११ श्रावण २०८१, शनिबार

फेरि ५.८ म्याग्निच्युट भुकम्पकाे परकम्पन

जाजरकोट ।जाजरकोटको रामीडाँडा आसपासलाई केन्द्रविन्दु बनाएर अर्को भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएकाे भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको थियो ।सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा भूकम्प गएको हो ।परकम्पको शक्तिशाली धक्काले स्थानीय नागरिक फेरि त्रसित भएका छन्। ​

शुक्रबार राति भएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ७ हजार परिवार विस्थापित भएका छन् । यस्तै भूकम्पबाट १५३ जनाको ज्यान गएको छ ।

भूकम्पमा परी जाजरकोटमा १ सय १ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । यसअघि जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएकामा जिल्ला प्रशासन कार्यालयले चार जनाको नाम दोहोरिएको जनाएको छ ।

ठूलो भूकम्प भएपश्चात लामो समयसम्म त्यसका परकम्प आउने गर्छन् । भूकम्पको यो धक्कालाई पनि परकम्पनकाे रुपमा लिईयकाे छ ।