२३ भाद्र २०८१, आईतवार

दुई कम्युनिस्ट पार्टी बिच संयुक्त पत्रकार सम्मेलन

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी सुशील  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी  बिच आज काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा  संयुक्त पत्रकार सम्मेलन गरि  निकट भबिस्यमै पार्टी एकता घाेषणा गर्ने बताए  ।

कार्यक्रममा बाेलदै विप्लवले भने विघटनको उत्कर्षमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलन अब संघठनको प्रक्रियामा जान लागेको ,२०६२/६३साल वरिपरिबाट नेपालको कम्युनिस्ट आन्दोलनमा विघटन , विचलन , रास्ट्रघात र फुटको उत्कर्षमा गएको थियो ।अब कम्युनिस्ट आन्दोलनलाई धुर्वीकरण र एकताको दिशामा संगठित गर्ने प्रयास थालनी गरेका छौँ ।

आफुहरुले नेपालका सबै कम्युनिस्टहरुलाई एकतावद्द गर्न खोजेको र त्यसको वस्तुगत आवश्यकता रहेको प्रसङ्ग कोट्याउदै- विश्व बिकासको नयाँ युग र चरणमा प्रवेश गरेको बेला नेपालका दलालहरु अतिकम विकसित देशको अध्यक्ष हुनका लागि लडाइँ गर्दैछन। यो स्थितिबाट देशलाई मुक्त गर्न कम्युनिस्ट पार्टी र आन्दोलनलाई एकतावद्द गर्न जरुरी रहेको बताए।नेपालका कम्युनिस्ट पार्टीहरुको दलालीकरणको स्थित र त्यसको समाधानको सन्दर्भमा -माओवादी सरकारमा हुँदा एमालेले माओवादीलाई बिदेशीको गोटी बन्यो भन्छ, एमाले सरकारमा हुँदा माओवादीले एमालेलाई बिदेशीको गोटी भयो भन्छ,यो उनिहरुको रहर होइन दलाल उत्पादन सम्बन्धले पैदा गरेको उनीहरुको नियति हो ।यस्तो वर्षौ देखि किन भयो? मुल्यांकन गरौ ,माओवादी र एमाले भित्रका नयाँ पुस्ताले अब यसको लेखाजोखा गर्नुपर्छ त्यसका लागि हामी दुई पार्टी बिचको एकता प्रक्रिया एउटा थालनी हुनेछ।बैशाख ९ गते अर्थात लेनिनजयन्तीको सन्दर्भमा दुई पार्टी बिच  एकताप्रकृयालाई पुर्णता दिने बताय ।

उनले भने-“यो एकता भनेको दलाल पुजीवाद, भुमण्डलीकृत साम्राज्यवाद ,भारतीय साम्राज्यवाद र संसदीय गोलचक्करबाट देशलाई मुक्त गर्न तथा नेपालका कम्युनिस्ट देशप्रेमीहरुलाई गोलवन्द गर्नका लागि  थालिएको एकता हो ।
यो एकता औपचारिक रूपमा आजको कार्यक्रमबाट भएको जस्तो भएको देखिए पनि यसका पछाडि साझा जिम्मेवारी , सुझाव , आवश्यकता र उदेश्यले प्रेरित गरेको छ।”

कर्णजीत बुढाथोकी शुसिलले नेपाली क्रान्तिको नेतृत्व गर्ने जिम्मा अब विप्लवको काँधमा आएको बताए । “हामी उहाँको साथमा छौँ ,यो के पी ओली र प्रचण्डको जस्तो एकता होइन ,हाम्रो बर्ग, आन्दोलन र देशको आबश्यकता पुरा गर्न एकताको घोषणा गरेका हौं ,हामी क्रान्तिकारी आन्दोलनका अन्य शक्ति , व्यक्ति र पात्रहरुलाई एकता गरेर एकपटक दलाल पुजीवाद विरुद्ध अन्तिम लडाइँ लड्न हामीलाई एकीकृत शक्तिको खाँचो छ”।
उनले भने-“जव रास्ट्रमा संकट पर्छ तब राष्ट्रिय  एकताको आवश्यकता पर्छ,जव बर्गिय संकट पैदा हुन्छ तब बर्गिय एकताको आबश्यकता पर्छ,जव माओवादी आन्दोलनमा संकट पर्छ तब हामी माओवादीलाई एकता गर्न चाहन्छौं ।

एकता सम्बन्धि पत्रकार सम्मेलनमा परिपत्र प्रस्तुत गर्दै नेकपा प्रवक्ता प्रकाण्डले भने नेपालका क्रान्तिकारी कम्युनिस्टलाई सिध्याउन देशी- बिदेशी दलालहरु सक्रिय रहेको र त्यसलाई चिर्न र त्यसबिरुद्ध संघर्ष गर्नु नेपालका क्रान्तिकारी कम्युनिस्टका लागि अहम् बिषय भएको बताए ।
जनताको पार्टी र जनताको नेताले आफुलाई ठिक ढंगले नसोच्दा देश र जनतालाई ठूलो मार परेको बताए ।
महान र इतिहासका निर्माता जनता नै भएको उल्लेख गर्दै देश र जनताको पार्टी र नेता बन्न नसक्दा ठूल-ठूला आन्दोलन र जनसंघर्ष हुँदा समेत पूर्णउपल्धि हासिल हुन् नसकेको भन्दै जनता पुन : संघर्षमा उत्रन बाध्य भएको बताए । नेपालका क्रान्तिकारी कम्युनिस्टलगायत तमाम प्रगतिशील र लोकतन्त्रवादीहरुलाई समेत समेटेर क्रान्ति सम्पन्न गर्नु ऐतिहासिक आवश्यकता छ”।

विप्लवको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष रंगनाथ ढकालले मन्तव्यद्वारा स्वागत गरेका थिए , नेकपा स्थायी समिति सदस्यहरु शिलु ,भरत केन्द्रिय सल्लाहकार दीर्घ लगाएत नेताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन नेकपा स्थायी समिति सदस्य अनिल शर्माले गरेका थिए।