११ श्रावण २०८१, शनिबार

जाजरकोट माैलिक साँस्कृति जगेर्नाका लागि सिंगारु नाँच प्रतियोगिता सम्पन्न

जाजरकोट । जिल्लाका सम्पदा संरक्षण गर्ने उद्देश्यले एक बर्ष अगाडि  स्थापना भएको जाजरकोट “सम्पदा संरक्षण प्रतिष्ठान”ले आफ्नो बार्षिकोत्सवको अवसरमा सिंगारु नृत्य प्रतियोगिता गरि आज विभिन्न कार्यक्रम सम्पन्न गरेकाे छ।

मंगलबार सदरमुकाम खलंगामा रहेकाे जिल्ला समन्वयकाे प्राङ्गणमा भयकाे कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जनक केसीले अध्यक्षता र जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले प्रमुख आतिथ्यता गरेका थिय र कार्यक्रममा भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी विशेष अतिथि रहेकी थिइन । उपप्रमुख जैसीले स्थानिय कलाकार सँग सिंगारु नाचेपछि कार्यक्रमको थप रौनकता बढेको थियो । कार्यक्रममा स्कुले बालबालिका देखि जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।

स्थानिय कला संस्कृतिको संरक्षण गर्नका लागि जाजरकोटमा खलंगामा आयोजित स्थानिय मौलिक सिंगारु नृत्य प्रतियोगितामा जगतिपुरको सिंगारु नाच प्रथम भएको छ । सिंगारु नृत्यमा नलगाड द्धितिय, बोहरा गाँउको नृत्य तृतिय र पोखरा गाँउको सिंगारु नाच सान्तोना भएका छन् । नौ वटा समुह सहभागी भएको प्रतियोगितमा प्रथम हुने समुहलाई नगद २५ हजार, द्धितियलाई २० हजार, तृतियलाई १५ हजार र सान्तोना हुने समुहलाई १० हजार प्रदान गरिएको थियाे । सहभागी अन्य टीमलाई ५ हजार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताय। जाजरकोटका कुना कन्दराहरुमा रहेका विभिन्न कला ,साँस्कृतिलाई संरक्षण,प्राेत्सान र प्रचार-प्रसार गर्ने उद्धेश्य का साथ प्रतिष्ठानकाे स्थापना गरियकाे अध्यक्ष केसिले बताय।