५ आश्विन २०८१, शनिबार

राजनीति

माओवादी धारकाे पत्रकार सम्मेलन, तीन दलद्वारा बहिष्कार

माओवादी धारकाे पत्रकार सम्मेलन, तीन दलद्वारा बहिष्कार

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौ ।माओवादी धार संयुक्त पत्रकार सम्मेलनमा नौ दल सहभागी हुने भनिएपनि अन्तिममा ६ दल मात्रै सहभागी भएका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी नभएपनि महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव देवेन्द्र पौडेल लगायत दोस्रो र तेस्रो तहका नेताहरु सहभागी भए । अरु पाँच दलका शीर्ष नेताहरु नै सहभागी भएपनि प्रधानमन्त्री प्रचण्ड र तीन दल सहभागी नभएपछि संयुक्त पत्रकार सम्मेलनको ओज हुन सकेन । पत्रकार सम्मेलन भनिएपनि अन्तिममा ६ दलद्वारा हस्ताक्षर गरिएको अपिल सार्वजनिक गरेर प्रश्न उत्तर समेत गरिएन । माओवादी धारका ६ दलका नेताहरुले बोलेर संयुक्त पत्रकार सम्मेलन सकियो । संयुक्त पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, नेकपा महासचिव विप्लव, वैज्ञानिक समाजवादीका संयोजक आहुति, नेपाल समाजवादीका नेता हिसिला यामी, नेकपा माओवादी समाजवादीका अध्यक...
उपराष्ट्रपतिका लागि चार जनाकाे उम्मेदवारी दर्ता

उपराष्ट्रपतिका लागि चार जनाकाे उम्मेदवारी दर्ता

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी परेको छ । एमालेका तर्फबाट उपराष्ट्रपतिको लागी अष्टलक्ष्मी साक्य,जनता समाजवादिका तर्फबाट रामसाय यादव र प्रमिला कुमारी यादव यस्तै जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ । प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् । समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् । त्यस्तै रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्ने...
सिता दाहाल जनयुद्धको खम्बा हुनुको साथै राष्ट्रिय आमा

सिता दाहाल जनयुद्धको खम्बा हुनुको साथै राष्ट्रिय आमा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
यथार्थमा सीता दाहालको जीवन एक तिलस्मी नाटक जस्तो मान्न पनि सकिन्छ । उहांले लामो अन्तर्वार्तामा व्यक्त गरेका धारणा र उहांका जीवनलाई नियाल्दा एक सामान्य मध्यम किसान परिवारकी छोरी अर्को गरिब किसान परिवारको केटासँग विवाह बन्धनमा बाँधिएपछिका एकपछि अर्को घटनाक्रमहरु आफैंमा तिलस्मी लाग्नेखालका छन् । तत्कालीन कास्की जिल्लाका ढिकुरपोखरी गाविसकै दुई परिवारका बीचमा मध्य तराईको चितवनमा झरेपछि पारिवारिक नाता गाँसिन्छ । पढेलेखेको केटोसंगको विवाह सुखद होला भनेको झण्डै लावारिस जस्तो बन्न पुग्दछ सीता दाहालको जीवन । आफूभन्दा ६ महिना कान्छो केटो पुष्पकमल दाहालले कक्षा १० मा पढ्दै गर्दा सीता पौडेल दाहल परिवारमा बुहारी बन्न पुग्छिन् । संयोगले कास्कीबाट दाहाल परिवार र पौडेल परिवार एकै साल चितवन झरेका थिए । सीताका लागि टाँठो र पढे लेखेको केटा खोज्ने क्रममा उनका मामाले पुष्पकमललाई फेला पारे । पुष्पकमलको ...
चिहानघारीको राजतन्त्र र गणतन्त्र नायक प्रचण्ड

