१८ बैशाख २०८२, बिहीबार

राष्ट्रिय

दरबारमार्गको क्यासिनो प्यालेसमा राजस्व बिभागकाे छापा

दरबारमार्गको क्यासिनो प्यालेसमा राजस्व बिभागकाे छापा

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागले बिहीबार छापा मारेर नेपाली र भारु गरेर डेढ करोडभन्दा बढी रुपैयाँ बरामद गरेको हो । विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार १ करोड ६ लाख नेपाली र ४८ हजार ७०० भारतीय रुपैयाँ बरामद भएको छ । विभिन्न आकारका लकर ५ थान, १० थान मोबाइल, ल्यापटप र कम्प्युटर एकरएक थान बरामद गरिएको प्रवक्ता अधिकारीले बताए ।...
तारकेश्वर नगरपालिका र सचेतना नागरिक संस्था नेपालद्वारा करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिका र सचेतना नागरिक संस्था नेपालद्वारा करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : तारकेश्वर नगरपालिका काठमाडौं र सचेतना नागरिक संस्था - नेपालकाे सहकार्यमा नगरस्तरिय करदाता सचेतना सम्पन्न भयकाे छ । तारकेश्वर नगरपालिका धर्मस्थालि काठमाडौं र सचेतना नागरिक संस्था नेपाल तारकेश्वर -११ काे सहकार्यमा काठमाडौंको टुसल मल्टि  भेन्युमा सनिवार दिउसाे भयकाे कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका विभिन्न ब्यावसायी तथा करदाताहरुकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा बाेल्दै नगर प्रमुख कृष्णहरि महर्जनले भने "करकाे  दायरालाई फराकिलो ,ब्यवस्थित र पारदर्शिताका लागि विभिन्न शिर्षकमा सचेतना कार्यक्रमहरु गर्दै आयका छाै, र घर देखि राष्ट्र निर्माण सम्मका लागि अर्थ ब्यवस्थापन नितान्तै आवश्यक रहने हुदा राजस्व ब्यवस्थापनमा नगरपालिकाले महत्त्वपूर्ण भुमिका खेलेकाे छ, नगरकाे समग्र बिकाशका साथै, सब्य र सुन्दर नगर निर्माणका लागि ब्यवस्थित अर्थ नीति निर्माण गरि लागि परिरहेकाे कुरा नगर प्रम...
श्रमिक कम्युनिस्ट पार्टी नेपाल,पार्टीकाे नाम घाेषणा, संयाेजकमा सिंह

श्रमिक कम्युनिस्ट पार्टी नेपाल,पार्टीकाे नाम घाेषणा, संयाेजकमा सिंह

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट बिद्रोह गरेका नेताहरुले विशेष भेला गरि  पार्टीको नाम घाेषणा गरेका छन । जेठ १७- १९ गते सम्मा काठमाडौंमा आयाेजना गरियकाे कार्यक्रममा पार्टीको नाम "श्रमिक कम्युनिस्ट पार्टी नेपाल" राखेका छन । पुर्व बिद्यार्थी अध्यक्ष तथा युवा नेता पुर्ण बहादुर सिंह समरजंगकाे संयोजकत्वमा ४५ सदस्यीय केन्द्रीय कमिटी र मानध्वज श्रेष्ठ रिमकाे संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय सल्लाहकार कमिटि निर्माण गरेका छन । कार्यक्रममा देशै भरिबाट प्रतिनिधिमुलक सहभागीता रहेकाे थियाे। "नव ओैपनिवेशिक पुजीवादी संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गराै ! वैज्ञानिक समाजवादी जनक्रान्तिकाे दिशामा अघि बढाैँ!!भन्ने मुल नाराका साथ आगामी कार्यक्रम वैज्ञानिक समाजवादी जनक्रान्ति नै रहने एक नेताले बताय । २४ बुदे समसामयिक प्रस्ताव , -१३ बुदे आचारसंहिता एक दर्जन भ...
गणतन्त्रका सिपाही, मृगौला पिडित मनाेजकाे आग्रह,: उपचारका लागि सबैले सहयाेग गराै

गणतन्त्रका सिपाही, मृगौला पिडित मनाेजकाे आग्रह,: उपचारका लागि सबैले सहयाेग गराै

राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :जाजरकोटको कुसे गाउँपालिका – १ स्याक्री गाउमा स्थायी घर भएका मृगौला रोगबाट पीडित "मानबहादुर चलाउने" मनाेजले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । उनि देशपरिवर्तनको खातिर सपरिवार सहित १० बर्षे जनयुद्धमा जनकलाकार हुँदै जनमुक्ति सेनाकाे याेद्धा भएर लडेर गणतन्त्र ल्याउने मध्यका एक सिपाई समेत हुन् ।आर्थिक  अभाव भएपछि ४० बर्षीया चलाउनेले आफ्नो उपचारमा सहयोग गरिदिन सार्वजानिक अपील गरेका हुन् । उनि जनमुक्ति सेनाका तत्कालीन डिभिजन सह-कमाण्डर उदय बहादुर चलाउने ‘दिपक’का कान्छा भाई हुन् । कमाण्डर चलाउने हाल मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सदस्य तथा युवा नेता हुन् । दिपक लगायत उनका जेठा दाजु -भाउजू , बहिनिहरु सहित सात जना तत्कालीन जनयुद्धमा सामेल भयका थिए। निरन्तर क्रान्ति र परिवर्तनको पक्षमा लागिरहेका तथा माओवादी आन्दोलन भित्र इमानदार ...
अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस गर्दै

अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस गर्दै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं :आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन् । नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ । यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ । राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते संघीय संसद्मा पेस गर्नुपर्ने...
कान्तिपुर पब्लिकेशनका अध्यक्ष, सिराेहिया कार्यलयबाटै पक्राउ

कान्तिपुर पब्लिकेशनका अध्यक्ष, सिराेहिया कार्यलयबाटै पक्राउ

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं :कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।मंगलबार उनलाई प्रहरीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।...
प्रधानमन्त्री प्रचण्डलाई संसदमा चाैथाे पटक  विस्वासकाे मत प्राप्त भयकाे छ

प्रधानमन्त्री प्रचण्डलाई संसदमा चाैथाे पटक विस्वासकाे मत प्राप्त भयकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बहिष्कारका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् ।  प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डको सरकारलाई विश्वास छ भन्ने पक्षमा -१५७ मत र बिपक्षमा -० मत खसेकाे हाे  ।१५८ जना सांसद मतदानमा सहभागी भएकोमा प्रधानमन्त्रीको विपक्षमा भने कसैले मतदान गरेनन् । एक जना सांसद तटस्थ रहे । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम चौथो पटक विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो । तर योपटक विश्वासको मत लिन उनले विपक्षीको अवरोध झेल्नु पर्याे । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि ला...
सुर्खेतमा मिनिबस दुर्घटना, दुइजनाकाे घटनास्थलमै ज्यान गयाे, २१ जन घाइते

सुर्खेतमा मिनिबस दुर्घटना, दुइजनाकाे घटनास्थलमै ज्यान गयाे, २१ जन घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
सुर्खेत : कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्र पर्ने  कटकुवा क्षेत्रमा भएको मिनी बस दुर्घटनामा परी २१ जना घाइते भएका छन् भने दुई जनाकाे घटनास्थलमै मृत्यु भयकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते सबै जनाको उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ । उक्त दुर्घटनामा परी मृत्युु हुनेमा दैलेख डुङगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भीमसेन राना र बर्दिया ठाकुरबाबा नगरपालिका–३, का ७० वर्षीय शेरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हाे। हाल मृतक दुवै जनाकाे सव प्रदेश अस्पताल कालागाउमा राखियकाे छ,भने घाईतेहरुकाे विभिन्न अस्पताल हरुमा उपचार भइरहेकाे बताएको छ । दिउँसो १ बजेतिर दैलेखको गमौडीबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको उक्त मिनिबस एक्कासि ब्रेक फेल भई सडकबाट चार मिटर तल खसेको थियो । घाईते हुनेहरुमा -:जगत थापा (दैलेख, दुल्लु–१३) ...
“रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव” आज देखि संचालन हुदै

“रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव” आज देखि संचालन हुदै

Breaking News, कृषि, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट : कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको सुन्दर र रमाइलो ठाउँ रिम्नामा आज देखि "रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव" संचालन हुदैछ ।आज,जेष्ठ ७ देखि २० गते सम्म संचालन हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने बताइयकाे छ । “जाजरकोट समृद्धिको आधार, कला संस्कृति पर्यटन उद्योग र व्यापार” भन्ने मुल नाराका साथ प्रथम रिम्ना व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो । जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्ने रिम्नामा आयोजना हुने व्यापार मेला तथा साँस्कृतिक महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्नुका साथै जिल्लाको पर्यटन र स्थानीय उत्पादनको बजारिकरणमा समेत सहयोग पुग्ने कला संस्कृति पर्यटन प्रबर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताए । कला संस्कृति पर्यटन प्रवर्द्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा भेरी त्रिवेणी युवा क्लवको सह...
बागमती सफाई अभियान शुरु भएको एघार बर्ष पुरा : कोहि भन्छन् “काम गर्ने कालु मकैखाने भालु ” भयो अभियान

बागमती सफाई अभियान शुरु भएको एघार बर्ष पुरा : कोहि भन्छन् “काम गर्ने कालु मकैखाने भालु ” भयो अभियान

राष्ट्रिय, समाचार
काठमाडौं । विश्वकै सबभन्दा लामोसमय चलेको र धेरै सामाजिक अभियन्ताहरु जोडिएको अभियानको रुपमा दावी गरिएको बागमती सफाई महा अभियान शुरु भएको एघार बर्ष पुरा भएर बाह्रौं बर्षमा प्रवेश गरेको छ । अभियानले बाह्रबर्ष प्रवेश गरेको अवसरमा गौशला तिलगंगा आँखा अस्पताल नजिकै एक कार्यक्रम आयोजना गरेको थियो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाडौं उपत्यकामा साप्ताहिकरुपमा सन्चालित अठारवटा अभियान मध्य धेरै जसो अभियानका अभियानका अभियन्ताहरुको उपस्थिति रहेको थियो । (एघार बर्ष) ५७५ हप्ता नियमित रुपमा सरसफाइ गरिएको भएता पनि अपेक्षा गरिए जस्तो परिवर्तन हुन नसकेकोमा नियमित अभियानमा जोडिएका अभियन्ताहरु चिन्तित भएका छन् । प्राय सफाई अभियानमा नेपालीसेना, सशस्त्र प्रहरीबल,नेपाल प्रहरी,काठमाडौं महानगरका नगर प्रहरी लगायत सफाइ क्षेत्रमा कार्यगर्ने नि...