११ श्रावण २०८१, शनिबार

उर्जा मन्त्री बस्नेतद्वारा जिल्ला अस्पताल काे भवन उद्घाटन

जाजरकोट। उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईतबार जिल्ला अस्पताल जाजरकोटको भवन उद्घाटन गरेका छन् । ५० शैयाको नवनिर्मित भवन मन्त्री बस्नेतले आईतबार उद्घाटन गरेका हुन् ।

अस्पतालको नवनिर्मित भवनबाट स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धिका स्वास्थ्य सेवाहरु संचालन गर्न आवश्यक जनशक्ति र उपकरणहरको व्यवस्थापन गरिने मन्त्री बस्नेतले भनाई राखेका थिए । सामान्य रोगको उपचार गर्न चौरजहारी, सुर्खेत, नेपालगञ्ज, काठ्मान्डौ जानुपर्ने बाध्यताको अन्त्य गरिने मन्त्री बस्नेतले प्रतिवद्धता व्यक्त गरेका थिए ।

संघीय सरकारसँग समन्वय गरेर जाजरकोट जिल्ला अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको ब्यवस्थापन गर्ने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले भनाई राखेका थिए ।

भवन उद्घाटन कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यवस्थापक डाक्टर प्रतितक्षा भारती र अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिंहले अस्पतालले तत्काल हासिल गरेका प्रगति, देखिएका समस्या र चुनौतिहरु पेश गरेका थिए ।