१० बैशाख २०८३, बिहीबार

राष्ट्रिय

भुकम्पले ध्वस्त बनायका घर बनाउने जिम्मा सरकारले लिन्छ : मन्त्री आचार्य

भुकम्पले ध्वस्त बनायका घर बनाउने जिम्मा सरकारले लिन्छ : मन्त्री आचार्य

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
जाजरकोट :महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भुकम्पले ध्वस्त बनायका घर बनाउने जिम्मा सरकारले लिने बताएका छन्। गत कार्तिक १७ गते राति गयकाे भुकम्पले सबै भन्दा बढि मानविय क्षति भयकाे ठाँउ भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताएका हुन्। उक्त वडामा एकै घरका ६ जना सहित ३१ जनाकाे ज्यान गयकाे थियाे र ११५ जना घाइते भयका थिय । मन्त्री आचार्यले भने- झरी लाग्नुभन्दा पहिले नै पालमुनि बसिरहेका भूकम्पपीडितलाई अस्थायी आवासमा सारिसक्ने सरकारको लक्ष्य रहेको छ । भूकम्प गएको ३६ घण्टाभित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरणमा सरकारलाई सघाउँदै आएको सेभ द चिल्ड्रेन र उसका साझेदार स्थानीय संघ/संस्थालगायत विभिन्न दातृ निकाय तथा दाताहरुलाई मन्त्री आचार्यले धन्यवाद दिए। भूकम्प प्रभावितहरुको पुनर्निर्माण तथा पुनःस्थापनासम्म सरकारलाई सघाउन ...
क्रान्तिकारी युवा संगठनले भाेलि पाैष १० गते लाल मार्च सभा गर्दै

क्रान्तिकारी युवा संगठनले भाेलि पाैष १० गते लाल मार्च सभा गर्दै

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :माेहन वैद्य "किरण" नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले भोलि (पौष १० गते) काठमाडौंमा विशाल लाल मार्चपासको आयोजना गर्दैछ ।युवा मार्चपासमा हजारौ क्रान्तिकारी युवाको सहभागिता हुने संगठनका अध्यक्ष  हरिश भट्टले जानकारी दिए । मार्चपासलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेकाे अध्यक्ष भट्टले बताय। रत्नपार्कस्थित खुल्लामञ्चमा जम्मा भएर युवा मार्चपास सुरु हुने र नगरपरिक्रममा गरेर शान्तिबाटिकामा पुगेर विशेष समारोहमा परिणत हुने बताइएको छ । भोलि डिसेम्बर २६ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान नेता माओको १३१ ओैं जन्मदिवस समेत रहेकोले माओ दिवसको अवसर पारेर युवा मार्चपासको आयोजना गरिएको सम्बद्ध संगठनले जनाएको छ । गत पुस ३ गते संगठनले नेपाल सरकारका प्रधानमन्त्री...
सत्ता केन्द्रित भएर भू-राजनीतिक सम्बन्ध बनाउनु हुँदैन : केपी ओली

सत्ता केन्द्रित भएर भू-राजनीतिक सम्बन्ध बनाउनु हुँदैन : केपी ओली

राजनीति, राष्ट्रिय, विचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थको लागि भू–राजनीतिक सम्बन्ध बिगार्नु नहुने बताएका छन ।नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले भू–राजनीतिक सम्बन्ध कुनै व्यक्ति वा सत्ता केन्द्रित नभएर देश र जनताको हितमा केन्द्रित हुनु पर्ने बतायका हुन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेती जलविद्युत आयोजना चीनलाई दिँदा भारत रिसाएर बिजुली किन्दैन भनि दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै ओलीले यस्ता अभिव्यक्ति नेपालको असंलग्न राष्ट्र नीतिको विपरीत रहेको कुरा ब्यक्त गरे । नेपालको राजनीति र विकास कतैबाट पनि प्रभावित हुनुनहुने र नेपालको विकासमा कसैले पनि हस्तक्षेप गर्नु नहुने र सत्तामा बस्नेहरू कतैबाट पनि प्रभावित हुन...
मेलम्चीकाे पानी माघ पहिलाे साता काठमाडौं पुग्ने

