
अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिका सहिदप्रति हार्दिक श्रद्धाञ्जली : अन्तरास्ट्रिय लेखक तथा पत्रकार केन्द्र
काठमाडौं : आज सहिद सप्ताह विशेष, अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सर्वहारा क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरुकाे सम्झनामा बक्तब्य मार्फत श्रद्धाञ्जली ब्यक्त गरेकाे छ ।
२०५२ साल मा सुरु भयकाे जनयुद्धको क्रममा आजकै दिन गाेर्खाका दिल बहादुर रम्तेलकाे सहादत भयकाे थियाे र साेहि दिन देखि तत्कालीन नेकपा (माओवादी) र हाल विभिन्न माओवादी घटक पार्टी हरुले प्रत्येक बर्ष फाल्गुन १४ -२१ सम्मा लाई सहिद सप्ताहकाे रुपमा मनाउदै आईरहेका छन् ।
केन्द्रका अध्यक्ष हस्त बहादुर केसीद्वारा हस्ताक्षरित जारी बक्तब्यमा भनियकाे छ "आज २०८०साल फागुन १४ गते , सहिद दिवस । आज नेपालका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले महान् दस वर्षे जनयुद्धका महान् सहिदहरुको सम्झनामा देशव्यापी रुपमा सप्ताहव्यापी सहिद दिवस मनाउन गइरहेका छन् ।
यस ऐतिहासिक अवसरमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिका...