२३ भाद्र २०८१, आईतवार

नेकपा बहुमतद्वारा लघुवित्त , कम्पनीहरुमा तालाबन्दी र कालाे ब्यानर

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)काे केन्द्रीय कार्यक्रम अनुसार विभिन्न जिल्लाहरूमा संचालनमा रहेका लघुबित्त , कम्पनी हरुलाई , कालाे ब्यानर , तालाबन्दी गरि कार्वाही अगाडि बढायकाे हाे ।
जिल्ला सङ्गठन समिति दोलखाले  चरीकोटस्थित एनआईसी एसिया लघुवित्तमा तालाबन्दी गरेको छ ।चरीकोटस्थित भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारी ५ धारामा रहेको एनआईसी एसिया लघुवित्त कार्यालयका कर्मचारीलाई बाहिर निकाली तालाबन्दी गरिएको नेकपा (बहुमत) दोलखाले जनाएको छ ।
तेसै गरि काभ्रेपलाञ्चोकले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भकुन्डेबेसीमा तालाबन्दी गरेको छ । पार्टी जिल्ला संयोजक कृष्ण सेवा ‘किरण’ को नेतृत्वमा लघुवित्तमा बुधबार तालाबन्दी गरिएको नेकपा (बहुमत) काभ्रेले जनाएको छ ।
विगत लामो समयदेखि उक्त वित्तीय संस्थाले गरिब जनतामाथि अन्याय, अत्याचार, शोषण र गुन्डागर्दी शैलीमा जनताको सम्पत्ति हडप्ने कार्य गर्दै आएको जनगुनासो बढेको र पार्टीमा उजुरीसमेत परेपछि लघुवित्तमा तालाबन्दी गरिएको जानकारी नेकपा (बहुमत) काभ्रेले जनाएको छ ।

पाल्पाको माथागढी गाउँपालिकास्थित झडेवामा रहेको आरम्भ चौतारी लघुवित्त संस्थामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को न्याय विभागले तालाबन्दी गरेको छ । नेकपा (बहुमत) केन्द्रीय समितिको निर्णयअनुसार लुम्बिनी ब्युरोले ब्युरो मातहतका जिल्लाका जनतामारा लघुवित्तमा तालाबन्दी गर्ने क्रममा पाल्पाको आरम्भ लघुवित्तमा तालाबन्दी गरिएको पाल्पाकाे पार्टी संगठनले  जनाएको छ ।
पार्टीले ‘आरम्भ चौतारी लघुवित्त संस्थामा तालाबन्दी किन ?’ शीर्षकमा ब्यानर पनि टाँसेको छ । उक्त ब्यानरमा १. दलित, गरिब, उत्पीडित महिला दिदीबहिनीहरूसित चर्को मिटरब्याज र अनावश्यक हर्जना असुल गरेकाले । २. समूहका महिला दिदीबहिनीहरूलाई मानसिक यातना दिई आत्महत्याका लागि दुरुत्साहन गरेकाले । ३. महिला दिदीबहिनीलाई गालीबेइज्जती र अभद्र व्यवहार गरेकाले । ४. समूहका महिला दिदीबहिनीहरूको भौतिक सामान लुटपाट गर्नेलगायत आतङ्क मच्चाएकाले तालाबन्दी गरिएको उल्लेख छ ।
नेकपा (बहुमत) पाल्पाले जनताको सम्पत्ति फिर्ता गर्न, पीडितहरूको ऋण मिनाहा गरी लघुवित्तीय संस्था नै खारेज गर्न मागसमेत गरेको छ ।
दलित,गरिबी,उत्पिडित महिला दिदीबहिनीहरु सित चर्को ब्याज लिईएकाे र अनावश्यक हर्जना असुल गरेको,समुहका महिला दिदीबहिनीहरुलाई मानसिक यातना दिई आत्महत्या दुरुत्साहान गर्न बाध्य पारेको,महिला दिदीबहिनीहरुलाई गालि व्यईज्यत र अभद्र व्यवहार गरेको,समुहका महिला दिदीबहिनीहरुको भौतिक समान लुटपाट गरि आतङ्क मच्याएको भन्दै जनताको सम्पत्ति फिर्ता गर्न,पिडितहरुकाे श्रृण मिनाहा गरि लघुवित्तिय संस्था खारेज गर्न माग गर्दै  नेपाल कम्युनिष्ट पार्टी(बहुमत) कर्णाली प्रदेश ब्युरोले कालिका लघुबित्तिय संस्था,विरेन्द्रनगर सुर्खेतमा तालाबन्दी गरेको छ ।

यसै क्रममा पार्टीको पूर्वी ब्युरोअन्तर्गत उदयपुरले जनताको सहभागितामा उदयपुरको सदरमुकाम गाईघाटस्थित मोतीगडामा रहेको नयाँ सारथि नेपालनामक लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरिएको जनाएको छ । तालाबन्दीपछि पार्टीका नेता, कार्यकर्ता र लघुवित्तपीडित जनताले लघुवित्तविरोधी नारा लगाएका थिए ।
पार्टीले दिएको जानकारीअनुसार जनतामारा लघुवित्तको कार्यालयमा कालो ब्यानर पनि टाँगिएको छ ।,दलाली अर्ततन्त्रले जन्तालाइ झन गरिव बनाउने अभियान लघुबित्त सहकारि र कम्पनीहरुले  भुमिका खेलिरहेकोले गरिवहरु लाई झन टाटपल्टाउने ,चर्काे ब्याज असुल्ने , जस्ता क्रियाकलाप गरिरहेकाले  कार्वाही अगाडि बढाईयकाे नेकपा बहुमतका यक नेताले बताय ।