११ श्रावण २०८१, शनिबार

२७ जनाले गरे सामुहिक बिद्रोह-नेकपा विप्लव छाेडेर आरसिपि वैद्यमा प्रवेश

ललितपुर :नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा निकट अखिल (क्रान्तिकारी) वाट २७ जनाले विद्रोह गरेका छन् ।संगठनका चार केन्द्रीय सदस्य सहित २७ जनाले विद्रोह गरेर मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) मा धुर्विकृत भएका हुन् ।

पार्टीबाट विद्रोह गर्नेमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य रविना सदाशंकर, केन्द्रीय सदस्य तथा के एक अध्यक्ष हस्त विक, केन्द्रीय सदस्य तथा के तिन अध्यक्ष छत्र विक र केन्द्रीय सदस्य तथा के चार अध्यक्ष सुनिल भुल रहेका छन् ।

त्यस्तै केटु संयोजक बजिर नेपाली, के ६ संयोजक हस्त विक (सक्षम), नविन परियार के एक सचिब, सिटिईभिटी जिल्ला सदस्य महेश परियार लगायतका नेताहरु छन् ।अखिल (क्रान्तिकारी) केन्द्रीय समितीद्धारा ललितपुरको कुपोन्डोलमा आयोजित एक धुर्विकरण कार्यक्रमका बिचमा उनिहरुलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य सिपी गजुरेल ‘गौरव’, अखिल (क्रान्तिकारी) का फ्र्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेल संयोजक मिलन राई, सह-संयोजक पेसल दाहाल, बिरेन्द्र शाह।, र संगठनका ३ नम्बर प्रदेश संयोजक उषाकिरण लगायतका नेताहरुले स्वागत गरेका थिय।