९ असार २०८२, सोमबार

वाईसीएल नेपालकाे तेस्रो महाधिवेशन सम्पन्न

काठमाडौं :नेकपा माओवादी केन्द्रकाे सहायक संगठन योङ कम्युनिष्ट लिग(वाईसीएल)काे तेस्रो महाधिवेशन सम्पन्न भयकाे छ। नवनिर्वाचित ५२ पदाधिकारीहरुको अन्तिम निर्वाचन परिणाम आज  सार्वजनिक संगै महाधिवेशन सम्पन भयकाे हाे। गत जेठ १८ गते देखि काठमाडौंमा सुरु भयकाे तेस्रो महाधिवेशनले शुक्रबार पुष्प ओलीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको थियो ।उपाध्यक्षमा डम्बर पुलामी सहित २१ जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा गणेश शाही निर्वाचित भएका छन् । वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । आइतबार उनीहरुको सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ ।

२१ गते सम्म सहमतिय प्रणाली बाट नेतृत्व चयन गरेर महाधिवेशन सम्पन गरि सक्ने भनिय पनि नेतृत्व चयनमा केही विवाद भय पछि चुनावी प्रक्रिया मार्फत पदाधिकारीकाे परिणाम टुंगोमा लगाईयकाे एक नेताले जानकारी दिए । अझै पनि नेतृत्व चयनमा असन्तुष्टि भयकाे केही नेता बताउछन ।नयाँ कार्यसमितिप्रति काठमाडौं जिल्लाका केही प्रतिनिधिले असन्तुष्टि जनाउँदै शपथ बहिष्कार गरेका छन् ।नयाँ कार्यसमितिका २ सचिवसहितले शपथ ग्रहण समारोह बहिष्कार गरेका हुन् । नयाँ कार्यसमितिको सचिवमा निर्विरोध परेका सन्तोष गुरुङ, राज प्याकुरेलले शपथ बहिष्कार गरेका हुन् ।

त्यस्तै, निर्वाचन आयोग प्रमुख विमल प्रसाद कँडेल लगायतले बहिष्कार गरेका हुन् ।केन्द्रीय कमिटीका लागि नोमिनेशन भएका ७ जनाको शुल्क लिएर पनि नाम नआएको भन्दै ७ जनाले बहिष्कार गरेको केन्द्रीय पदाधिकारी विनोद भट्टले जानकारी दिए ।भट्टका अनुसार, उनीसहित सुरेन्द्र दाहाल, विजय विश्वकर्मा र सुवास क्षेत्रीले पनि बहिष्कार गरेका छन् । वाईसीएल नेपालीको दाेश्राे राष्ट्रिय महाधिवेशन भयकाे सात बर्ष पछि तेश्राे राष्ट्रिय महाधिवेशन सम्पन्न भयकाे हाे ।