१८ जेष्ठ २०८२, आईतवार

उपाध्यक्ष बन्ने कल्पना समेत थिएन : आचार्य

सुर्खेत : अखिल क्रान्तिकारीका नव निर्वाचित उपाध्यक्ष अटल आचार्यले राजनिती जिवनमा संगठनको उपाध्यक्ष हुन्छु भन्ने कल्पना समेत नभयकाे अनुभुति ब्यक्त गरेका छन।आज कर्णाली प्रदेशको राजधानीमा आयाेजित मातृ पार्टी नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले आयाेजना गरेकाे बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम उक्त कुरा ब्यक्त गरेका हुन ।

सम्बाेधनका क्रममा उपाध्यक्ष आचार्यले भने ” मैले राजनीति जिवनमा अखिल क्रान्तिकारीको उपाध्यक्ष बन्ने कल्पना समेत गरेकाे थिइन्, म बिद्यार्थी राजनीतिमा ईकाइ कमिटी हुँदै जिल्ला अध्यक्ष र प्रदेशकाे सचिव पद सम्मा रहदा सम्मा तत्कालीन संगठनका अध्यक्ष नरेन्द्र न्याैपानेले केन्द्रीय कमिटीमा मनाेनयन गरिदिय पछि मलाइ थप राजनीतिक सफलता मिलेकाे महसुस भयाे र याे अवसरबाट मैले मेराे संगठनले बिद्यार्थीहरुका माग पूरा गर्ने सवालमा कतै माेडिन्छ कि भनेर निकै चिन्ता बढेकाे थियाे अहिले याे पदमा पुग्दा मलाई अझै पनि नेपाली श्रमजीवी बिद्यार्थीहरुका माग पूरा गर्ने सवालमा थप उर्जा थपिएको महसुस भयकाे छ ।”

आचार्यले थप भने -” अहिलेसम्म नेपामा प्रयाेग नभयकाे उमेर हद सम्बन्धिकाे प्रक्रियालाई पार्टी र संगठनले अनुमाेदन गरे पछि उमेर हद सम्बन्धिकाे निर्वाचन प्रणाली बाट मलाई पनि संगठनको गरिमामय पद खुल्ला उपाध्यक्षमा उम्मेदवार दिन पार्टी नेतृत्व र संगठनको नेतृत्वबाट स्विकार्य भय पछि मैले उम्मेदवार दिय र देशै भरिवाट मैले संगठनको अनुशासनलाई मान्ने अठाेट गरे र मलाई अमुल्य भाेट दियर उपाध्यक्षमा पदमा निर्वाचित गरियाे ।” यश अवसरमा मैले संगठनका मुल्य मान्यता र अनुशासन पालना गरि नेपाली श्रमजीवी बिद्यार्थी हरुकाे हकहितका पक्षमा सधै आवाज बुलन्द गर्ने अठाेट राख्दछु ।” नव निर्वाचित उपाध्यक्ष आचार्यले भने ।

आचार्य जनयुद्धका सहिद पुत्र हुन , तत्कालीन दस बर्षिय जनयुद्धका वेला उनका बुवाकाे सहादत भयकाे थियाे । सानै उमेर देखि पढाइमा निकै लगनशील र इमानदार थिय । बुवाकाे सहादत पछि पढाइमा निकै उत्तारचढाव हुँदै आय पनि सानै देखि नेता बन्ने खुवि भने उनिमा देखिन्थ्यो ।उनका परिवारका सबै सदस्य जनयुद्धमा सहभागी हुँदै गर्दा उनका बुवा, फूपू र ठुलाबुवाकाे पनि जनयुद्धमा सहादत भयाे । र उनी पनि बदलाभावका साथ सानै देखि घर छाडेर पार्टी र संगठनमा आवद्ध भय र अहिले केन्द्रीय उपाध्यक्षमा निर्वाचित भयका छन ।