२३ भाद्र २०८१, आईतवार

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् ।
कांग्रेस, एमाले लगायतका दलले प्रचण्डलाई विश्वासको मत नदिने भयका छन।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पछिल्लोपटक ११ पुस २०७९ मा प्रधानमन्त्री बनेका थिए ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ ।प्रधानमन्त्रीले विश्वासको मत लिए पछि आज नै नया सरकार बन्ने ढाेका खुल्ने छ ।