२ कार्तिक २०८१, शुक्रबार

साैर्य एयर जहाज दुर्घटनामा परी १८ जनाकाे मृत्युु

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार १८ जनाको शव फेला परेको छ । जहाजमा १९ जना यात्रु थिए ।

प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज दुर्घटनामा परेको थियो । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।