११ श्रावण २०८१, शनिबार

मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प, नलगाड उपमेयर सरिता सिंह लगायत ५४ जनाकाे ज्यान गयकाे छ

जाजरकोट ।जाजरकोट केन्द्र बिन्दु भयर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गयकाे हाे ।जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

हाल सम्म नलगाड नगरपालिकाकि उपप्रमुख सरिता सिंह लगायत ५४ जनाको मृत्यु भएको छ खबर प्राप्त भयकाे छ । बिहान साढे ५ बजेसम्मको विवरणअनुसार रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २६ जनाको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले भने, ‘अहिलेसम्म २६ जनाको ज्यान गएको खबर प्राप्त भएको छ । बाँकी विवरणहरु पनि आइरहेका छन् ।’

भूकम्पबाट सख्त घाइते भएका आठ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।जिल्ला अस्पताल बिरामीले भरिएका छन् । सर्वसाधारणको रुवावासी चलेको छ । उद्धारको क्रम जारी छ । भाैगाेलिक बिकटता का कारण कुन ठाउँ कति क्षति भयाे थप बिबरण भने आउन बाकि छ ।