९ आश्विन २०८१, बुधबार

राष्ट्रिय

जाजरकोटकि एक बालिका काठमाडौंमा हरायकी छिन

जाजरकोटकि एक बालिका काठमाडौंमा हरायकी छिन

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल नजिकै बाट जाजरकोट कुशे गाउपालिका २ टालेगाउ कि एक बालिका हरियकि छिन । मंगलबार दिउसाे एयरपोर्ट नजिकैको काडाघारी गान्धी स्कुलमा पढ्ने बालिका आकृति प्रिरिजमा शाही नाम ले चिनिने  रंग : गोरो, उमेर ८ बर्षकी बालिका हरियकी हुन। उनका बुवा यज्ञ शाही,आमा कालिका सिहं (शाही)र मामाकाे नाम महेन्द्र सिहं हाे । उनलाई साेधे पछि आमा बुवा र मामाकाे नाम बताउन सक्ने भयकाले भेटाउनु हुने जाे काेहिले नजिकैको प्रहरी लाई बुझाउन र ९८६८९३६३३९ र९७६५५१७३७७ मा सम्पर्क गर्न आह्वान गरियकाे छ ।  ...
काठमाडौंमा शिक्षक आन्दोलनले ट्राफिक ब्यवस्थापन अस्तब्यस्त

काठमाडौंमा शिक्षक आन्दोलनले ट्राफिक ब्यवस्थापन अस्तब्यस्त

Breaking News, यातायात, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो । ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै चल्ने सवारी साधनहरुलाई डाइभर्सन गरेको छ । नयाँबानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका स्थानबाट सवारी साधनहरुलाई डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले माइतीघर क्षेत्रको सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर प्रदर्शन गरिरहेका छन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगा...
विज्ञापन बोर्डले सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेकाे छ

विज्ञापन बोर्डले सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेकाे छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं ।विज्ञापन बोर्डले सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेको छ । सरकारी विज्ञापनको वितरण व्यवस्थित गर्न स्तर निर्धारणको तयारी गरिएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए । बोर्डले सरकारी विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्ने प्रयोजनका लागि विभिन्न ५ वटा सूचकलाई आधार मानेर स्तर निर्धारण गर्ने तयारी गरेको हो । ‘अहिले सञ्चारमाध्यमको पहुँच तथा क्षमताकाबारे आ–आफ्नै दाबी छन्,’ उनी भन्छन्,‘अब हामी निश्चित सूचक तोकेर सञ्चारमाध्यमको स्तर निर्धारण गर्नेछौं ।’ पाचवटा आधार : १, प्रकाशित संख्या, भिजिटर तथा पहुँच र दर्शक संख्यालाई स्तरको आधार मानिने भएको छ । २, सञ्चारमाध्यममा गरिएको लगानीलाई मान्ने तयारी बोर्डको छ । ३ संचारमाध्यमले सिर्जना गरेको रोजगारीलाई मानिने भएको छ । ४,सञ्चारमाध्यमले राज्यलाई तिरेको करलाई आधार मानिने भएको छ । ५,सञ्चारमाध्यमले पस्कने सामग्रीला...
शिक्षा विधेयक जलाउने बिद्यार्थी नेताहरु प्रहरीद्वारा गिरफ्तार

शिक्षा विधेयक जलाउने बिद्यार्थी नेताहरु प्रहरीद्वारा गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं।  प्रस्तावित बिद्यालय शिक्षा विधेयक जन बिपरित भयकाे भन्दै साे बिधेयक पत्र जलाउने क्रममा सिंहदबारको गेटबाट अखिल ( क्रान्तिकारी) का नेताहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ । मंगलबार दिउसाे सिंहदरबार दक्षिण गेट मा उक्त बिधेयक पत्र जलाउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारीका बिद्यार्थी नेता उषाकिरण "आजाद" , हरि विष्ट , राजन साउद र राहुल विकलाई प्रहरीले  गिरफ्तार गरेको हाे। नेपाल सरकार ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयद्वारा प्रस्तावित विद्यालय शिक्षा विधेयक जनबिपरित भयकाे भन्दै शिक्षक महासंघ लगायन विभिन्न पार्टीका संगठन हरुले बिज्ञप्ति समेत जारि गरि बिराेध जनायका छन ।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकोटद्वारा संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल अभियान तिब्र

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकोटद्वारा संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल अभियान तिब्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपाल जिल्ला संगठन समिति जाजरकोटले संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल सम्बन्धिकाे अभियान तिब्र पारेकाे छ । जिल्लामा रहेका सात वटा स्थानीय तह हरुमा भईरहेका बिकास निर्माण का कामहरुमा अनुगमन र निरिक्षण गर्दै , आउने गरेका जनगुनासाे उपर छलफल गर्दै, सबै कामहरुमा पारदर्शिता हुनु पर्ने, ईस्टामेट अनुसार काम हुनु पर्ने र काम गर्दा मजदुर हरुले पनि समयमै पारिश्रमिक पाउनु पर्ने र बिकास निर्माणमा बाधा पुर्‍याउने खालका कदम काेहि कसैले गर्न नहुने पार्टी जिल्ला संयोजक हिमालले बताय । जिल्लाको पूूर्वि इलाका नलगाड नगर पालिका देखि थालिएको अभियान बारेकाेट हुँदै कुशे गाउपालिका सम्म पुगेकाे र क्रमश छेडागाड नगरपालिका ,जुनिचाँदे गाउपालिका हुदै शिवालय गाउपालिका र अन्तिममा भेरि नगर पालिकामा अभियान  संचालन गरिने पार्टी संयाेजक हिमालले बताय । दुई महिने अभियान का ल...
यमुना सिंह लाई बचाउन सहयाेगकाे अपिल गरियकाे छ