चिहानघारीको राजतन्त्र र गणतन्त्र नायक प्रचण्ड

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
देशमा फेरि एकपटक दुई राजनीतिक प्रणाली गणतन्त्र र राजतन्त्रबारेको बहश सतहमा मुखरित भएको छ । गणतन्त्रको मूल पहलकर्ता र नेतृत्वकर्ता प्रधानमन्त्री प्रचण्डमाथि तथाकथित कानूनी बहानामा प्रहार गरिएपछि यो मुद्दा झन् पेचिलो बनेको छ । क्रान्ति र प्रतिक्रान्ति आमने सामने भएको छ । क्रान्ति र प्रतिक्रान्तिको वीचमा मौनता वा दोलायमान चरित्र निकै घातक हुने भएकोले म बोल्दैछु ताकी सय थुकि नदी बनोस् ।अब दुई प्रणालीको बारेमा एकछिन छलफल गराैँ । १. ऐतिहासिक दृष्टिले राजतन्त्र दासयुग पछिको व्यवस्था थियो भने गणतन्त्र राजतन्त्र पछिको । यी दुई प्रणाली एक अर्कामा सहकार्य गरेर होइन एकले अर्कालाई निषेध गरेर अस्तित्वमा रहेका हुन् । आजसम्म संसारको कुनै पनि देशमा राजतन्त्र र गणतन्त्रसँगै सहकार्य गरेको अपवाद पनि छैन । यदी त्यस्तो सहकार्य भएको भए तातो बरफ हुने थियो । या त राजतन्त्रले गणतन्त्रको बाटो अबरुद्ध गर्यो या त ग...
चार कम्युनिस्ट पार्टीद्वारा समाजवादी देशभक्त माेर्चा घाेषणा

चार कम्युनिस्ट पार्टीद्वारा समाजवादी देशभक्त माेर्चा घाेषणा

राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं –चार कम्युनिस्ट पार्टी : नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टी ,बिश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल, ऋषिराम कट्टेल नेतृत्वको नेकपा, र कर्णजित बुढा शुसिलनेतृत्वको नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गरेका छन। उनीहरुले शुक्रबार राजधानी काठमाडौं एक कार्यक्रम गरि संयुक्त मोर्चालाई ‘समाजवादी देशभक्त मोर्चा’ को नाम दिएका छन् । चार क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त मोर्चालाई साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणबाट देशलाई मुक्त पार्ने र नेपालमा दलाल पुंजीवादी सत्ता एवम् दलाल संसदीय व्यवस्थाको समुल नष्ट गरी नेपाली शोषित वर्ग र उत्पीडित समुदायको राज्यव्यवस्था स्थापना गर्ने जनक्रान्तिको हतियार बनाउने उल्लेख गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले मोर्चाले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको विरुद्धमा स्वा...
माओवादी आन्दोलनलाई धरासायी पार्न प्रचण्डमाथि मुद्दा लगाईएका हाे : कन्चन

माओवादी आन्दोलनलाई धरासायी पार्न प्रचण्डमाथि मुद्दा लगाईएका हाे : कन्चन

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौँ ।  नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कन्चनले गणतन्त्र नेपाल र पुरै माओवादी आन्दोलनलाई धरासायी पार्ने योजना अनुरुप प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा लगाइएको बताएका छन् । बिहीबार राजधानीको संवाद डबलीमा पार्टीको केन्द्रीय प्रचार- प्रसार तथा प्रकाशन ब्युरोले आयोजना गरेकाे जनवादी क्रान्तिका अभियान्ता तथा  प्रकाशन ब्युराे का सदस्य राेहित र मानव प्रकृति संरक्षणकी अभियान्ता शारदा बिच प्रगतिशील वैवाहिक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन । संयोजक कन्चनले  प्रचण्डमाथिको मुद्दा राजनीतिक भएको तर त्यसलाई व्यक्तिगत बनाई कानुनीरुपमा अगाडि ल्याएर पुरै माओवादी आन्दोलनलाई सखाप पार्ने कदमको विकास गर्न खोजेको आरोप लगाए । यस विषयमा सबै एकजुट भएर मुकाविला गर्नुपर्नेमा जोड दिए । माओवादी आन्दोलन निरन्तर प्रगतिको बाटोमा लम्किरहेकाे ले  त्यसलाई जसरी पनि रोक्नु प्रतिक्रियावादीहरुको ल...
गणतन्त्र नेपालका तेस्रो राष्टपतिमा : रामचन्द्र पाैडेल

गणतन्त्र नेपालका तेस्रो राष्टपतिमा : रामचन्द्र पाैडेल

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालीको तेस्रो  राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलले ३२ हजार ८०२ मतभार पाएर बिजयी भयका छन  । आफ्नै उम्मेदवार उठाएको नेकपा एमाले, तटस्थ बसेका राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेक सबै दलले पौडेललाई मत दिएका छन् । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ७ दलका नेताहरु पौडेलेको समर्थक ,प्रस्तावक बसेका थिए । अन्तिम समयमा प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि पौडेललाई नै मत दिएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्र पतिका  उम्मेदवार सुवासचन्द्र नेम्वाङले भने आफ्नो दलको मात्र १५ हजार ५१८ मत मात्रै पाएर पराजित भयका छन ।प्रतिनिधि सभाको ४ मंसिरको चुनावपछि नयाँ सरकारको गृहकार्यमा लाग्दा एमालेले राप्रपा र रास्वपाका नेताहरुको साथ पाएको थियो। यस चुनावमा एमालेका महोत्तरी...
राष्ट्रिय यूवा संघ जाजरकोटको अध्यक्षमा मेरो उम्मेदवारी रहन्छ : अशाेक बहादुर सिंह

राष्ट्रिय यूवा संघ जाजरकोटको अध्यक्षमा मेरो उम्मेदवारी रहन्छ : अशाेक बहादुर सिंह

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट । नेकपा एमाले निकट यूवा संगठन राष्ट्रिय यूवा संघ जाजरकोटको अध्यक्षमा कुशे गाउपालिकाका  यूवा नेता अशाेक बहादुर  सिंहले दावी गर्ने बताएका छन् । तुफान न्युज डटकम सँगको कुराकानीमा सिंहले आगामी चैत्र ४,५र ६ गते खलंगामा हुने अधिवेशनमा राष्ट्रिय यूवा संघ जाजरकोटको अध्यक्षमा आफ्नो दावी रहने बताएका हुन । २०६३ सालमा ९ कक्षामा पढ्दै गर्दा  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू मान्ने ढुङ्गा माद्यामिक विद्यालय ईकाइ कमिटी बाट राजनीतिक यात्रा सुरु गरेका सिंह पछिल्लो समय यूवाहरुमा निकै लोकप्रिय मानिन्छन् । यूवा साथीहरुले यसपटक न्याय गर्ने र राष्ट्रिय यूवा संघको अध्यक्ष आफुलाई बनाउने विश्वास दिएको उनले  बताए । उनकाे  बाल्यकाल / पृष्ठभूमि  जन्म २०४७/०४/२९ गतेका दिन कुशे गाउपालिका २ , साविक  टालेगाउँ गाविमा झारगाउमा  आमा कल्धरा सिहं र बुवा वीर बहादुर सिहंकाे साईलाे छाेराकाे रूपमा जन्...
कति मज्जाले भन्दिनछन् मान्छे हरु

कति मज्जाले भन्दिनछन् मान्छे हरु

कविता, राजनीति, राष्ट्रिय, विचार, समाचार
कति मज्जाले भनिदिन्छन मान्छेहरु ....! प्रचण्डलाई जेल कोच्नु पर्छ ! माओवादीहरु आतंककारी हुन !! कानुन सबैको बराबर लाग्छ ! हो सहि भन्दै हुनुहुन्छ तपाइहरु " प्रचण्डलाई थुन्नु पर्छ । प्रचण्ड मात्र किन ? बाबुराम , बैद्य ,बिप्लव र धर्मेन्द्रहरु ,, महरा, प्रकाण्ड ,बादल ,जनार्दन र सुदर्शनहरु अझ आफ्नै व्यवसाय गरिरहेका जनयुद्धका चर्चित कमान्डर लोकेन्द्र बिष्टहरुलाइ पनि नछोडौ। मिल्छ भने मसानघाटबाट फर्काउ र पोष्ट बोगटिलाइ पनि थुँनौ। नछोडौ ती जनयुद्धमाप्राण त्यागेका दिल बहादुर रम्तेल, मन बहादुर रावल , कृष्णसेन इच्छुक जित , वासु र चुनु गुरुङहरुलाई तिनिहरुलाइ पनि नछोडौ सहिद परिवारलाइ पनि आतंककारी जन्माएको आरोपमा जेल कोचौ ! लडाइको क्रममा घाइते भएर जीवन मरण को दोसाधमा अल्झेका हरुलाई ह्विलचियरबाटै उठाउ र कारागार चलान गरिदिउ जनयुद्धमा सहभागी भएका सबै पुर्वजनमुक्ती सेनाहरु माओवादिका...
प्रधानमन्त्री प्रचण्डलाई  सर्बोच्चमा भयकाे रिट बारे बारकाे असन्तुष्टि

प्रधानमन्त्री प्रचण्डलाई सर्बोच्चमा भयकाे रिट बारे बारकाे असन्तुष्टि

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
 काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएकाेमा असन्तुष्टि जनाएको छ । मंगलबार बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा संक्रमणकाली न्यायसम्बन्धी विवाद निरुपणका लागि संविधान अनुसार गठन भएका आयोग र न्यायिक निकायले आआफ्नो दायित्व निर्वाह गरी काम गर्ने भन्दै ती निकाय प्रभावित हुने गरी गतिविधि नगर्न आह्वान गरिएको छ । शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने उद्देश्यले सत्य निरुपाण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन भई उनीहरुले आफ्नो क्षेत्राधिकार अन्तर्गतको काम गरिरहेको पनि बारले जनाएको छ । शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरु नै जिम्मेवार हुन जरुरी छ’ विज्ञप्तिमा भनिएक...