मेलम्चीकाे पानी माघ पहिलाे साता काठमाडौं पुग्ने

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :मेलम्चीको पानी माघ पहिलाे साता काठमाण्डु आउने  जनाइएको छ । खानेपानी विकास समितिले आगामी माघ पहिलाे सातामा काठमाण्डुमा पानी वितरण हुने जनाएको हो । त्यस विषयमा आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएको एक विज्ञप्ति उल्लेख गरियकाे छ। खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा गत मंगलबार बसेको मेलम्ची खानेपानी विकास समितिबोर्ड बैठकले सो निर्णय गरेको हो । बैठकले निर्माण व्यवसायी सिनोहाइड्रोमार्फत् नै तत्काल कार्य सुरू गर्ने निर्णय गरेको छ ।  काठमाडौं छिटाे पानी ल्याउन दुई सिफ्टमा द्रूत गतिमा काम गर्न ठेकेदार कम्पनीले लिखित प्रतिबद्धता जनाएको छ । २०७७/ चैत २० गते तत्कालीन राष्टपति बिद्यादेवि भण्डारीले मेलम्ची खाने पानी आयाेजना उद्घाटन गरे पछि काठमाडौं,भक्तपुर र ललितपुरका केहि ठाउँमा  मेलम्चीकाे पानी पुगेकाे थियाे । गत असार ८ गते वर्षायामको जोखिमलाई मध्येनजर गरी सुरुङ...
मा.बि.तह तृतीय श्रेणी शिक्षक पदका लागि आज विज्ञापन हुँदै

मा.बि.तह तृतीय श्रेणी शिक्षक पदका लागि आज विज्ञापन हुँदै

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाअन्तर्गत माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदका लागि विज्ञापन आह्वान गर्ने भएको छ । विज्ञापन आज विहान १० बजे आयोगले आफ्नो वेबसाइटमा जनाएको छ। आयोगका अनुसार नेपाली, अङ्ग्रेजी, विज्ञान, अर्थशास्त्र, गणित, सामाजिक शिक्षा, संस्कृत र कम्प्युटर विज्ञान विषयका लागि आवेदन आह्वान गरिने भएको छ । आयोग सूत्रले दिएको जानकारीअनुसार ४३५ पदका लागि विज्ञापन आह्वान हुनेछ । सबैभन्दा बढी सामाजिक शिक्षामा आवेदन माग गरिने भएको छ । वेबसाइटमा विज्ञापन डाउनलोड गरिएलगत्तै आवेदन भर्न पाइने सुविधा उपलब्ध गराइनेछ । माघ ८ गतेसम्म आवेदनको म्याद दिइने र दोब्बर दस्तुरका लागि माघ १५ गतेसम्म अवधि रहने जनाइएको छ । आयोग पदाधिकारीका अनुसार नेपाली, सामाजिक, संस्कृत र अर्थशास्त्र विषयमा आवेदन दिन १० महिने तालिम वा एक वर्षे बिएड अनिवार्य गरिएको छ ।...
जाजरकोटमा अस्थायी आवास बनाउने काठले च्याप्पियर एक युवाको मृत्युु

जाजरकोटमा अस्थायी आवास बनाउने काठले च्याप्पियर एक युवाको मृत्युु

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा काठले च्यापिएर एक जना युवाको मृत्यु भएको छ । शनिबार बारेकाेट गाउँपालिकाको वडा नं-८ लैखमका ३० बर्षिय तप्त बहादुर खत्रीको मृत्यु भएको हाे । गत कार्तिक १७ गते राति गयकाे भुकम्प ले घर पुर्ण रुपमा भत्किएपछि पाल मुनि बस्दै आयका खत्रिले अस्थायी आवास  बनाउने काठ लिन गयकाे बेला साेहि काठले च्यापियर दिउँसो २ बजे उनकने मृत्यु भयकाे स्थानीय गणेश शाहिले बताय  ।...
भुकम्पले दश कराेड पशुपंक्षीमा क्षति पुर्‍यायाे

