११ श्रावण २०८१, शनिबार

जाजरकोट खलंगामा “सिचाइ तथा नदि ब्यवस्थापन कार्यलय” स्थापना

जाजरकोट । नेपाल सरकार, उर्जा, जलश्राेत तथा सिचाइ मन्त्रालय, जलश्राेत तथा सिचाइ बिभाग अन्तर्गत “सिचाइ तथा नदि ब्यवस्थापन आयाेजना”काे कार्यलय जाजरकोट खलंगामा उद्घाटन गरि स्थापना गरियकाे छ ।

नेपाल सरकारका उर्जा, जलश्राेत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री वेदराज सिंह, पुर्व शान्ति मन्त्री सत्या पहाडी र प्रमुख जिल्ला अधिकारी सुरेश सुनारकाे बिशेष उपस्थितिमा भेरि नगरपालि -३ खलंगामा आयाेजनाकाे कार्यलय उद्घाटन गरियकाे हाे ।

उक्त आयाेजना काे कार्यलय स्थापना भय पछि जाजरकोट र आसपासका जिल्ला हरुले सिचाइ र नदि नियन्त्रण सम्बन्धि अब नजिकैबाट सुबिधा पाउने बिस्वास लिईयकाे छ ।जाजरकोटमा याे भन्दा अगाडि मन्त्रालय अन्तर्गत सिचाइ सम्बन्धि का बृहत जलाधार ब्यवस्थापन कार्यलय र खानेपानि तथा उर्जा बिकास कार्यलय रहेका छन ।