१ श्रावण २०८२, बिहीबार

राष्ट्रिय

नेकपा बहुमत निकट युवा संगठनले बन अधिकृतलाई दल्याे कालाेमाेसाे

नेकपा बहुमत निकट युवा संगठनले बन अधिकृतलाई दल्याे कालाेमाेसाे

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
कन्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काे युवा संगठन कम्युनिस्ट युवा संगठन नेपालले भ्रष्टाचार, बेथिति र अनियमितता गरेको आरोपमा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई कालोमसो दलेर जनकारबाही गरेको छ। संगठनका अनुसार ठाकुरले लामो समयदेखि वनसम्पदाको दोहन, गैरकानुनी र मिलेमतोमा हुँदै आएको काठ तस्करी तथा सार्वजनिक सम्पत्तिमा अनियमितता गर्दै आएको प्रमाणसहित जनकारबाही गरिएको हो। संगठनले भनेको छ, “राष्ट्रिय सम्पत्ति र वनजंगल लुट्नेहरूलाई अब जनताको प्रतिरोध सामना गर्न तयार हुनुपर्छ।” यसअघि, सोही पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नक्कली प्रमाणपत्र बनाउने र बेच्ने कार्यमा संलग्न भएको आरोपमा सिटिइभिटीका सहायक निर्देशक तथा हाल जनकपुरस्थित पीपी स्मृति प्राविधिक शिक्षालयका प्राचार्य गोबिन्द पौडेलमाथि पनि कालोमसो दलेर जनकारबाही गरेको थियो। नेकपा (बहुमत) निकट...
भाकपा माओवादीका महासचिव बसवराजकाे हत्याप्रति समाजवादी कम्युनिष्ट पार्टी नेपालद्वारा खेद प्रकट

भाकपा माओवादीका महासचिव बसवराजकाे हत्याप्रति समाजवादी कम्युनिष्ट पार्टी नेपालद्वारा खेद प्रकट

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिव बसवराजको हालै भारतको छत्तिसगढमा भएको हत्याप्रति समाजवादी कम्युनिष्ट पार्टी नेपालले खेद प्रकट गरेको छ । समरजंग नेतृत्वको समाजवादी कम्युनिष्ट पार्टी नेपालका विदेश विभाग प्रमुख विप्लवले आज एक विज्ञप्तिमार्फत् महासचिव बसवराजको हत्याप्रति आक्रोश व्यक्त गरेका छन् । प्रेस विज्ञप्तिमा प्रमुख विप्लवले अतिहिन्दुवादी मोदी सरकारले भारतीय माओवादीमाथि कायरतापूर्ण र बर्बर दमन गरेको भन्दै निन्दा गरेका छन् । विज्ञप्तिमा विप्लवले भारतीय हिन्दू अतिवादी पुरातनपन्थी शासकहरूले भारतमा लामो समयदेखि सञ्चालित माओवादी जनयुद्धमाथि ‘अपरेसन ब्लाक फरेस्ट’ र ‘अपरेसन कागर’ नामको कुख्यात, बर्बर दमन र हत्या अभियान सञ्चालन गरेर शीर्षस्थ नेता भाकपा (माओवादी) का महासचिव क. बसवराजको हत्या गरेको दुःखद् समाचारले संसारभरिका मालेमावादी क्रान्तिकारीहरूलाई दुःखी र आक्रोशित बन...
प्रेस काउन्सिलद्वारा गम्भीर ध्यानाकर्षण

प्रेस काउन्सिलद्वारा गम्भीर ध्यानाकर्षण

Breaking News, राष्ट्रिय, विचार, समाचार, सुचना संचार
काठमाडौं : प्रेस काउन्सिल नेपालले पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरीलगायत जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो । मिडियाको आवरणमा आफू पत्रकार भएको परिचय दिइ गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी/गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा विज्ञापनका नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृत रुपमा कार्ड बनाइ गैरपेसागत क्रियाकलापमा संलग्न गराउनेलगायत गुनासाका सम्बन्धमा काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काउन्सिलले पेसागत आचरणविपरीत यस्ता गैरकानुनी कार्य नगर्न र नगराउन सम्बद्ध सबैलाई अनु...
जाजरकोटमा नक्कली छाप र रसिद प्रयाेगमा संलग्न दुई जना पक्राउ

