११ श्रावण २०८१, शनिबार

बर्दियामा बाघकाे आक्रमण बाट एक महिलाकाे ज्यान गयाे

बर्दिया ।बर्दियामा बाघको आक्रमण बाट एक महिलाको ज्यान गयकाे छ ।

शुक्रबार बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५ शक्तिपुर गाउँकी २८ बर्षीया सृजना डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार दिउँसो नजिकैको चिरौटे सामूदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको हो ।

मृतक डाँगीको शव घटना स्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानएको छ । घटना बारे जानकारी पाएपछि प्रहरी घटना स्थल पुगेको थियो ।