६ आश्विन २०८१, आईतवार

राष्ट्रिय

कर्णाली प्रदेशमा सानाेआकारको  मन्त्री मन्डल गठन ।

कर्णाली प्रदेशमा सानाेआकारको मन्त्री मन्डल गठन ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२८ पुस सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र नेकपा ( माओवादी केन्द्र)का प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँमन्त्रीको मन्त्रालय तोकिएको छैन । सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री शर्माले बताए । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा अरु तीन वटा मन्त्रालय लिने सहमति भएको छ ।  ...
क्रिकेटर सन्दिप लामिछाने भाेलि जेल मुक्त हुने ।

क्रिकेटर सन्दिप लामिछाने भाेलि जेल मुक्त हुने ।

Breaking News, खेल, राष्ट्रिय, शिक्षा, समाचार
२८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र जेलमुक्त हुने भएका छन् । उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नछुट्ने भएका हुन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई भोलि मात्र थुनामुक्त गरिने बताय । उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेको हो, त्यसैले काठमाडौं अदालतबाट पत्र प्राप्त हुनुपर्छ’, बाँस्कोटाले भने, ‘भोलि काठमाडौंबाट पत्र आएपछि उहाँलाई थुनामुक्त गर्ने निर्णय गरेका छौं ।’ बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनलाई विदेश जान भने रोक लगाइएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।...
जाजरकोटमा आ व २०७९/०८०काे अर्ध वार्षिक समीक्षा बैंठक सम्पन्न

जाजरकोटमा आ व २०७९/०८०काे अर्ध वार्षिक समीक्षा बैंठक सम्पन्न

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
२८ पुस जाजरकोट । कर्णाली प्रदेश जाजरकोट , जिल्ला समन्वय समितिकाे आयाेजनामा आ. व. २०७९/ ०८०काे अर्ध वार्षिक समीक्षा बैंठक समन्वय समितिकाे सभा हल मा सम्पन्न भयकाे छ । जाजरकोट जिल्ला अन्तर्गतका सातवटै स्थानीय तहका प्रमुख / उपप्रमुख , अध्यक्ष / उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत लगायत प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय प्रमुख/ उपप्रमुख, नागरिक समाज ,पत्रकार र  गैसंस का प्रतिनिधिहरुकाे सहभागितामा बैंठक सम्पन्न भयकाे हाे । विशेष गरि याे आर्थिक बर्षमा  स्थानिय तह हरुमा भईरहेका बिकाश निर्माण लगायत सामाजिक कामहरुकाे सकरात्मक र नकारात्मक पक्षको बिषयमा प्रत्येक पालिकाकाे समिक्षात्मक रिपोर्ट  प्रस्तुुति   पालिकाका प्रशासकी प्रतिनिधि बाट  प्रस्टीकरण   र आगामी दिनमा गर्ने काम , कर्तव्य र नागरिक हरुले खेल्नुपर्ने भुमिकाका  बिषयमा प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने ,नागरिक समाज अगुवा राजेन्द्र...
तीन कम्युनिस्ट पार्टी बिच, पार्टी एकता संयाेजन समिति गठन ।

तीन कम्युनिस्ट पार्टी बिच, पार्टी एकता संयाेजन समिति गठन ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२७ पुस काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेकपा (बहुमत) का संयोजक कञ्चन र नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले मङ्गलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकता संयोजन समिति गठन भएको सार्वजनिक गरेका छन् । संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि हामी तीन पार्टीहरू– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का बीचमा औपचारिक–अनौपचारिक रूपमा पार्टी एकताका विषयमा छलफल गर्दै आएका थियौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकताको अपरिहार्य ऐतिहासिक आवश्यकतालाई महसुस गर्दै सिद्धान्त र राजनीतिका आधारभूत विषयमा समानता देखिए पनि कैयौँ विषयहरूमा बृहत् छलफल गरेर टुङ्ग्याउनुपर्ने भएकाले अन्तिम निष्कर्षमा पुग्नका लागि अहिले हामीले ‘पार्टी एकता संयोजन समिति’ बनाएर छलफल अघि बढाउने न...
आज ३०१ओैँ पृथ्वी जयन्ति मनाईदै । सरकाले दियाे सार्वजनिक बिदा ।

आज ३०१ओैँ पृथ्वी जयन्ति मनाईदै । सरकाले दियाे सार्वजनिक बिदा ।

मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
२७ पुस, काठमाडौं ।सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औं जन्मजयन्ती मनाइँदैछ । प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको इतिहास थियाे । इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास...
अखिल क्रान्तिकारीद्वारा चिकित्सा शिक्षा आयाेगमा मागपत्र  पेश ।

अखिल क्रान्तिकारीद्वारा चिकित्सा शिक्षा आयाेगमा मागपत्र पेश ।

राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
२५ पुस काठमाडौं । नेकपा बहुमत निकट अखिल क्रान्तिकारी ले आज चिकित्सा शिक्षा आयाेगका उपाध्यक्ष डा. प्रा. श्रीकृष्ण गिरि समक्ष विभिन्न माग राख्दै मागपत्र  बुझाएको छ ।संगठनका अध्यक्ष,  उपाध्यक्ष , र सचिवालय सदस्य हरुकाे सहभागीतामा मागपत्र बुझाएको हाे । बिशेष गरि चिकित्सा शिक्षा शाखामा भईरहेकाे महंगि पुजिका कारण बिद्यार्थीहरु भर्ना हुन नसकेकाे , पुजि ,प्रतिभा पलायन र नेपालको चिकित्सा शिक्षामा जगतमा  बिद्यार्थी हरुकाे घट्दो क्रमले संगठन चिन्तित भयकाे   संगठनका अध्यक्ष मिलन राईकाे हस्ताक्षरित मागपत्रमा भनियकाे छ । मागपत्र हेर्नुहाेस : ...
नेपाल आयल निगमले घटायाे  ईन्धनकाे  मूल्य ।

नेपाल आयल निगमले घटायाे ईन्धनकाे मूल्य ।

अर्थवाणिज्य, राष्ट्रिय, समाचार
२५ पुस काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू गर्ने  गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ । नेपाल आयल निगम द्वारा जारी विज्ञप्ति : ...
जनप्रतिनिधिले राेजे बहुमत पार्टी

जनप्रतिनिधिले राेजे बहुमत पार्टी

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२४ पुस महेन्द्रनगर । कञ्चनपुरका एक जना जनप्रतिनिधिले धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत रोजेका छन् । संसदीय राजनीतिको  विरोध गर्दै आएको नेकपा बहुमत  पार्टीमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडा अध्यक्ष बहादुरसिंह महरा प्रवेश गरेका हुन् । उनले वडा अध्यक्ष भए पनि जनचाहनाअनुरुपको कार्य गर्न नसकिएको भन्दै वडाअध्यक्ष पदबाट राजीनामा दिएर नेकपा बहुमत रोजेको बताय  । महराले भनेका छन्, ‘जनचाहना र जनभावना विपरीतका कार्यहरु भइरहेको र साक्षी किनाराको भूमिका निभाउँदा जनमतको अपमान हुने देखियो ।’ त्यही अपमानबाट जोगिन आफू जनप्रतिनिधिको जिम्मेवारीबाट हटेको उनले बताए ।...
अखिल क्रान्तिकारी द्वारा त्रिविकाे ढिलासुस्ती बिरुद्ध ताला र नारा सहित बिराेध प्रदर्शन ।

अखिल क्रान्तिकारी द्वारा त्रिविकाे ढिलासुस्ती बिरुद्ध ताला र नारा सहित बिराेध प्रदर्शन ।

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ : अखिल क्रान्तिकारीले सबै तह र सङ्कायको परीक्षाफल प्रकाशित नभएसम्मका लागि परीक्षा नियन्त्रकको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । तालाबन्दीपछि आइतबार आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राईले भने, ‘गल्ती त्रिविले गर्ने, सजाय विद्यार्थीलाई दिने कुरा हाम्रो सङ्गठनलाई स्वीकार्य छैन ।’ उनले अक्षम त्रिवि प्रशासनले तत्काल राजीनामा नदिए कडा सङ्घर्ष गर्ने चेतावनी पनि दिए । त्रिवि क्याम्पस विशेष समितिका इन्चार्जसमेत रहेका सङ्गठनका केन्द्रीय सदस्य गोविन्द बिस्टले नेपालको शैक्षिक जगतकाे  अग्रणी संस्था त्रिवि पछिल्लो समय दिनप्रतिदिन सङ्कटको भुमरीमा फस्दै गएको र त्यसलाई रोक्न सङ्गठनले त्रिवि प्रशासनसँग संग माग राखिएको हाे । तालाबन्दी गर्नुपर्ने थप कारण उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘परीक्षा नियन्त्रकको राजीनामा, दोषी कर्मचारीला...
जुम्लाको त्रिबेणिमा अटो दुर्घटना दुइ जनाको ज्यान गयो

जुम्लाको त्रिबेणिमा अटो दुर्घटना दुइ जनाको ज्यान गयो

पुर्वाधार, राष्ट्रिय, समाचार
गिता कुमारी शाही , जुम्ला २२ पुस जुम्ला । जुम्ला तिला  गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा अटाे दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ। रारा लिहि बाट जुम्ला खलँगा तर्फ जाँदै गरेकाे क १ स ११ नम्वरकाे अटाे अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी -१ बाइराँकाका २९ वर्षिया पुरन सार्की र तिला – ३ का २१ वर्षिया आकाश थापा काे मृत्युु भएकाे हाे। पुरन सार्कीकाे घटना स्थलमै मृत्यु भएकाे हाे भने आकाश थापाकाे उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे जिल्ला ट्राफिक कार्यालय जुम्लाका सहायक प्रहरी निरिक्षक विमल रावलले जानकारी दिएका छन्। अटाे तिला ३ श्रीवेणीमा कर्णाली राजमार्ग बाट १५ मिटर तल नदिमा खसेकाे उनले बताए । मृतक दुवैजनाकाे शव पाेष्टमार्टमका लागि कर्णाली स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा राखिएकाे छ।...