जाजरकोटमा नक्कली छाप र रसिद प्रयाेगमा संलग्न दुई जना पक्राउ

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ६, रादेउमा नक्कली सरकारी छाप र रसिदसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका–२ का २३ वर्षीय पारश शाही र वडा नम्बर ११ का २१ वर्षीय यज्ञेश्वर शाही रहेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार उनीहरूले जुनिचाँदे गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र रसिद प्रयोग गरी खनिज तथा जडिबुटी बोकेका गाडीलाई रोकी अवैध राजस्व असुलेका थिए। प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बडावन र प्रहरी चौकी जुनिचाँदेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई रादेउ सडक खण्डमा नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट नक्कली छाप, अनुसूची १०१ अनुसारको आम्दानी रसिद, चेकजाँच सिफारिस पत्र र कर संकलन रसिद बरामद गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ भने जाजरकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि उनीहरूलाई हिरासतमा...
सीटीईभीटीका सहायक निर्देशकलाई अखिल क्रान्तिकारीद्वारा कालोमोसो

सीटीईभीटीका सहायक निर्देशकलाई अखिल क्रान्तिकारीद्वारा कालोमोसो

Breaking News, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरूले कालोमोसो दलेका हुन ।अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिका कार्यकर्ताहरूले कालोमोसो दलेका हुन्। कालोमोसो दलेको आरोपमा प्रहरीले सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिराह जिल्ला अध्यक्ष रामदेव महरालाई पक्राउ गरेको छ। क्रान्तिकारीका कार्यकर्ताहरूले फेल भएका विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको आरोप लगाएका छन्। त्यस्तै कानुनी प्रक्रिया र योग्यता नहेरी, आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने गरेको, शैक्षिक माफ...
समाजवादी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही-पाल्पा जिल्लाकाे बैठक सम्पन्न

समाजवादी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही-पाल्पा जिल्लाकाे बैठक सम्पन्न

राजनीति, राष्ट्रिय, विचार, समाचार
बुटवल : समाजवादी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही-पाल्पा जिल्ला संगठन समितिकाे बैठक सम्पन्न भएको छ। बैठकले पार्टीकाे केन्द्रीय निर्देशित अभियान  जिल्लामा पनि संचालन गरि समिक्षा गर्दा क्रान्तिकारी एवम् कम्युनिस्ट वैकल्पिक एवम् आशावादको केन्द्रकाे रुपमा रुपान्तरण भएको निष्कर्ष निकाल्दै पार्टीको पुर्व घाेषित अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । क्रान्तिकारी संघर्षलाई थप उचाइ प्रदान गर्न पाल्पाको प्रभात ताल र विभिन्न ठाउँहरुमा वित्तीय आँतक विरुद्ध गरिएको संघर्षहरु महत्त्वपूर्ण र प्रभावकारी रहेको निष्कर्ष निकाल्दै पार्टी केन्द्रीय निर्देशित कार्यक्रम अनुसार राष्ट्रिय, जनतन्त्र र जनजिवि, भ्रष्टाचार, सिण्डिगेट, कर चुहावट, वित्तीय आँतक, हिंसा, छुवाछूत, भेदभाव, अमानवीय व्यापार विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी संघर्षलाई थप माथि उठाउने निर्णय गर्दै परिचालन समिति समेत गठन गरेकाे छ । ...
अखिल क्रान्तिकारीले मनायो ६१ औं विद्यार्थी दिवस

अखिल क्रान्तिकारीले मनायो ६१ औं विद्यार्थी दिवस

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
बुटवल : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले ६१ औं विद्यार्थी दिवस मनाएको छ ।समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज   लुम्बिनीमा संगठनकाे केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे प्रमुख आतिथ्यतामा बिद्यार्थी दिवस सम्पन्न भएको गरेकाे हाे। घरायसी कार्यव्यस्तताका बाबजुद पनि आस्था र निष्ठालाई समर्पित गर्दै उनलेे सिङ्गो पार्टी र संगठनकाे उपस्थितिमा विद्यार्थी दिवसको आयाेजना गरि मनाएका थिए ।विद्यार्थी दिवसमा अबिर वरण र चकलेट वितरण गरि मनाईएकाे थियोे । उक्त दिवस कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जगत, रुपन्देही-पाल्पा जिल्ला संगठन समितिका सचिव हेमन्त, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य प्रजापति, केन्द्रीय प्रतिनिधि सदस्य किरण, हिरा, महिला केन्द्रीय सदस्य कमला लगायतको उपस्थिति थियो ।...
माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थी नेताहरु पहिलाे पटक एकै मन्चमा- “फाेटाेफिचर”

माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थी नेताहरु पहिलाे पटक एकै मन्चमा- “फाेटाेफिचर”

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं : माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थीहरु पहिलाे पटक एकै मन्चमा देखापरे । अखिल क्रान्तिकारीले ६१ ओै बिद्यार्थी दिवसका अवसरमा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उक्त सन्जाेग मिलायकाे हाे । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले पुर्व बिद्यार्थी नेताहरुलाई सम्मान सहित शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना  गरेकाे थियाे । काठमाडौकाे कमलादीस्थित पारीजात स्मृति भवनमा आज संगठनका केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहकाे अध्यक्षता र  पार्टीका  महासचिव धर्मेन्द्र बास्तोलाकाे प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे। कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्यहरु उदय बहादुर चलाउने "दिपक" गुणराज लाेहनी लगायत केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे । माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थीका अध्यक्...
सुदूरपश्चिम प्रदेशले स्थानीय सेवा ऐन नबनाउँदा स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रियका छन                      

सुदूरपश्चिम प्रदेशले स्थानीय सेवा ऐन नबनाउँदा स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रियका छन                      

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विचार, शिक्षा, समाचार
धनगढी: सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीहरू अहिले धनगढीकाे मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै आन्दोलनमा उत्रिएका छन ।    नेपालको संविधानको  धारा २२७ अनुसार स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी ऐन प्रदेश सरकारले निर्माण गर्ने व्यवस्था रहेको छ। सातवटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशबाहेक अन्य ६वटै प्रदेशमा ऐन जारी भई कार्यान्वयनमा आइसक्दा पनि सुदूरपश्चिमा ऐन पारित नहुँदा कर्मचारीहरूको सेवा स्थायित्व, वृद्धि विकास ,पदपुर्ती  तथा अवकाश पछिको सुविधा जस्ता विषयमा अन्योल सिर्जना भएको भन्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन्। कर्मचारीहरूले नागरिकको सबैभन्दा नजिक रहेको सरकारको रूपमा स्थानीय तह गठन भएको लामो समय बितिसक्दा पनि सुदूरपश्चिम सरकारले स्थानीय सेवा ऐन ल्याउन नसक्दा कर्मचारीहरूलाई मर्का परेको बताएका छन्। नेपालको संविधान २०७२ बमोजिम स्थानी...
अखिल क्रान्तिकारीद्वारा बिद्यार्थी दिवसका अवसरमा शुभकामना ब्यक्त

अखिल क्रान्तिकारीद्वारा बिद्यार्थी दिवसका अवसरमा शुभकामना ब्यक्त

Breaking News, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : अखिल क्रान्तिकारीले बिद्यार्थी दिवसका अवसरमा शुभकामना ब्यक्त गरेकाे छ । समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले ६१ ओैँ बिद्यार्थी दिवसका अवसरमा आज एक विज्ञप्ति मार्फत शुभकामना ब्यक्त गरेकाे हाे । संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनियकाे छ "सर्वप्रथम संघर्ष, बलिदान र विजयकाे ऐतिहासिक ६१ ओै बिद्यार्थी दिवसका अवसरमा सम्पुर्ण बिद्यार्थीलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौं,राणा पन्चायत र राजतन्त्र विरुद्धको आन्दोलनमा बलशाली सावित विद्यार्थी शक्तिले नवओैपनिवेशिक पुजीवादी संसदीय ब्यवस्थाकाे अन्त्य र वैज्ञानिक समाजवादी ब्यवस्थाका खातिर नयाँ कार्यभार पूरा गर्न जरुरी छ। नवओैपनिवेशिक पुजिवादि संसदीय ब्यवस्थाद्वारा निर्देशित नव ओैपनिवेशिक शिक्षा प्रणालीको अ...