३१ भाद्र २०८१, सोमबार

राष्ट्रिय

प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड बढी कमाइ गरेको छ/

Breaking News, पर्यटन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
काठमाडौं : प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले भारतमात्रै आइतबार ६४ लाख भारतीय रुपैयाँ कमाएको छ।     नेपालमा भने आइतबार यो फिल्मले डेढ करोडको कमाइ गरेको छ। भारतबाहेक यो फिल्मले २ करोड ३९ लाख भारतीय रुपैयाँ कमाएको छ। यो फिल्मले पहिलो दिन ७ करोड ७५ लाख बढी कमाइ गरेको थियो। नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको छ। फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ। फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।...

सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
१२ असोज,  । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन्ली । उनीहरू सबैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । मृत्यु हुने सबै एउटै गाउँका बासिन्दा हुन् । बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कंदै गर्दा रा१ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट-३ मुलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते भएका कपुरकोट गाउँपालिका-६ जलबाँङका ३५ वर्षीय तिलक वली रहेका छन् । उनको उपचार दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ । जीप १५० मिटर...

कुशे हिमालको काख र पाथीभराको न्यानो अँगालोमा जाजरकोट–टालेगाउँ

Breaking News, पर्यटन, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार, सुचना संचार
युद्धको बलियो हाइपोस्ट र किल्लाजस्तो तीन तहको दुर्गमा छ पुरानो शैलीको ढुङ्गाको छानो र ढुङ्गामाटाको गारो भएको पूर्व–दक्षिणतिर फर्किएको पारिलो घर । आँगनमा ढुङ्गा छापिएको छ । लस्करै बिछ्याइएका छन् मान्द्रा र गुन्द्रीहरू । आँगनमा लस्करै मकैका लागि गाडिएका थाँक्राबाट मकै झिकिसकिएका छन् तर थाँक्राका खाँबाहरू अर्को वर्षका मकै थेग्नका लागि तत्पर भएर बसिरहेझैँ देखिन्छन् । हामी सातजना मात्र छैनौँ आज । क. परमेश्वर शाह, केबी शाह र अरूहरूसमेतको लर्को छ । यो कमरेड पूर्णबहादुर सिंहको घरको आँगनको सानो परिदृश्य हो । आँगन र गारोमा चकटी र गुन्द्रीहरू बिछ्याइएका छन् । दुई दशकभन्दा लामो समयदेखि रोगले गाँजेर शरीर अस्वाभाविक रूपले फुले पनि जुझारु, आशावादी किसान गोरखबहादुर सिंह र भाउजूसँग भलाकुसारी हुन्छ । उहाँहरू कमरेड पूर्णबहादुर सिंहका दाजुभाउजू हुनुहुन्छ । भतिजहरू विनोद र विशालको चहलपहल बढेको छ । उतासँगै ज...

सशस्त्र विद्रोहका सहकर्मी संसदीय निर्वाचनमा प्रतिस्पर्धी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
११ असोज, रोल्पा । प्रतिनिधिसभा सदस्यका लागि रोल्पामा दुई पूर्व कमाण्डरको प्रतिस्पर्धा हुने भएको छ । माओवादी केन्द्रले कृष्णबहादुर महरा, वर्षमान पुनमगर, कुलप्रसाद केसी, जयपुरी घर्तीमगर, ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ । उपाध्यक्ष महरा समानुपातिक पद्धतिको सूचीमा बसेका छन् भने पूर्व सभामुख ओनसरी घर्तीमगर काठमाडौं २ वाट उमेदवार बन्ने लबिइङमा छिन् । त्यसैले रोल्पामा उपमहासचिव वर्षमान नै उम्मेदवार हुने पक्काजस्तै छ । नेपाली कांग्रेस, रोल्पाले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगरसहित प्रदेश कमिटी सदस्यहरु टेकबहादुर बस्नेत र शंकबहादुर छन्त्यालको नाम सिफारिस गरेको छ । तर गठबन्धन गर्दा पुनमगर प्रदेश सभा (ख)मा उम्मेदवार बन्ने गरी प्रतिनिधिसभा सदस्य माओवादीलाई छाड्ने निश्चित प्रायः छ । नेकपा एमाले, रोल्पाले प्रतिनिधिसभा सदस्यका लागि पूर्णबहादुर बुढा मगरक...

