११ श्रावण २०८२, आईतवार

राष्ट्रिय

प्रत्यक्षे तर्फ तेस्रो स्थान हासिल गरेकाे माओवादी केन्द्र समानुपातिकमा पनि हाल सम्मा तेस्रो दल

प्रत्यक्षे तर्फ तेस्रो स्थान हासिल गरेकाे माओवादी केन्द्र समानुपातिकमा पनि हाल सम्मा तेस्रो दल

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
आयोगका अनुसार अहिलेसम्म ९५ लाख ७३ हजार ७५ मत गनिसकिएको छ। निर्वाचन आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्। यसो हुँदा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत अर्थात् ३ लाख २० हजार मतलाई थ्रेसहोल्डको सीमा मानिएको छ। प्रत्यक्षतर्फ १७ सिटका साथ तेस्रो स्थानमा रहेको माओवादी अहिलेसम्म समानुपातिकतर्फ पनि तेश्रै स्थानमा छ। पहिलो स्थानमा एमाले र दोस्रो स्थानमा नेपाली कांग्रेस छन्। चौथो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी छ। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १०:३०  बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो । ११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले...
निकलसको गोलमा स्पेनसँग हारबाट जोगियो जर्मनी, नकआउट पुग्ने सम्भावना कायम

निकलसको गोलमा स्पेनसँग हारबाट जोगियो जर्मनी, नकआउट पुग्ने सम्भावना कायम

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोसेको जर्मनी नकआउट चरणमा पुग्न प्रेरित हुनेछ । पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको थियो । निकलस फ्युलक्रगको गोलमा कतार विश्वकपमा जर्मनी हारबाट जोगिएको छ।अल बायत स्टेडियममा आइतबार भएको खेलमा जर्मनीले स्पेनविरुद्ध पुर्नरागमन गर्दै बराबरी गरेको हो। खेलको ८३ औँ मिनेटमा निकलस फ्युलक्रगको गोलमा जर्मनीले स्पेनसँग एक एक गोलको बराबरी खेलेको हो। बराबरीसँगै समूह चरणमा १ अंक जोडेको जर्मनीको अघिल्लो चरण पुग्ने सम्भावना कायम भएको छ। स्पेन भने ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान ३ अंक भएको जापान दोस्रो र कोस्टारिका तेस्रो स्थानमा छ। पहिलो हाफमा गोलरहित सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो। खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको...
भाईरल भएकाे हिउँ चितुवाको फाेटा (फेक) भयकाे कुरा सार्वजनिक

भाईरल भएकाे हिउँ चितुवाको फाेटा (फेक) भयकाे कुरा सार्वजनिक

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
१० मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ । ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ । अलपाइन इन्टरनेसनल म्यागाजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको एक चर्चित म्यागेजिन हो । फ्याक्ट चेकमा भनिए अनुसार पावलोस्की एक फोटोग्राफर नै हुन या होइनन् भन्नेमा समेत शंका रहेको छ । फ्याक्ट चेकमा उल्लेख गरिएको छ, ‘सामान्यतया हिमाली फोटोग्राफी (माउन्टेन फोटोग्राफी) को संसारमा पनि त्यस्तै हुन्छ । तर भर्खर फोटोखिच्न सुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ त्यस्तो दृश्य भेट्टाउन । र किटीया पवलोस्की हिउँ चितुवा...
जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, समाचार
८ मंसिर जाजरकोट । नेकपा माओवादी केन्द्रका उप महासचिव  शक्ति बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बस्नेत जाजरकोटबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्। बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। बस्नेत ०७० र ०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाटै निर्वाचित भएका थिए। माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।...
प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
७ मंसिर काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनी १२ हजार ४९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी भएका हुन्। आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन्। डडेल्धुराको निर्वाचन अधिकृतको कार्यालले कूल खसेको मत ५१ हजार २०३ मध्ये ३ हजार १८७ मत बदर भएको जनाएको छ। प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आएका छन्।...
गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा

गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
गृहमन्त्री बालकृष्ण खाणलाई दीपक बोहराले कडा टक्कर दिएका छन्। सत्ता गठबन्धनका उम्मेदवार खाणले ३ हजार ४२४ मत पाउँदा दीपक बोहराले ३ हजार ३७१ मत पाएका छन्। राप्रपाका दीपक बोहरालाई एमाले र जसपाले सघाएका छन्।
काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयि ।

काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयि ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् । परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए । २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध...
राेल्पा मा बर्षमान पुन काे अग्रता ।

राेल्पा मा बर्षमान पुन काे अग्रता ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले रोल्पामा अग्रता कायम राखेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा अनन्त नेकपा एमालेका उम्मेदवार भन्दा २ हजार ७ भन्दा बढी मत अन्तरले अगाडि छन् । ७ हजार ६३५ मत गणना हुँदा पुनले ४ हजार ५५७ पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मत पाएका छन् । राप्रपा उम्मेदवार लिला रावलले ३९४, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले १४६ र नेपाल मजदुर किसान पार्टीका नाति भाइ ह्योम्बा १० मत पाएका छन् । प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जोखबहादुर महरा अगाडि छन् । उनले ४ हजार ८५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमल बहादुर बुढाथोकीले १ हजार ३६४ मत पाएका छन् । प्रदेश सभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनविरुद्ध स्वतन्त्र उम्मेद...
ललितपुर ३ मा एमालेकाे अग्रता पम्फा र ताेसिमाकाे प्रतिस्पर्धामा :

ललितपुर ३ मा एमालेकाे अग्रता पम्फा र ताेसिमाकाे प्रतिस्पर्धामा :

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
लतितपुर क्षेत्र नं ३मा  माओवादी केन्द्रकी पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले उछिनेकी छन्। पहिलो स्थानमा नेकपा एमालेका अमृत खड्का छन्। दोस्रो स्थामा कार्की र भुसाल बीच अघिपछि चलिरहेको छ। पछिल्लो मत परिणामा अनुसार एमाले ९ सय ३६ , राष्ट्रिय स्वतन्त्र ८सय ७५ र माओवादी केन्द्र ७ सय ७५ रहेको छ।...
मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता  याेगेश  गाैचन थकाली विजयी

मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता याेगेश गाैचन थकाली विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। तर, निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ। २८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। गौचनले तीन हजार १५६ मत पाउँदा एमालेका तुलाचनले दुई हजार ५२१ मत मात्रै पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवीणकुमार शेरचनले ६६ मत मात्रै पाएका छन्। मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका छन्। उनले एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी पर्यटन व्यवसायीसमेत हुन्। थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति र...