५ आश्विन २०८१, शनिबार

राष्ट्रिय

जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, समाचार
८ मंसिर जाजरकोट । नेकपा माओवादी केन्द्रका उप महासचिव  शक्ति बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बस्नेत जाजरकोटबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्। बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। बस्नेत ०७० र ०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाटै निर्वाचित भएका थिए। माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।...
प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
७ मंसिर काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनी १२ हजार ४९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी भएका हुन्। आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन्। डडेल्धुराको निर्वाचन अधिकृतको कार्यालले कूल खसेको मत ५१ हजार २०३ मध्ये ३ हजार १८७ मत बदर भएको जनाएको छ। प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आएका छन्।...
गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा

गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
गृहमन्त्री बालकृष्ण खाणलाई दीपक बोहराले कडा टक्कर दिएका छन्। सत्ता गठबन्धनका उम्मेदवार खाणले ३ हजार ४२४ मत पाउँदा दीपक बोहराले ३ हजार ३७१ मत पाएका छन्। राप्रपाका दीपक बोहरालाई एमाले र जसपाले सघाएका छन्।
काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयि ।

काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयि ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् । परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए । २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध...
राेल्पा मा बर्षमान पुन काे अग्रता ।

राेल्पा मा बर्षमान पुन काे अग्रता ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले रोल्पामा अग्रता कायम राखेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा अनन्त नेकपा एमालेका उम्मेदवार भन्दा २ हजार ७ भन्दा बढी मत अन्तरले अगाडि छन् । ७ हजार ६३५ मत गणना हुँदा पुनले ४ हजार ५५७ पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मत पाएका छन् । राप्रपा उम्मेदवार लिला रावलले ३९४, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले १४६ र नेपाल मजदुर किसान पार्टीका नाति भाइ ह्योम्बा १० मत पाएका छन् । प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जोखबहादुर महरा अगाडि छन् । उनले ४ हजार ८५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमल बहादुर बुढाथोकीले १ हजार ३६४ मत पाएका छन् । प्रदेश सभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनविरुद्ध स्वतन्त्र उम्मेद...
ललितपुर ३ मा एमालेकाे अग्रता पम्फा र ताेसिमाकाे प्रतिस्पर्धामा :

ललितपुर ३ मा एमालेकाे अग्रता पम्फा र ताेसिमाकाे प्रतिस्पर्धामा :

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
लतितपुर क्षेत्र नं ३मा  माओवादी केन्द्रकी पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले उछिनेकी छन्। पहिलो स्थानमा नेकपा एमालेका अमृत खड्का छन्। दोस्रो स्थामा कार्की र भुसाल बीच अघिपछि चलिरहेको छ। पछिल्लो मत परिणामा अनुसार एमाले ९ सय ३६ , राष्ट्रिय स्वतन्त्र ८सय ७५ र माओवादी केन्द्र ७ सय ७५ रहेको छ।...
मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता  याेगेश  गाैचन थकाली विजयी

मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता याेगेश गाैचन थकाली विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। तर, निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ। २८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। गौचनले तीन हजार १५६ मत पाउँदा एमालेका तुलाचनले दुई हजार ५२१ मत मात्रै पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवीणकुमार शेरचनले ६६ मत मात्रै पाएका छन्। मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका छन्। उनले एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी पर्यटन व्यवसायीसमेत हुन्। थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति र...
जाजरकोटमा जम्मा ६५९६२ मत खस्याे

जाजरकोटमा जम्मा ६५९६२ मत खस्याे

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
 जाजरकोट ।२०७९/ मंसिर ४ गते भयकाे प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि  जाजरकोटमा केही मत केन्द्र मा सामान्य बिवाद भयपनि शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भयकाे छ  । एक प्रतिनिधि सभा र दुई प्रदेश सभाका लागि  जिल्लामा  ३ नगर पालीका र ४ गाउपालिका रहेका छन । जस अनुसार भेरि नगरपालिकामा १३६४२, नलगाड नगरपालिकामा १०२८१, छेडागाड नगरपालिकामा १३४१८,बारेकाेट गाँउपालिकामा ८३४०, शिवालय गाउँ पालिका ५०१७,कुशे गाउँ पालिकामा ७५०३, जुनिचाँदे गाउँपालिकामा ७६६७र अस्थाई केन्द्र काे ९४ गरि कुल  ६५९६२ मत खसेकाे छ । आज बिहान सम्म सबै ठाउका मतपेटिका जिल्लामा पुगिसकेका र अबकाे केही पछि सर्वदलीय बैठक बसि  मत नतिजा सुरु  हुने बताईएकाे छ ।...
ललितपुर क्षेत्र न.२काे मत गनणा सुरु एमाले अगाडि दाेश्राे लाैराे

ललितपुर क्षेत्र न.२काे मत गनणा सुरु एमाले अगाडि दाेश्राे लाैराे

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । आज बिहान साढे ६ बजेको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८७७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७९० र राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६७६ मत पाएका छन् । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी छ ।...
काठमाडौंमा १० ठाँउमा मत गनणा हुने ।

काठमाडौंमा १० ठाँउमा मत गनणा हुने ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
४ मंसिर, काठमाडौं । काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ । काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । यसैगरी क्षेत्र नं. ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं. ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं. ७ को मतगणना बालाजुको जुडो हलमा हुने छ । क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १...