१५ पुष २०८२, मंगलवार

Tag: काठमाडौं

मान्छेले लडेकाे युद्ध हाे, जनयुद्धमा कुनै जनावर लडेका थियनन् :नेता पाैडेल

मान्छेले लडेकाे युद्ध हाे, जनयुद्धमा कुनै जनावर लडेका थियनन् :नेता पाैडेल

Breaking News, राजनीति, विचार
काठमाडौं । नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकामा नेकपा एमालेका नेता योगेश भट्टराईले आपत्ति जनाएपछि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संसदबाटै जवाफ फर्काएका छन् । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सोमबार एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शब्द राखेकामा आपत्ति जनाएका थिए । भट्टराईपछि संसदमा आफ्नो धारणा राखेका पौडेलले भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न आग्रह गरे । ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु, त्यो माछा युद्ध थियो, भालु युद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ?’ पौडेलले भट्टराईलाई भने, ‘माननीय डिक्सनरीजी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरु लडेका युद्ध थियो ।’ नेता पौडेलले भट्...
सार्वजनिक यातायात काे भाडा घट्याे , सुचि सहित हेर्नुहाेस

सार्वजनिक यातायात काे भाडा घट्याे , सुचि सहित हेर्नुहाेस

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।यातायात व्यवस्था विभागले सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको छ । सुचना हेर्नुहाेस : ...
क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालले शान्तिबाटिमा विरोधसभा गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालले शान्तिबाटिमा विरोधसभा गर्ने

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।भ्रष्टाचारी तथा मानव तस्करहरुलाई कडाभन्दा कडा कारबाही गर्न चौतर्फीरुपमा सरकारलाई दबाब परेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत विभिन्न राजनीतिक पार्टीहरु, तिनका भातृसंगठनहरु र नागरिक समाजले चौतर्फी रुपमा भ्रष्टाचारीहरु तथा मानव तस्करहरुलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन् । चौतर्फी रुपमा दबाब बढाएका छन् । क्रान्तिकारी कम्युनस्टि पार्टी र नेकपा (मशाल)ले भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गर्न र राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न माग गर्दै  विशाल आमसभाको आयोजना गरेको छ । शान्तिबाटिकामा दिउसो १ बजे नारा जुलुस सहित विरोधसभाको आयोजना गरिएको हाे । विरोध सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला र मशालका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभाको पूर्वसन्ध्यामा दुवै पार्टीले संयुक्त ...
जनसाङ्गितिक प्रस्तुति कार्यक्रम सम्पन्न

जनसाङ्गितिक प्रस्तुति कार्यक्रम सम्पन्न

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं । प्रगतिशील तथा जनवादी कलाकारहरुकाे संयुक्त प्रस्तुति राष्ट्रका लागी संगित अभियात्रा अन्तर्गत जनसंगितिक कार्यक्रम सम्पन्न भयकाे छ । साेमबार काठमाडौं काे कमलादीस्थित प्रज्ञाप्रतिष्ठानकाे हलमा संचालन भयकाे कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल , झलनाथ खनाल , पुर्व सभामुख कृष्ण बहादुर महरा , सुचना संचार तथा प्रविधि मन्त्री रेखा शर्मा , साँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुधन किराँती,नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , नेकपा मशालका महासचिव शन्त बहादुर नेपालीकाे बिशेष सहभागीता रहेकाे कार्यक्रममा प्रगतिशील तथा जनवादी कलाकार हरुले राष्टभाव र जनवादी गित ,नृत्य,नाटक र संगितद्वारा मनाेरन्जन तथा सम्पूर्ण कम्युनिस्ट एक हुनु पर्ने खालका भाव सहितका गित प्रस्तुत गरेका थिए। कार्यकममा चर्चित जनवादी गायक जीवन शमाले चाहिँदैन मलाई सिस...
ठुला भ्रष्टाचारीहरुका फाइल खाेले सरकारलाई समर्थन गर्ने : राप्रपा अध्यक्ष लिङ्देन

ठुला भ्रष्टाचारीहरुका फाइल खाेले सरकारलाई समर्थन गर्ने : राप्रपा अध्यक्ष लिङ्देन

Breaking News, राजनीति, विचार, समाचार
काठमाडौं ।प्रज्ञाप्रतिष्ठानकाे सभा हलमा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे महिला संगठन काे प्रथम महाधिवेशनकाे उद्घाटन कार्यक्रम लाई सम्बाेधन गर्दै पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले सरकारले ठूला भ्रष्टाचारका फाइल खोले समर्थन गर्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमको प्रशंसा गरेका छन् । महाधिवेशनलाई  आइतबार सम्बोधन गर्दै उनले उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताएका बताय । सम्बोधनको क्रममा उनले भने,‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को गर्दै पुर्व मन्त्री , उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेका छन् । म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ ,विगतका वाइडबडी काण्ड, ललिता निवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन र क्या...
फरार भनियका पुर्व मन्त्री रायमाझी पुगे काठमाडौं

फरार भनियका पुर्व मन्त्री रायमाझी पुगे काठमाडौं

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं ।अमेरिका लैजाने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी काठमाडौं आईपुगेकाे बताएको छ। उनी हिजै काठमाडौं आईपुगेको उच्च स्रोतको दाबी छ । तर, उनी हिजो र आज सार्वजनिक विदा भएको कारण काठमाडौंमा आई लुकेर बसेका छन् । यसअघि उनले हिजो आफू काठमाडौं आउँदै गरेको जानकारी गराएका थिए । तर, भैरहवाबाट उनी एकाएक गायब भएको समाचार आएका थिए । उनले काठमाडौं आउनुपुर्व प्रहरी प्रमुख वसन्त कुँवरसँग सम्पर्क गरेको बताईएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर चासो राखेका थिए । यो प्रकरणमा रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । प्रहरीले हिजो नै सन्दीपविरुद्ध तीन दिनको समय अदालतबाट लिएर अनुसन्धान थालेको छ।   ...
क्रिकेट विजेता खेलाडीलाई ६ लाख नगत दिने मन्त्री परिषद्को निर्णय

क्रिकेट विजेता खेलाडीलाई ६ लाख नगत दिने मन्त्री परिषद्को निर्णय

Breaking News, अर्थवाणिज्य, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ। बुधबार बसेकाे मन्त्री परिषद्को बैठकले  कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको हाे ।...
आज छैठौं राष्ट्रिय सूचना तथा प्रबिधि दिवस मनाईदै

आज छैठौं राष्ट्रिय सूचना तथा प्रबिधि दिवस मनाईदै

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं।सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज छैठौं  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे) मनाइँदैछ । हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै आएकामा नेपालमा निजी र सरकारी तवरबाट यो दिवस मनाइँदै आएको छ । २०७४ जेठ १९ गते बसेको मन्त्रिपरिषद्बाट निर्णय भएअनुसार प्रत्येक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन थालिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बतायका छ...
दुई कम्युनिस्ट पार्टीको संयुक्त एकताअधिवेशन सम्पन्न

दुई कम्युनिस्ट पार्टीको संयुक्त एकताअधिवेशन सम्पन्न

Breaking News, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं ।  माेहन वैद्य  नेतृत्वको  नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको  नेकपा (बहुमत) बिच पार्टी एकता अधिवेशन सम्पन्न भयकाे छ । काठमाडौंकाे अनामनगर ,घट्टेकुलाे स्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानकाे सभाहलमा शनिबार  नयाँ राजनीतिक कार्यदिशा , अन्तरिम विधान , नयाँ सांगठनिक संरचना र समसामयिक प्रस्ताव पास गर्दै पार्टीको  नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र अध्यक्ष माेहन वैद्य किरण , प्रवक्तामा धर्मेन्द्र बास्तोला कन्चन लाई चयन गरेकाे छ । अधिवेशनबाट  १५ जनाएको कार्यलय सदस्य, ८७ जना  सचिवालय सदस्य र २६७ जनाकाे  महाधिवेशन आयाेजक कमिटी रहने गरि, पार्टी एकता अधिवेशन सम्पन्न भएको हाे । आगामी बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन खुल्ला मन्च काठमाडौंमा पार्टीको नाम र कार्यक्रम हरु सार्वजनिक गरिने बताईयकाे छ ।  ...
अनाधिकृत रुपमा छापियका पात्राेहरु नियन्त्रण का लागि गृहकाे परिपत्र

अनाधिकृत रुपमा छापियका पात्राेहरु नियन्त्रण का लागि गृहकाे परिपत्र

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक विदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ । पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोलाई कारबाही गर्न मन्त्रालयले परिपत्र गरेको हो । समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन, २०७९ मा पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो र गोजीपात्रो प्र...