३१ भाद्र २०८१, सोमबार

शिक्षा

दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः डा. भट्टराई

दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः डा. भट्टराई

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
२१ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव नजिकिंदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिंदै गएको टिप्पणी गरेका छन् । विहीबार राति एक ट्वीट गर्दै डा. भट्टराईले लेखेका छन्, ‘चुनाव नजिकिंदै गर्दै नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद छ ।’यसै साता सत्ता राजनीतिबाट टाढा रहने घोषणा गरेका भट्टराईले भनेका छन्, ‘यो अवसरवादको आँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं ।’ बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँडमा सहमति नजुटेपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेसँग वार्ता गर्न गएको सन्दर्भमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु ...
महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।

महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
१८ असोज, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुख...
भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ ।

भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ ।

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
१८ असोज, काठमाडौं । भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ । भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रचण्ड हेलिकोप्टरले स्थल र वायु सेना दुबैको आवश्यकता पूर्ति गर्ने बताएका छन् । उक्त हेलिकोप्टरको भिडियो ट्वीटरमा सेयर गर्दै रक्षामन्त्री सिंहले लेखेका छन्– ‘नाम हो प्रचण्ड ।’ दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् । भारतीय मिडियाहरुका अनुसार यो हेलिकोप्टर बना...
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

Breaking News, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
१७ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुनेछ । कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो । नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउने कार्यालयले जनाएको छ । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।...
काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
१६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार  डेंगुबारे जानकारी लिने र बिरामीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् ।साथै दशैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।...

दशैं मनाउन काठमाडौंबाट गाउँ हिँडेका यात्रु घण्टौं जाममा

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
१५ असोज,  । दशैं मनाउन गाउँ फर्किने यात्रुका कारण शनिबार काठमाडौंबाट धेरै सवारी साधन बाहिरिएका छन् । काठमाडौंबाट बाहिरिने सवारी साधनको संख्या उच्च हुँदा काठमाडौंको प्रमुख नाका पृथ्वी राजमार्ग र बीपी राजमार्गमा जाम बढेको छ । नागढुंगा प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार शनिबार काठमाडौंबाट बाहिरिने गाडी अत्याधिक रहेका छन् । ‘नर्मल दिनमा भन्दा आज चार पाँच गुणा बढी गाडीहरु बाहिरिएका छन्, सडक ठप्प त भएको छैन, तर प्रेसर अत्यधिक छ’ उनले भने । उनका अनुसार शनिबार कार, जिप र मोटरसाइकल पनि अरु दिन भन्दा धेरै बाहिरिएका छन् । सडकमा अवरोध कतै छैन, तर सवारी साधनको संख्या धेरै भएकाले नै जाम भएको प्रहरी निरीक्षक सापकोटा बताउँछन् । ‘सुरुङमार्गमा नजिक सडक त्यति राम्रो छैन, खाल्डाखुल्डी छ, उकालोमा कन्टेनरहरु बिग्रिँदा पनि जाम हुन्छ, त्यसैले दिउँसोको समयमा कन्टेनर रोकेका छ...
अझै टुंगो लागेन जाजरकोटमा सत्ता गठबन्धन काे सिट ।

अझै टुंगो लागेन जाजरकोटमा सत्ता गठबन्धन काे सिट ।

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
जाजरकोट : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सत्ता गठबन्धन काे सिटका लागि अझै टुंगोमा पुगेकाे छैन  ।प्रतिनिधि सभाका लागि माओवादी केन्द्र काे दाबि छ भने , प्रदेश क. र ख. दुबै का लागि नेपाली कांग्रेस काे दाबि रहेकाे एक नेताले बताय ।
जाजरकोट मा मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना ।

जाजरकोट मा मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना ।

Breaking News, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
असाेज १५ , सनिवार , कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्ला अदालतमा  आगामी मंसिर ४ मा हुने संघ र प्रदेश चुनावका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलय स्थापना भयकाे हाे । प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने लगायत जिल्ला का कार्यलय प्रमुखहरुकाे सहभागितामा  उक्त कार्यालयकाे स्थापना भयकाे जाजरकोट बाट कर्ण शाहिले बताउनु भयाे ।...
दशै मनाउन बिपन्न परिवारलाई खाद्यान्न बितरण ।

दशै मनाउन बिपन्न परिवारलाई खाद्यान्न बितरण ।

Breaking News, कृषि, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट , असाेज १५ , नलगाड नगरपालिका जाजरकोट ले   अति बिपन्न ५० घर परिवारलाई दशै मनाउनका लागि एक बाेरा चामल , १ लिटर तेल र २ किलाे दाल बितरण गरेकाे छ ।

विवेकशील साझाले त्याग्यो संघीयता खारेजीको एजेण्डा

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१४ असोज, काठमाडौं । विवेकशील साझा पार्टीले मार्ग परिर्वतनको प्रस्ताव खारेज गरेको छ । शुक्रबार बसेको पार्टी बैठकले यो प्रस्ताव खारेज गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए । १३ साउन २०७९ मा तत्कालीन पार्टी संयोजक रवीन्द्र मिश्रले विचारभन्दा माथि देश नामक मार्ग परिर्वतनको प्रस्ताव ल्याएका थिए । त्यो प्रस्तावमा संघीयता खारेज, धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने उल्लेख थियो । सुरुमा मिश्रले बहसका लागि भन्दा यो प्रस्ताव ल्याएका थिए । तर मिलन पाण्डे पक्षले विरोध गरेपछि पार्टीमा बहुमतका आधारमा यसलाई अनुमोदन गराइएको थियो । मिश्र राप्रपातिर लागेपछि विवेकशील साझाले भने मार्ग परिर्वतनको प्रस्ताव नै खारेज गरेको छ । यससँगै मिलन पाण्डेसहित पार्टी बाहिर रहेको समूहसँग एकता गर्ने बाटो खुलेको एक नेताले बताए । यसका लागि बिहीबारदेखि नै छलफल सुरु भएको उनले सुनाए ।  ...