ।
संगठन का जिल्ला संयाेजक तथा केन्द्रीय सदस्य पदम हमालद्वारा हस्ताक्षरित माग पत्रमा भनियकाे छ " क्रान्तिकारी युवा संगठन नेपाल राष्ट्रियता र स्वाधीनता काे बिषय लियर निरन्तर अगाडि बढिरहेको छ ,देश समस्याको चाङ्गमा फसेकाे छ ,मुलुकको अर्थतन्त्र काे भबिस्यमाथि कालाे बादल मडारिरहेकाे छ, देश बिकास काे मेरुदण्ड युवाहरू बिदेसिनु , देशमा भ्रष्टाचार वेतिथि र अराजकता माैलाउनु ,शिक्षा र स्वास्थ्य जस्ताे क्षेत्रमा अनियमितता बढ्नु र महंगिले जन्ता बाच्न नसक्ने अवस्था पुग्नुले देश यतिबेला गम्भीर संकटमा पुगेकाे छ । यसै बिषयलाई मध्यनजर गर्दै , दशै, तिहार जस्ता चाडपर्व काे अवसरमा हुने विभिन्न किसिमका अनियमितता र अनिन्त्रित बिषय बस्तुलाई नियन्त्रण गर्...
जाजरकोट। जिल्लाको कुशे गाउँपालिका–१ धाउनीका वीरबहादुर सिंहका दुई छोरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ।
घाइते ९ महिने निर्जला सिंहको उपचारका लागि छेडागाड नगरपालिकाको थलहमा लैजाँदै गर्दा बाटोमै सोमबार बिहान ४ बजे मृत्यु भएको थियो भने अर्की ३ वर्षीया सुस्मिता सिंहको आइतबार बेलुकी ९ बजे नै मृत्यु भएको टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए।
बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंह समेत अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएकी हुन्। गाइगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालको टोकेको थियो।...
जाजरकोट । जाजरकोट मा एक जना ब्यापारी लाई लुटपाट गरि घाइते अवस्था छाेडेर लुटेर भागेकाे अवस्थामा पाँच दिन पछि प्रहरीले नियन्त्रण लिई जिल्ला प्रहरी कार्यलय जाजरकोट पुर्याउयकाे छ ।
जिल्लाको छेडागाड नगरपालिका वडा न-७ र जुनिचाँदे गाउँपालिकाकाे सिमाना पर्ने हाडेखाेला भन्ने ठाउँमा २०८०असाेज ४ गते साझ ८:३० बजेकाे समयमा एक्कासि अज्ञात दुईजना अन्दाजी २०,२५ बर्षका दुइटा केटाहरुले एक्कासी एक जना ब्यापारी कुशे गाउपालिका २ घाेर्ले बस्ने बर्ष ५६ का डिल्लि बहादुर सिंह माथि आक्रमण गरि उनी संग भयकाे नगत एक लाख बीस हजार रुपैयाँ ,डेड ताेला सुन र एउटा आईटियल टचिङ्ग माेबाईल लुटपाट गरि ब्यापारी सिंहलाई कुटपिट गरि बेहाेस अवस्थामा छाेडेर भागेका थिय। बिलेट र धारिलो हतियारले खुट्टामा काटेर भागेकाे र आफू बेहाेस भई ढलेकाे र करिव दुई घण्टा पछि हाेसमा आउदा उनिहरु भागिसकेकाे पिडित सिंहकाे भनाइ छ ।
घटना भयका...
जाजरकोट। उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईतबार जिल्ला अस्पताल जाजरकोटको भवन उद्घाटन गरेका छन् । ५० शैयाको नवनिर्मित भवन मन्त्री बस्नेतले आईतबार उद्घाटन गरेका हुन् ।
अस्पतालको नवनिर्मित भवनबाट स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धिका स्वास्थ्य सेवाहरु संचालन गर्न आवश्यक जनशक्ति र उपकरणहरको व्यवस्थापन गरिने मन्त्री बस्नेतले भनाई राखेका थिए । सामान्य रोगको उपचार गर्न चौरजहारी, सुर्खेत, नेपालगञ्ज, काठ्मान्डौ जानुपर्ने बाध्यताको अन्त्य गरिने मन्त्री बस्नेतले प्रतिवद्धता व्यक्त गरेका थिए ।
संघीय सरकारसँग समन्वय गरेर जाजरकोट जिल्ला अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको ब्यवस्थापन गर्ने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले भनाई राखेका थिए ।
भवन उद्घाटन कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यवस्थापक डाक्...
जाजरकोट । नेपाल सरकार, उर्जा, जलश्राेत तथा सिचाइ मन्त्रालय, जलश्राेत तथा सिचाइ बिभाग अन्तर्गत "सिचाइ तथा नदि ब्यवस्थापन आयाेजना"काे कार्यलय जाजरकोट खलंगामा उद्घाटन गरि स्थापना गरियकाे छ ।
नेपाल सरकारका उर्जा, जलश्राेत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री वेदराज सिंह, पुर्व शान्ति मन्त्री सत्या पहाडी र प्रमुख जिल्ला अधिकारी सुरेश सुनारकाे बिशेष उपस्थितिमा भेरि नगरपालि -३ खलंगामा आयाेजनाकाे कार्यलय उद्घाटन गरियकाे हाे ।
उक्त आयाेजना काे कार्यलय स्थापना भय पछि जाजरकोट र आसपासका जिल्ला हरुले सिचाइ र नदि नियन्त्रण सम्बन्धि अब नजिकैबाट सुबिधा पाउने बिस्वास लिईयकाे छ ।जाजरकोटमा याे भन्दा अगाडि मन्त्रालय अन्तर्गत सिचाइ सम्बन्धि का बृहत जलाधार ब्यवस्थापन कार्यलय र खानेपानि तथा उर्जा बिकास कार्यलय रहेका छन ।
...
जाजरकोट ।जिल्लाको भेरि नगरपालिका वडा - ५ काफलचाैरमा रहेकाे बहु प्राबिधिक शिक्षालयकाे प्रशासनिक भवनकाे नेपाल सरकारका उर्जा,जलश्राेत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतले आज उद्धाटन गरेका छन ।
सनिवार मन्त्रि बस्नेत संगै पुर्व मन्त्री सत्य पहाडी, कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्रि वेदराज सिंह, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार , नगर प्रमुख चन्द्र प्रकाश घर्ती लगायत जिल्लाका का बिशिस्ट ब्यक्ति हरुकाे उपस्थितिमा उद्धघाटन कार्यक्रम सम्पन्न भयकाे हाे ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको "जनजनमा माओवादी -घरघरमा माओवादी अभियान"काे क्रममा गृह जिल्ला जाजरकोट पुगेका मन्त्री बस्नेतले जिल्लाकाे नलगाड नगरपालिका ,बारेकाेट गाउपालिका मा भयका बिकाश निर्माणका कामहरुकाे अवलोकन गर्दै आज भेरि नगरपालिकामा पुगेका हुन । कार्यक्रम बाेल्दै मन्त्री बस्नेतले भने जाजरकोट जिल्लालाई बिकाश निर...