जाजरकोट ।
निर्माण व्यवसायी संघ जाजरकोटको अध्यक्षमा रण बहादुर कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा ४९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बुद्धिबहादुर खत्रीले ३७ मत प्राप्त गरेका थिय ।
१६ फाल्गुन जाजरकोट । जाजरकोटमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
मंगलबार देखि भेरी नगरपालिकाको वडा नं. १३ कुदुमा रहेको भगवति माद्यामिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ३ नगरपालिका र ४ गाउँपालिका गरी सात स्थानीय तहको सहभागिता रहेको छ ।
उद्घाटनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सभा सदस्य वेदराज सिंहले सर्वांगीण विकासको आधार स्तभ खेलकुद क्षेत्र भएको बताए । राष्ट्रको शान गौरवलाई सदैव उच्च राख्ने खेलकुदको आर्दशलाई सबैले आत्मसात गर्ने बेला आएको बताए ।
३० स्वर्ण पदका लागि हुने खेलमा भलिवल, कबड्डी, तेक्वान्दो एथलेटिक्स, कराँते खेलको प्रतियोगिता हुने खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए ।
जिल्ला समन्वय प्रमुख, उपप्रमुख, जाजरकोटका सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष,प...
जाजरकोट । एन .आई. सि.लघुबित्त जाजरकोट शाखाका कर्मचारी लाई नेकपा का कार्यक्रताहरुले कालाेमाेसाे दलि कार्वाही गरेका छन ।
भेरि नगरपालिका वडा न ११ का स्थानीय बासिहरुले उक्त बित्तीय संस्थाले चर्काे ब्याजदर असुलेको , पटकपटक घरमा ताला लगाउने धम्की दियकाे ,घर छाेड्ने अवस्था मा पुर्यायकाेले स्थानीयकाे रिपोर्टकाे आधारमा कालाेमाेसाे दलि कार्वाही गरियकाे नेकपा बिप्लव जाजरकोट का सेक्रेटरी बिराजन सि ले बताए ।अझै जन्तालाई चर्काे ब्याजमा डुवाई स्थानीय लाई मारमा पार्ने यस्ता ठक बित्तीय संस्थाहरुलाई थप कार्वाही गर्ने सेक्रेटरी सि ले बिज्ञप्ति मार्फत ऐक्यबद्धता पत्र सार्वजनिक गरेका छन ।
...
काठमाडौं । अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए ।
अभिनेता शाहलाई भेटनका लागि दाङबाट पनि उनका साथि र आफन्तहरु तनहु पुगेका थिय ।
कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरेका उनी खुसी देखिन्थे । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगीतकार योगेशकाजीका अनुसार पल आज पोखरा लाग्नेछन् । एकदिन पोखरामा आराम गरेर भोलि मात्र काठमाडौं आइपुग्ने तयारी छ ।
काठमाडौंमा आउने बित्तिकै उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र संगीतकर्मी देखिएका छन् । बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिना...
आमुख ।
नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा मुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालले पनि रगत बगा...
१५ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) आज रिहा हुँदैछन् ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले सोमबार (आज) रिहा हुने जानकारी दिए । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।
एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।
त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।
उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवल...
प्र.१) जनयुद्धको २८ औँ वार्षिकोत्सवका सन्दर्भमा तपाईं जनयुद्धलाई कसरी सम्झनुहुन्छ ?
उत्तर: २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट महान् जनयुद्धको उद्घोष गरिएको थियो । त्यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा ठूलो क्रमभङ् थियो । त्यसले पुरानो दलाल पुँजीवादी र नोकरशाही सामन्तवादी राज्यसत्ताका विरुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नको निम्ति महान् उद्घोष गरेको थियो । त्यो एउटा नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदायको ऐतिहासिक विद्रोह थियो । त्यसले नेपाली जनताको मुक्तिको सपना, साम्यवादसम्म पुग्ने आदर्श निर्माण गरेर अगाडि बढेको थियो ।
प्र.२) तपाइ जनयुद्ध पहलकर्तामध्येको एक मुख्य हुनुहुन्छ । जनयुद्धको तयारी गर्नुभन्दा अगाडिका चार तयारी (वैचारिक–राजनीतिक, साङ्गठनिक, प्राविधिक, सैन्यलगायत तयारी) लाई अहिले कसरी लिनुह...
जाजरकोट जिल्ला सदरमुकाम खलंगामा शनिबार राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको प्रथम एकता जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अमर जंग शाहको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
सम्पन्न प्रथम एकता जिल्ला अधिवेशनले उपाध्यक्षमा प्रेम प्रसाद न्यौपाने र मोहन खड्कालाई निर्वाचित गरेको छ भने, सचिवमा योज्ञेश्वर बस्नेतलाई निर्वाचित गरेको छ । सह–सचिवमा पदम रोकाय, कोषाध्यक्षमा भवानी मल्ल निर्वाचित भएकी छन् । त्यसैगरी सदस्यहरुमा काली बहादुर परियार, झरणा शाही, तप्त बहादुर चन्द, नरेन्द्र ध्यार, नेप्लिजा पुन, भिम बहादुर शाही, सन्दीप बुढा मगर, चन्द्र बहादुर पुन र प्रकाश नेपाली निर्वाचित भएका छन् ।
“जनताको स्वास्थ्य सुरक्षा हाम्रो प्रतिवद्रता, सम्पुर्ण प्रगतिशिल स्वास्थ्यकर्मीको ऐक्यवद्रता” भन्ने मुल नाराका साथ आयोजना गरिएको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको प्रथम एकता जि...
१४ फाल्गुन काठमाडौं । ।जनयुद्धका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । आईतबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाएका हुन् ।
१० बर्षे जनयुद्धमा सहादात प्राप्त गर्ने महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै बरिष्ठ अधिवक्ता एकराज भण्डारी नेतृत्वको टोटीले ज्ञापन पत्र बुझाएको हो । एक सय बढी सहिद तथा बेपत्ताका परिवारहरुको उपस्थितिमा बुझाएको ज्ञापनपत्रमा १४ वटा माग राखिएको छ ।
जनयुद्धको महान् लक्ष्यलाई संस्थागत गर्ने र सहिद तथा बेपत्ता योद्दाहरुको सपनालाई साकार पार्ने तर्फ नेपाल सरकारको गभ्भीर ध्यान जाओस् भन्दै उनीहहरुले सहिद तथा बेपत्ता परिवारले अनुभूत गर्ने गरी आफ्ना मागको सुनुवाई गर्न अनुरोध गरेका छन् ।
‘महान् जनयुद्धको राजनैतिक लक्ष्य प्राप्तिको लागि पहलकदमी लिइय...
१३ फागुन, काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् ।
पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् ।
त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहे...