६ आश्विन २०८१, आईतवार

राष्ट्रिय

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिईन सपथ

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिईन सपथ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२४ माघ, काठमाडौं ।राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् । माओवादीबाट राष्ट्रिय सभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।  ...
जुम्लामा घर जलेर एक जनाएको मृत्युु एक घाइते

जुम्लामा घर जलेर एक जनाएको मृत्युु एक घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
गिता कुमारी शाहि  जुम्ला २४ माघ जुम्ला । कर्णाली राजमार्ग भन्दा आधा घण्टाकाे दुरी टाढा रहेकाे  जुम्लाको चन्दनाँथ नगरपालिका  वडा १ को भन्डारी बाँडा गाँउमा साेमबार मध्य राती एक घर जलेर नस्ट भयको छ । यस क्लवका सदस्य तथा पूर्व खेलाडी लाेक बहादुर भण्डारी काे घर आगलागी भई पूर्ण क्षति हुनुका साथै उनकी  १३ वर्षे छाेरी बन्दना भण्डारीकाे  मृत्यृ भएकाे र घरमुली भण्डारी पनि घाइते भयका छन । उक्त घरमा सात जना परिवार बस्दै आयको र थप बिवरण आउन बाँकी रहेकाे  जिल्ला प्रहरी कार्यलय जुम्लाका  प्रहरी निरीक्षक धर्म राज जोशी ले बताए।...
भेरि नगरपालिका जाजरकोटमा रनिङ्ग शिल्ड तथा चाैँथाे मेयर कप सुरु ।

भेरि नगरपालिका जाजरकोटमा रनिङ्ग शिल्ड तथा चाैँथाे मेयर कप सुरु ।

खेल, राष्ट्रिय, शिक्षा, समाचार
२३ माघ जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिता सुरु भएको छ । खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाको आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको व्यवस्थापनमा आईतवार  सुरु भएको हो । २६ गते सम्म संचालन हुने प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जित बहादुर मल्लले गर्नु भएको थियो । उद्धघाटन समारोहमा बोल्दै मन्त्री मल्लले बालबालिकामा रहेको प्रतिभा र अदम्य साहसलाई उजागर गर्ने भएको हुँदा यस्ता खाले प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभयो । प्रतियोगितामा विभिन्न खेलहरु भलिबल, दौड, तेक्वाण्डो, कराँते, कबर्डी, हाइजम्प, लङ्म लगायका खेलहरु हुने आयोजकले जनाएको छ, भने प्रतियोगितामा नगरपालिका भित्रका दश बिद्यालयहरुले सहभागिता जनाएका छन् । ...
जुम्ला र मुगुका बासिन्दा भुकम्प काे त्रासले घर भित्र जादैनन्

जुम्ला र मुगुका बासिन्दा भुकम्प काे त्रासले घर भित्र जादैनन्

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
१६ माघ जुम्ला  ।भूकम्प आउदै छ भन्ने हल्लाले रातभर जुम्ला र मुगुका केही स्थानका मानिसहरु घर वाहिर निस्केका छन् । जुम्ला सदरमुकाममा केही मानिसहरु घर वाहिर निस्केर आगो वालेर बसिरहेका छन् । मानिसहरुले दुख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक मानिसको खोजी शुरु गरेको हो । जुम्लाको माईनस डिग्री कठाग्रिदो चिसोमा मानिसिहरु भुकम्प आउदैछ भन्ने हल्लाले घर भित्र पस्न त्रासले  वाहिर बस्न वाध्य भएका छन् । भुकम्प आउदैछ रे, भ्रामक हो भनेर कतिपयले सामाजिक संजालमा सकारात्मक सन्देश पनि दिईरहेका छन् । भुकम्प आउदैछ भन्ने बिषय स्थानीय प्रशासनलाई समेत टेलिफोन आईरहका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले आफुलाई रातभर फोन आएर हैरान बनाएको बताउनुभयो । यता पनि फोनहरु आईरहेका छन् । यो भ्रामक हल्ला हो । मानिसहरुलाई यसरी दुख दिनेलाई खोजी कार्य शुरु भएको र कारवाही गरिने प्रमुख जिल्...
रबि लामिछाने संसद, गृहमन्त्री र उपप्रधानमन्त्री बन्न असक्षम भयकाे भन्दै सर्बोच्चद्वारा पद खारेजी

रबि लामिछाने संसद, गृहमन्त्री र उपप्रधानमन्त्री बन्न असक्षम भयकाे भन्दै सर्बोच्चद्वारा पद खारेजी

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
१३ माघ काठमाडौं ।सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपाल नागरिकता पुन:प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य ठहर गरेको हो । योसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुनेे ठहर गरेका हुन् । गृहमन्त्री रवि लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चिवतन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उनीसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गरेका...
उपसभामुख का लागि दुईजनाकाे उम्मेदवारी दर्ता

उपसभामुख का लागि दुईजनाकाे उम्मेदवारी दर्ता

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
६ माघ, काठमाडौं । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गरएका हुन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन छन् । मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय आजका लागि तोकेको थियो । उपसभामुख चयनका लागि भोलि शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ ।...
नेकपा बहुमतले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

नेकपा बहुमतले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
६ माघ काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नेता बास्तोलाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसमक्ष बुझाइएकाे ध्यानाकर्षण पत्रमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरिएको छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए। ‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ। अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु’ प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्ध, थारु, मधेस लगायत  विभि...
युवा र क्रान्ति

युवा र क्रान्ति

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पुर्ण बहादुर सिंह आरम्भ : सिर्जनशील, गतिशील, ऊर्जावान्, चेतनशील, उच्च आत्मविश्वास, साहस, सिक्न सक्ने क्षमता र परिवर्तनको संवाहक एवम् विद्रोही शक्तिको पर्यायवाची युवा हो । युवा शक्ति कुनै पनि मुलुकको अमूल्य सम्पत्ति एवम् मेरुदण्ड हो । युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको अग्रदस्ता एवम् धरोहर हो । युवा क्रान्तिको जीवन र भविष्य पनि हो । युवा बुर्जुवाहरूको भाष्यजस्तो भविष्यको कर्णधार मात्र होइन, वर्तमानको सहयात्री एवम् सहयोद्धा हो । युवा आजीवन कार्यकर्ता होइन, आफ्नो युगको नेता हो । युवा उमेरसमूह मात्र होइन, मानसिकता एवम् उत्साह पनि हो । असल वस्तु बनाउन फलाम पनि असल चाहिन्छ भनेझैँ मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका खातिर सिर्जनशील, गतिशील, ऊर्जावान् र चेतनशील युवाको खाँचो छ । तसर्थ महान् माओ त्सेतुङले भन्नुभएको थियो–‘तन्नेरीहरू सम्पूर्ण समाजका ...
मन्त्री परिषद आज बिस्तार हुँदै

मन्त्री परिषद आज बिस्तार हुँदै

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
माघ ३ काठमाडौं । मन्त्रिपरिषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो । दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री सहित, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ ।नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।...
२४ घण्टा पछि बिमानकाे ब्ल्याक बक्स भेटियाे

२४ घण्टा पछि बिमानकाे ब्ल्याक बक्स भेटियाे

Breaking News, राष्ट्रिय, समाचार
२ माघ पाेखरा  । आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब २४ घन्टापछि ब्ल्याक बक्स भेटिएको हो । प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको पुष्टी गरे । उनले हिजोदेखि खोजी कार्य जारी रहेपनि २४ घन्टापछि मात्रै भेटिएको र उक्त ब्ल्याक बक्सलाई काठमाडौं लिने  तयारी भइरहेको बताए । ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ ।...