२३ भाद्र २०८१, आईतवार

आन्दोलन हुन्छ, क्रान्ति हुन्छ , सत्ता ल्यायरै छाेड्छाै : माेहन वैद्य (किरण)

काठमाडौं ।२९ औं विश्व आदिवासी दिवसको अवसरमा बुधबार अखिल नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति संघर्ष गर्दै आएको बताय, । आदिवासी जनजाति, मधेसी, महिला, दलित मुस्लिम, थारु, मजदुर, किसान लगायत सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति संघर्ष गर्ने पार्टी नै क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको स्पष्ट पारेका थिय ।

वैद्यले भने, “आन्दोलन हुन्छ, क्रान्ति हुन्छ, सत्ता ल्याएरै छाडिन्छ ।” “यो कथित संविधानलाई वास्तविक जनताहरु मजदुर किसान, आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, थारु कसैले पनि स्वीकारेको छैन । सम्पूर्ण उत्पीडित आदिवासी जनजातिहरुसँग एकताबद्ध भएर संघर्ष अगाडि बढाइन्छ । अब जनगणतन्त्र स्थापना नभएसम्म राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान हुँदैन । अर्को क्रान्तिको तयारी गर्नुपर्छ ।”

प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कार्यक्रममा आदिवासी जनजाति नेताहरुले व्यक्त गरेको विचार, प्रस्तुत गरिएका झाँकी, गीत नृत्यहरुप्रति खुशी समेत व्यक्त गरे ।

सोही समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य रामसिंह श्रीसले नेपालको जातीय समस्या वर्गीय समस्याको विस्तारित रुप भएको विश्लेषण गर्दै नेपालमा सर्वहारावर्गको राज्यसत्ता स्थापना नभएसम्म यहाँका आदिवासी जनजातिहरुको वास्तविक मुक्ति सम्भव नरहेको विचार व्यक्त गरेका थिय । रुस र चीनमा सर्वहारावर्गको राज्यसत्ता स्थापना भएपछि त्यहाँका आदिवासी जनजातिले आफ्नो वास्तविक मुक्तिको अनुभूति गर्न पाएको चर्चा गर्दै उनले नेपालका आदिवासी जनजातिहरुले आफ्नो मुक्तिका निम्ति जातीय मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर लैजानुपर्ने बताय ।

उनले आदिवासी जनजाति आन्दोलनलाई मजदुर र किसान आन्दोलनसँग एकाकार गरेर अगाडि बढाए मात्र यो आन्दोलनले सही गन्तव्य हासिल गर्न सक्ने पनि बताउनु भयो । उहाँले सम्पूर्ण उत्पीडित आदिवासी जनजातिहरुको आन्दोलनलाई पनि नेपालमा नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी आन्दोलन, संघर्ष वा क्रान्तिसँग जोडेर अगाडि बढाउनु पर्ने र सर्वहारावर्गको राज्यसत्ताको स्थापनाको दिशातर्फ अगाडि बढाउनु पर्ने विचार व्यक्त गरे ।
सोही कार्यक्रमलाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष तथा आदिवासी जनजाति आन्दोलनका अग्रज सिताराम तामाङले बरालिएको आदिवासी जनजाति आन्दोलनलाई एक ठाउँमा ल्याएर सहि दिशा प्रदान गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसम्बद्ध अखिल नेपाल आदिवासी जनजाति महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता रहेकाे बताय ।

कार्यक्रमलाई जनजाति आन्दोनलका नेता गोपाल किराती, अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय सहसंयोजक शारदा महत आदिले पनि सम्बोधन गरेका थियो ।
अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहको सञ्चालन फुर्नाम्गेल मोक्तानले गर्नुभएको थियो । समारोहमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध जवस मोर्चाका नेताहरुको समेत आतिथ्यता रहेको थियो ।
जमलस्थित राष्ट्रिय नाँचघरमा भएको कार्यक्रममा विभिन्न जातीय पहिचान झल्कने झाँकी, गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । पानसमा बत्ति बालेर कार्यक्रमको प्रमुख अतिथि मोहन वैद्य किरणले उद्घाटन गरेकाे कार्यक्रमलाई पदम लिम्बूले स्वागत गरेका थिय।

कार्यक्रमका महत्त्वपूर्ण फाेटाहरु : फाेटाे पत्रकार जय दाहाल