११ श्रावण २०८१, शनिबार

चार दलिय समाजवादी माेर्चा घाेषणा

काठमाडौं । चार वामपन्थी पार्टी =प्रचण्ड नेतृत्वको माओवादी केन्द्र ,उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी , माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी ) पार्टी, र विप्लव नेतृत्वको नेकपा बिच संयुक्त समाजवादी माेर्चा गठन भई आज घाेषणा गरेका हुन ।

साेमबार काठमाडौंकाे भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहकाे हलमा एक कार्यक्रम गरि चार दलमा घोषणा गरिएको यो मोर्चा निर्माणको उद्देश्य नेपाली विशेषताको समाजवाद स्थापना गर्ने साझा प्रयास हुने नेताहरुले बताएका छन् । ७ बुदे पत्रमा हस्ताक्षर गरि ओैपचारिक रुपमा माेर्चा घाेषणा गरेका हुुन।

२०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएलगत्तै मोर्चा निर्माणको पहल सुरु भएको थियो । नेकपा फुट्दा केपी शर्मा ओलीको इतर समूहमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सर्वोच्चको फैसलाले अलग गरेपछि मोर्चाको अवधारणा अगाडि सारिएको थियाे।

त्यसबेला प्रचण्डले वाम मोर्चा बनाएर जान सकिने बताएका थिए । तर प्रचण्ड माओवादी केन्द्रको नेतृत्व गरिरहेका थिए भने माधव नेपालले एकीकृत समाजवादी गठन गरेका थिए । त्यस बीचमा माओवादी र एकीकृत समाजवादीका नेताहरुले विचार मिल्नेसँग एकतादेखि मोर्चा निर्माणको अनेक पहल गरेका थिए ।

बीचमा माओवादी धारका पार्टीहरूबीच एकताको पहल पनि भयो । तर पूर्वमाओवादी घटकहरुबीच न एकता सम्भव भयो, न मोर्चाबन्दी नै । बरु एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपासहित मोर्चा बनाउन प्रधानमन्त्री प्रचण्ड सफल देखिएका छन् ।