११ श्रावण २०८१, शनिबार

माओवादी केन्द्र कि उपाध्यक्ष पम्फा भुसालकाे टिम ६ दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसाल छ दिने भारत भ्रमणपछि स्वदेश फर्किएकी छिन् ।

भुसालसँगै उनको नेतृत्वको पाँच सदस्य टोली शुक्रबार राति स्वदेश फर्किएको हो । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा यही साउन ७ गते भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली भारत गएको थियो ।

उपाध्यक्ष भुसालले भाजपा अध्यक्ष जगतप्रकाश नड्डासँग पार्टी मुख्यालयमा भेटवार्ता गरेकि थिइन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले यसअघिको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि पहल गर्न भाजपा अध्यक्ष नड्डासँग आग्रह गरेकी छिन्।

अध्यक्ष नड्डासँगको भेटवार्ता फलदायी र ऐतिहासिक भएको उपाध्यक्ष भुसालले जानकारी दिइन् ।