यमुना सिंह लाई बचाउन सहयाेगकाे अपिल गरियकाे छ

Breaking News, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
जाजरकोट। जिल्लाको कुशे गाउपालिका वडा न. २ ढार टाेलमा बस्ने गणेशमान सिंह कि १४ बर्षकी छाेरी यमुना सिंहलाई बाल टिभिकाे काे संकेत देखिय पछि उपचारका लागि  सहयाेगकाे अपिल गरियकाे छ । यमुना सिंह गाउँकै जनकल्याण आधारभुत विध्यालयमा कक्षा ५ कि छात्रा हुन।उनी अरू बालबालिका भन्दा शारीरिक रूपमा हेर्दा ८/९ बर्षकी जस्ती देखिन्छिन । समाजका सबैले भन्छन् कि उमेर अनुसार बालिकाकाे नत ताैल मिल्छ नत उचाइ अन्य बालबालिका भन्दा शारीरिक हिसाबले उनी कम्जोर देखिन्छिन। तर घरयासी काम काज सबै गर्न सक्छीन । यमुना काे घरपरिवारमा जम्मा ७ जना छन् जसमा भाईबहिनी ५ जजा मध्य ३ बहिनी २ भाई मध्य उनी जेठि छाेरी हुन । उनका बुवा गणेशमान सिहं र आमा निर्मला शाही (सिहं) हुन । आमाको माइतीघर जुनिचाँदे गाउँ पालिका वडा न. ११ काेर्ताङ हाे । बालिकाका बाबुआमा गाउँ घरमा दैनिक मजदुरि गरि घर परिवार चलाउन धाैँधाैँ हुने र  समाजमा १२ महिना गाउँ...
आज हरि तालिका (तिज) पर्व पूजा आराधना गरि मनाईदै

आज हरि तालिका (तिज) पर्व पूजा आराधना गरि मनाईदै

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।भदौ शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादि देव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालि...
प्रधानमन्त्री “दाहाल” अमेरिका प्रस्थान

प्रधानमन्त्री “दाहाल” अमेरिका प्रस्थान

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन्। साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क गएका हुन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रीहरू तथा नेताहरूले बिदाइ गरेका थिए। १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ गएका हुन्। भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छन्। प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड छन्। महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास...
जाजरकोटमा चट्याङ् लागेर भैंसी र गाेरु मरे, किसान चिन्तित

जाजरकोटमा चट्याङ् लागेर भैंसी र गाेरु मरे, किसान चिन्तित

Breaking News, अर्थवाणिज्य, कृषि, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट जिल्लामा चट्याङ लागेर दुईवटा भैंसी र दुईवटा गाेरु मरेका छन । शनिबार साँझ परेकाे अविरल वर्षा र चट्याङ ले  जिल्लाको  नलगाड नगरपालिका वडा नं ३ परिकरूवाका खम्ब प्रसाद थापाको गाेठमा  परेको पानी र चट्टयाङका कारण दुईवटा भैंसी मरेका हुन । उता कुशे गाउपालिका वडा न २ माने टाेलमा बस्ने कर्ण बहादुर शाहिका दुईवटा गाेरु पनि चट्याङ लागेर मरेका छन  । दुहुनो भैंसी र सिजनकाे बेला खेति गर्नका लागि पालियका गाेरु मरे पछि किसान चिन्तित छन । जाजरकोटमा पटक-पटक चट्याङले क्षति पुर्‍याउदै आयकाे छ ।, केही बर्षि पहिले  एक जना र केही महिना अगाडि बारेकाेटमा २ जना महिलाको चट्याङ लागेर मृत्यु भयकाे थियाे । केही बर्ष पहिले कुशे पाटनमा चट्याङ लागेर सयाैंकाे संख्यामा भेडा बाख्राहरु पनि मरेका थिय । पटक-पटक प्राकृतिक प्रकाेपका कारण साँस्ती पाईरहेका जाजरकोट बासिका लागि याे अति नै दुखदायी क्षण हाे ...
घाँस काट्ने क्रममा भारतमा एक नेपाली काे मृत्युु

घाँस काट्ने क्रममा भारतमा एक नेपाली काे मृत्युु

माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट। जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा न. ७ समाकोटका अन्दाजी ४५ बर्षका निम ब सिंहको कामको शिलशिलामा भारतको गौरिकुन्ड भन्ने ठाउमा घासँ काट्ने क्रममा भिरबाट लडेर मृत्यु भयकाे छ । भारतमा राेजगारीकाे सिलसिलामा गएका सिंह लामाे समय भारतकाे गाैरिकुन्ड भन्ने ठाउमा बस्दै आफ्नो जिविका चलाईरहेका थिय । घाँस काटने क्रममा चिप्लिएर भिरबाट लडे पछि टाकाेमा गम्भीर चाेट लागेपछि सिंहकाे मृत्यु भयकाे त्यहाबाट धन बहादुर सिंह ले तुफान न्युज डटकमलाई जानकारी दियका दिय।...