२३ भाद्र २०८१, आईतवार

अखिल (क्रान्तिकारी) मकवानपुर जिल्लाको भेला प्रशिक्षण सम्पन्न

मकवानपुर ।अखिल(क्रान्तिकारी) मकवानपुर जिल्लाकाे एकता भेला तथा प्रशिक्षण कार्यक्रम हेटौँडामा सम्पन्न भएकाे छ।

शुक्रबार सम्पन्न भेला मकवानपुर जिल्लाकी संयाेजक सन्ध्या देवकाेटाकाे अध्यक्षतामा भइकाे थियाे, कार्यक्रममा अखिल(क्रान्तिकारी)की केन्द्रिय सह-संयाेजक तथा वागमती प्रदेश इन्चार्ज शिलु न्याैपानेकाे प्रमुख आतिथ्यता र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल मकवानपुर जिल्ला इन्चार्ज गगनकाे विशेष आतिथ्यता तथा, अखिल(क्रान्तिकारी)का वागमती प्रदेश संयाेजक उषा किरण “आजाद”, मकवानपुर जिल्ला कार्यलय सदस्य शक्ति , जवस फ्याक्सन इन्चार्ज प्रल्हाद गाैतम,अखिल(क्रान्तिकारी) उपत्यका पश्चिम कमान्डर सह-संयोजक विकल्प खत्रि लगायत अन्य जिल्लाका नेताहरुकाे समेत उपस्थितमा उक्त जिल्लाकाे भेला तथा प्रशिक्षण सम्पन्न भएकाे हाे ।

भेलाले सन्ध्या देवकाेटाकाे संयाेजक र प्रशान्त दाहाल सह-संयाेजक सहित २१ सदस्य जिल्ला सम्मेलन आयाेजक समिति चयन गरेकाे छ।  “शैक्षिक माफियाहरु विरुद्ध शसक्त आन्दाेलन” गर्दै शिक्षा अनिवार्य,निशुल्क र सर्वसुलभ वनाउन अखिल(क्रान्तिकारी) मकवानपुर जिल्ला संगठन समिति निरन्तर लाग्ने र मकवानपुर जिल्लालाई अखिल(क्रान्तिकारी)काे लाल किल्ला बनाउन सवै अखिल(क्रान्तिकारी)का संगठित शक्ति लाग्ने निर्णय सहित भेला तथा प्रशिक्षण सम्पन्न भएकाे हाे। कार्यक्रमकाे संचालन मकवानपुर जिल्ला सह-संयाेजक प्रशान्त दाहालले गरेका थिय।