११ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री दाहाल भुकम्पले क्षतिग्रस्त स्थल बझाङ जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” आज भुकम्पले क्षति ग्रस्त भयकाे ठाउँमा, स्थलगत अध्यनका लागि बझाङ जादैछन । प्रधानमन्त्री सहित १८ जनाकाे टाेलि आज बझाङ जादै छ ।

प्रधानमन्त्री का साथमा उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ ,परराष्ट्रमन्त्री एनपि साउद , सांसद भानुभक्त जाेशी, गृह सचिव , राष्ट्रिय बिपद् जाेखिम न्युनिकरण प्राधिकरणका प्रमुख लगायतकाे टिम जादैछन ।

गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्प मा परि २७ जना घाइते भयका छन भने एक जनाकाे मृत्यु भयकाे छ । प्रदेश भरि ७६ वटा निजि घर तथा एउटा  सरकारी कार्यलय पुर्ण रुपमा क्षति भयकाे छ भने ३ सय १ निजि घर र ३२ वटा सरकारी कार्यलयमा आंशिक क्षति पुगेकाे सुदुरपश्चिम  कार्य संचालन केन्द्रले जनायकाे छ ।

बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ । केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन् ।

धक्का जाने क्रम विगतको तुलनामा कम हुँदै गएपछि स्थानीयको जनजीवन विस्तारै सामान्य हुँदै जान थालेको छ । ‘मंगलबार र भोलिपल्ट पनि कोही पनि घरभित्र बस्न सक्ने अवस्था थिएन । तर अब भने विस्तारै घरमा जाने र कामकाज गर्ने क्रम सुरु हुन थालेको छ ।’

घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थानमा टेन्टमुनि बसिरहेका छन् । भूकम्प प्रभाविहरुलाई राहत बाँड्ने क्रम जारी रहेकाे प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताय।