२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा एकजना ब्यापारी माथि लुटपाट, लुटेरा प्रहरी नियन्त्रणमा

जाजरकोट । जाजरकोट मा एक जना ब्यापारी लाई लुटपाट गरि घाइते अवस्था छाेडेर लुटेर भागेकाे अवस्थामा पाँच दिन पछि प्रहरीले नियन्त्रण लिई जिल्ला प्रहरी कार्यलय जाजरकोट पुर्‍याउयकाे छ ।

जिल्लाको छेडागाड नगरपालिका वडा न-७ र जुनिचाँदे गाउँपालिकाकाे सिमाना पर्ने हाडेखाेला भन्ने ठाउँमा २०८०असाेज ४ गते साझ ८:३० बजेकाे समयमा एक्कासि अज्ञात दुईजना अन्दाजी २०,२५ बर्षका दुइटा केटाहरुले एक्कासी एक जना ब्यापारी कुशे गाउपालिका २ घाेर्ले बस्ने बर्ष ५६ का डिल्लि बहादुर सिंह माथि आक्रमण गरि उनी संग भयकाे नगत एक लाख बीस हजार रुपैयाँ ,डेड ताेला सुन र एउटा आईटियल टचिङ्ग माेबाईल लुटपाट गरि ब्यापारी सिंहलाई कुटपिट गरि बेहाेस अवस्थामा छाेडेर भागेका थिय। बिलेट र धारिलो हतियारले खुट्टामा काटेर भागेकाे र आफू बेहाेस भई ढलेकाे र करिव दुई घण्टा पछि हाेसमा आउदा उनिहरु भागिसकेकाे  पिडित सिंहकाे भनाइ छ ।

घटना भयकाे दुई दिन पछि आफन्त काे घरमा आई सबै तिर फाेन गरेर हुलिया गरे पछि लुटपाट गर्ने दुई जना लाई असाेज ९ गते प्रहरीले बर्दिया को बबई भन्ने ठाउँमा समातेर असाेज १३ गते नै जिल्ला प्रहरी कार्यलय खलंगा जाजरकोट पुर्‍याइयकाे छ ।घटना भयकाे यति दिन हुदा पनि अहिले सम्मा पिडितले न्याय नपायकाे गुनासो ब्यक्त गरेका छन्।

लुटेराहरु दुबैजना  नाैमुले गाउपालिका दैलेख जिल्लाका भयकाे र उनिहरुबाट नगत तीस हजार बरामद भयकाे र अरु आफन्त लाई दियकाे लुटेराहरुकाे भनाइ छ । उनिहरुलाई अपराधिक र लुटपाट काे मुद्दा चलान गरिने र पिडितलाई न्याय दिने जिप्रका जाजरकोट ले बतायकाे छ ।

जाजरकोट जिल्लाका प्रमुख  जिल्ला अधिकारी सुरेश सुनारले अपराधिक गतिविधि मा संलग्न जाे कसैलाई नछाेड्ने र पिडितलाइ न्याय दिलाउन जिल्ला स्थिति सबै सुरक्षा निकायलाई निर्देशन समेत गरिसकेका छन् ।दशै तिहार लगायत चाँडपर्व नजिकिँदै गर्दा, चाेरि डकैती र अपराधीक गतिविधि बढ्ने खतराबाट सचेत हुन र सबै तिर सुरक्षा सतर्कता अपनाउन समेत निर्देशन दिईसकेकाे  प्रमुख जिल्ला अधिकारी सुनारले बताए ।