भुकम्पले दश कराेड पशुपंक्षीमा क्षति पुर्‍यायाे

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट दश करोड रुपैयाँ बराबरको पशुपंक्षी क्षति भएको जनाएको छ । कर्णाली प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ । एक हजार पाँच सय ५३ गोठ भत्कँदा किसानको पाँच करोड ५० लाख क्षति भएको तथ्याङ्क छ ।त्यस्तै, गाई बाख्रा, भैँसी, बङ्गुरलगायतका पाँच सय १३ पशु चौपायाको क्षति दुई करोड ५० लाख बराबर छ । त्यस्तै, जाजरकोटका एक सय ५२ घरका एक हजार ४८ माहुरीको घार नष्ट हुँदा एक करोड १९ लाख माहुरी र महमा क्षति भएको छ । त्यसैगरी, ८८ मेट्रिक टन खाद्य नष्ट हुँदा ३८ लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क छ ।घर भत्किएपछि एक सय वर्गमिटरमा पाल टाँगेर बस्दा एक सय ८२ हेक्टर जमिनको गहुँतोरीमा क्षति पुगेको र त्यसबाट चार सय ८० मेट्रिक टन खाद्य उत्पादन कमी आएको तथ्याङ्कमा उल्लेख छ । भारतबाट कमाएर ल्याउने जनशक्ति...
विश्व हिन्दू परिषद जाजरकोटले बुझायाे, जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र

विश्व हिन्दू परिषद जाजरकोटले बुझायाे, जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट : विश्व हिन्दू परिषद नेपाल जाजरकोट शाखाले जिल्ला प्रशासन कार्यलयमा साँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतिकाे अभिब्यक्ति दुर्भाग्यपूर्ण भयकाे भनी ज्ञापनपत्र बुझाएको छ ।शुक्रबार परिषदका अध्यक्ष केशव बहादुर सिंहकाे नेतृत्वमा गयकाे टाेलिले जिल्ला प्रशासन कार्यलय जाजरकोट खलंगामा पुगेर उक्त ज्ञापनपत्र बुझाएकाे हाे ।अध्यक्ष सिंहद्वारा हस्ताक्षरित पत्रमा भनियकाे छ "नेपाल बहुसंख्यक सनातनिहरुकाे बसाेबास भयकाे राष्ट्र हाे , नेपाल सरकारको जिम्मेवारी पदमा रहेका बहालवाला साँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले बहुसंख्यक सनातनिहरुकाे आस्था एवं मनाेभावना माथि चाेट पुग्ने गरि दिएकाे गैरजिम्मेवारी एवम् अभिब्यक्ति प्रति हाम्राे ध्यानाकर्षण भयकाे छ "। परिषदले तत्काल साँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतिले राजिनामा नदिए थप कठाेर कदम चाल्ने बताएको छ । मन्त्री किराँती...
भारतमा ३०० जनामा काेभिड संक्रमण, ३ जनाएको मृत्यु ,सचेत हुन डाक्टरको सुझाव

भारतमा ३०० जनामा काेभिड संक्रमण, ३ जनाएको मृत्यु ,सचेत हुन डाक्टरको सुझाव

Breaking News, अन्तर्राष्ट्रिय, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं :हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा काेभिड-१९काे नयाँ भेरिएन्ट , ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ ।जेएन–१ नामक नयाँ भेरिएन्ट चीन, अमेरिका, बेलायत लगायतका देशमा पनि पुष्टि भएको छ ।कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने कुरा बिशेषज्ञ डाक्टर बताउँछन् । तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने  डाक्टरको सुझाव रहेकाे छ । ‘कोरोना विरुद्धको खोपले ओमिक्रोनबाट जति सुरक्षित राख्थ्यो,भने  जेएन–१ संक्रमणले त्यसलाई घटाउने देखिँदैन बिशेषज्ञ डाक्टरको सुझाव छ ।’ सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–सना म्युटेसन पनि ह...
अब उच्च शिक्षा अध्ययन लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

अब उच्च शिक्षा अध्ययन लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : २०८० सालमा एसइईमा ३५ प्रतिशत अङ्क ल्यायमा मात्र बिद्यार्थीहरुले उच्च शिक्षा  पढ्न पाउने छन ।’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन्। नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे। बोर्डका अध्यक्ष डा. शर्माले भने,‘एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ)प्रणाली लागू हुँदैछ। यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बतायका हुन।  ...