११ श्रावण २०८१, शनिबार

माओवादी केन्द्र ले तीन महिने “जन्तासंग माओवादी”अभियान संचालन गर्ने

काठमाडौं ।माओवादी केन्द्रले तीन महिने “जन्ता संग माओवादी” अभियान संचालन गर्ने भयकाे छ ।जसका  लागि संयोजकहरु तोकेका छ ।
गत साउन १७ गते देखि प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अभियानका लागि संयोजकहरु ताेकियकाे हाे ।

जसअनुसार कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य छन् ।
सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका छन् ।

आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने बताए ।

‘गत २ महिना अभियान परिणामको आशा गरेर होइन, पठाइदिउन त भनेर हो’ उनले भने, अब ३ महिना त्यस्तो होइन । म आफैं ७ प्रदेशको ७ वटा वडामा जान्छु, सबैजाने हो ।’

६ हजार ७४३ वटै वडामा कमिटी बनाउने र नेताहरुको कार्यक्षेत्र हेरफेर गर्ने समेत उनले बताए ।
४ दिन सम्मा जारी बैंठकमा केन्द्रीय समिति सदस्य, वैकल्पिक सदस्य, केन्द्रीय आयोग र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन् ।

यसै बैठकबाट माओवादी ले २२ जना केन्द्रीय सदस्य थपेर महिलाको संख्या ३३ प्रतिशत पुर्‍याएको छ । अहिले सम्म भयका  बैंठकहरु मध्ये चार वटा बैठंक बिशेष महत्त्वपूर्ण भयका जसअनुसार युद्धकालमा भयका दुईवटा , शान्ति प्रक्रिया पछिका  चुनवाङ  र  अहिलेकाे याे बैंठक  विशेष महत्त्वका साथ हेेरियकाे  एक केन्द्रीय सदस्यले बताय ।