बिरेन्द्र शाहको ‘फर्कि आऊ साईला दाई’ बोलको गित सार्वजनिक

Breaking News, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
काठमाडौं, गितकार बिरेन्द्र शाहको शब्द रचनामा रहेको राष्ट्रभक्ती गित ‘फर्कि आऊ साईला दाई घरदेशैमा’ बोलको अडियो गित बजारमा सार्वजनिक भएको छ । गायक किशोर बिकको स्वर, आरोह नेपालीको संगित र बिरेन्द्र शाहको शब्द रहेको गित फर्कि आउ साईलादाई घरदेशैमा बिरानो बिरानो भयो गाउँ तिमी परदेशैमा भन्ने गित आरोह नेपाली नामक युटुव च्यानलबाट सार्वजनिक भएको हो । शब्द रचनाकार शाह विद्यार्थी नेता तथा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनी प्रगतिशील गित सहित कवित, गजल, लेखहरु मार्फत राष्ट्रियताको पक्षमा तथा देश र समाजभित्रका अन्याय, अत्याचार र व्यथितीका विरुद्धमा आफ्ना विचारहरु सप्रेसण गर्ने गरेका छन् । देशको अस्थिर समग्र राजनिती व्यवस्था र नेतृत्वको कारण नेपालका लाखौँ युवाहरु विदेशीनु बाध्य भएका युवाहरुको पिडाको यथार्थ र तिनै युवाहरुलाई आफ्नो दे...

काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो

Breaking News, पर्यटन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
११ असोज, काठमाडौं । मंगलबार काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो । अञ्जन विष्टले १८ औं, २७ औं र ३८ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने बंगलादेशले ५७ औं मिनेटमा गोल फर्कायो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीबीचको विवादका कारण पछिल्लो समय नेपाली फुटबलमा समस्या देखिएको थियो । जसका कारण नतिजा पनि राम्रो आउन सकेको थिएन । कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द र मंगलबारका गोलकर्ता अञ्जन विष्टसहितका खेलाडी कुवेतमा सञ्चालन भएको एसियन कप छनोट खेलमा नेपाली टिममा समावेश थिएनन् । मुख्य प्रशिक्षक अल्मुताइरी विदामा रहेका बेला अखिल नेपाल फुटबल संघले प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक बनायो र उनकै प्रशिक्षणमा नेपालले पछिल्लो पाँच महिना तयारी गरेको थियो । त्यसपछि भएको खेलमा नेपाल विजयी हुँदा दशरथ रंगशालामा खुशि...

सामुदायिक रेडियो नलगाड एफएम उद्घाटन

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय समितिका संयोजक काली बहादुर खत्रीले गरेका थिए । २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो नलगाड एफएम कर्णाली प्रदेशकै उच्च प्रसारण क्षमताको रेडियो हो । जनादेश संचार केन्द्रद्धारा संचालित सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति जाजरकोटका संयोजक काली बहादुर खत्री, नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरी, जिल्ला प्रहरी प्रमुख सन्तोष निरौला, नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंह, नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिंह, ...
प्रचण्डले हेरे फिल्म ‘प्रेमगीत ३’, भन्छन्- नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत गर्छ

प्रचण्डले हेरे फिल्म ‘प्रेमगीत ३’, भन्छन्- नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत गर्छ

पर्यटन, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार
 असोज १०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फिल्म ‘प्रेमगीत ३’ हेरेका छन् । आइतबार साँझ चितवनको इन्द्रदेव हलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीसहितको टोलीसँग प्रचण्डले फिल्म हेरेका हुन् । पूरै समय हलमै बसेर फिल्म हेरेका प्रचण्डले बाहिर निस्कँदा सञ्चारकर्मीसँग फिल्मको प्रशंसा गरे । फिल्म हेरिरहँदा आफूलाई बाल्यकालको याद आएको भन्दै उनले नेपालको पर्यटन विकासमा फिल्मले टेवा पुग्ने समेत बताए । ‘मसालेदार’ भन्दै उनले फिल्मको समीक्षा पनि गरे । फिल्म हेरेपछि प्रचण्डको भनाइ : ‘धेरै समयपछि फिल्म हलमा आएर फिल्म हेर्ने अवसर जुट्यो । काठमाडौंबाट आउने बित्तिकै साथीहरुले कुरा गर्नुभयो । विश्वभरि चलेको छ, चर्चित भएको छ भनेपछि हामीले फिल्म भोलि हेर्ने भनेर आज हेरियो । फिल्म हेर्दै गर्दा पहिले-पहिलेको याद पनि आयो...
एमालेका सल्लाहकार गंगाराम यादवले पार्टी छाडे

एमालेका सल्लाहकार गंगाराम यादवले पार्टी छाडे

राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
१० असोज, जनकपुरधाम । नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् । उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । एमालेले धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट छन् ।...
हनुमानढोकाको दशैं घरमा राखियो जमरा

हनुमानढोकाको दशैं घरमा राखियो जमरा

राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार
१० असोज, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईं पनि गरेको थियो । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौं छरिन्छ । आज छरिएको जौंको अंकुरणलाई जमरालाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ । विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी बताउँछन् । उनका अनुसार सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त...