११ श्रावण २०८१, शनिबार

स्थानीय तहका कर्मचारीहरु पनि आन्दोलनमा उत्रिए

काठमाडौं । देशै भरिका स्थानिय तहका कर्मचारीहरु काठमाडौंमा भेला भई आन्दोलनमा उत्रिएका छन्।

“प्रशासनिक संघियता पुर्ण कार्यन्वयनकाे आधार,तिनै तहका कर्मचारीहरुकाे समान अधिकार” भन्ने मुल नारा सहित स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिकाे आयाेजनामा वृहत् दबाब मुलक कार्यक्रम बिहिवार काठमाडौंकाे माईतिघर मण्डला बाट नारा जुलुस सहित बबरमहल, बिजुली बजार हुँदै बानेश्वर पुगेकाे छ।

सातै वटा प्रदेश बाट आयका कर्मचारी हरुले प्रदेश अनुसार कालाे ब्यानर सहित प्रदर्शन मा सहभागी भयका छन ।दशै तिहार जस्ता महत्त्वपूर्ण चाँड पर्वहरु नजिकिदै गर्दा स्थानीय तहका कर्मचारी हरु आन्दोलनमा उत्रिए पछि सर्वसाधारण हरुमा पर्ने असुबिधाकाे जवाफ देहिता काे हुने ?

केही समय अघि शिक्षक र डाक्टरहरुकाे आन्दोलन सेलाउन नपाउदै कर्मचारीहरु पनि सडकमै आन्दोलनमा उत्रिए पछि अब साच्चिकै सरकारले यति धेरै सास्ती पाउनु पर्ने हाे त ? बेरोजगार जनशक्ति सबै बिदेशीनु देशका थाेरै राेजगारी मा जाेडियका जनशक्ति आन्दोलनमा उत्रिनु र सरकार माैन रहनु याे बिडम्बना कहिले सम्मा ?

भ्रष्टाचार ,मंहङ्गि, कालाेबजारी,चाेरि डकैती सामाजिक अपराध र अराजकता बढिरहेका छन, यी सबैकाे समाधान गर्न सबैले आ-आफ्नो ठाऊ बाट एकपटक साेच्नु पर्ने हाे कि !!

स्थानीय तहका कर्मचारीहरु आन्दोलन उत्रिएको तस्बिर हरु :