२३ भाद्र २०८१, आईतवार

स्थानीय पाठ्यक्रम निर्माण गरि बितरण गर्ने पहिलाे स्थानीय तह बन्याे: कुशे गाउपालिका

जाजरकोट ।कुशे गाउपालिका जाजरकोटले स्थानीय पाठ्यक्रम निर्माण गरि वितरण गरेकाे छ ।

जिल्लाका सात वटा स्थानीय तह मध्ये स्थानीय पाठ्यक्रम निर्माण गरी प्रत्येक बिद्यालयमा बितरण गर्ने  पहिलो स्थानीय तह बनेको छ भेरि नगरपालिका स्थानीय पाठ्यक्रम निर्माण गर्ने पहिलाे स्थानीय तह हाे भने कुशे गाउपालिका वितरण गर्ने स्थानीय तह बनेकाे हाे। पालिकाको परिचय,सम्पुर्ण बिद्यालयकाे संक्षिप्त्त चिनारी , साँस्कृतिक सम्पदा, पेशा व्यवसाय र प्रविधि, वातावरण, असल बानी व्यवहारहरु, दुर्घटना तथा विपद व्यवस्थापन, व्यक्ति र संस्थाको योगदानलाई समेटि आधारभुत तह ( कक्षा १—८)  “हाम्रो कुशे हाम्राे खुसी”स्थानीय पाठ्यक्रम २०८०” नामक पाठ्यक्रम निर्माण गरेको हो ।

स्थानीय संस्कृति, जनजीवन, भुगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको गाउपालिकाका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख जनक बहादुर शाहले जानकारी दिए ।

स्थानीय विषयवस्तु, स्थानीय आवश्यकता पहिचान गरी स्थानीय सहभागिता, र विज्ञताको संग्लनतामा पाठ्यक्रम विकास गर्ने र विद्यार्थीहरुमा स्थानीय ज्ञान, सिप,अभिवृत्तिको विकास गर्ने, श्रमको समान गर्ने भावनाको विकासका साथै स्थानीय पेशा, व्यवसाय,प्रविधि, मुल्य मान्यता, वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने पाठ्यक्रमको लक्ष्य रहेको प्रमुख शाहले बताय।

यसै शैक्षिक सत्र बाट कार्यान्वयन हुने स्थानीय पाठ्यक्रम अनुसार कक्षा १ देखि ३ सम्म प्रत्येक कक्षाको लागि साप्ताहिक पाठ्यघण्टा र बार्षिक कार्यघण्टा स्थानीय पाठ्यक्रम कार्यान्वयनको व्यवस्था मिलाईएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल भक्त शाहीले जानकारी दिए।गाउपालिकाकी उपाध्यक्ष देविका कुमारी सिंह , प्रमुख प्रशासकिय अधिकृत लालभक्त शाही , शिक्षा शाखा प्रमुख जनक बहादुर शाह र श्राेत ब्यक्ति कृष्ण बहादुर गिरिकाे विशेष सहभागीतामा  श्री मालटाकुरा मा बि वडा नं. ३ तम्ती, श्री पुतली आ. बि. वडा नं.६ छहरागाउ, लाइट्फ्युचर आ. बि. वडा नं.२  गोबिन्दे लगायतका बिद्यालयहरुमा स्थानीय पाठ्यक्रम सामाग्री बितरण गरिसकेकाे र पालिका अन्तर्गतका सबै बिद्यालयहरुमा अभियानात्मक रुपमा छिटै बितरण गरि सकि कार्यन्वयनमा ल्याउने उपाध्यक्ष देविका कुमारी सिंहकाे दावि रहेकाे छ ।

स्थानीय विषयवस्तुको सहजीकरणको लागि स्थानीय विषयवस्तुसँग सम्बन्धित स्थानीय स्रोत व्यक्तिको सहयोगमा प्रयोगात्मक र परियोजनामा आधारित सिकाई क्रियाकलाप गराउने पक्षमा यस पाठ्यक्रमले जोड दिएको छ । सैद्धान्तिक ज्ञान भन्दा पनि दीर्घकालिन रुपमा  प्रभाव पार्ने किसिमका प्रयोगात्मक विषयवस्तुलाई समेटिएको हुनाले पाठ्यक्रममा भएका विषयवस्तुलाई सहजीकरण गर्दा प्रयोगात्मक,परियोजना कार्य,समस्या समाधान,क्षेत्र भ्रमण,सर्वेक्षण,खोज प्रर्दशन, प्रश्नोत्तर, छलफल आदि विधिको प्रयोग गरी सिकाईलाई बढी सान्दर्भिक र व्यावहारिक बनाउने पक्षलाई जोड दिईएको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख शाहले बताए ।

पालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुकाे विवरण :