५ आश्विन २०८१, शनिबार

राजनीति

जाजरकोटमा सहिद परिवारलाई सम्मान कार्यक्रम सम्पन्न

जाजरकोटमा सहिद परिवारलाई सम्मान कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
जाजरकोट।धर्मेन्द्र बास्ताेला,कन्चन  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) जाजरकोटले सहिद सप्ताह काे अबशरमा सहिद परिवारलाई सम्मान गरेकाे छ ।फागुन २० गते सनिवार नेकपा ( बहुमत ) नलगाड नगर इन्चार्ज  दिनेश काे सभाअध्यक्षतामा जिल्ला संयाेजक  हिमाल काे प्रमुख आथित्यतामा नलगाड नगरपालिका ५ सिर्केमा उक्त कार्यक्रम सम्पन्न भयकाे हाे । कार्यक्रममा प्रमुख अतिथि संयोजक हिमालले  सहिद परिवारलाई विशेष सम्मान गर्दै सहिदको सपना माथि कुठाराघात गर्ने अधिकार काेहि कसैलाई नभयकाे  र क्रान्तिकारी पार्टिका नेता र कार्यक्रताहरुले  नेपाली कम्युनिस्ट आन्दोलन र सहिदकाे रगतकाे आहलमा बसेर जसरि सहिद लाई भर्याङ बनायर महलमा पुगेर सहिदकाे सपना चकनाचुर पार्ने गद्दार हरुकाे बिरुद्ध पार्टी जिल्लामा ससक्त रहने साथै सहिदका सपना पूरा गर्ने बाटाेमा पार्टी लागिरहेकाे र श्रवहारा वर्गकाे अग्रदस्ता भयर अघि बढेकाे बताउनु भयाे । ...
पाल्पामा नेकपा बहुमतद्वारा सहिद सप्ताह कार्यक्रम सम्पन्न

पाल्पामा नेकपा बहुमतद्वारा सहिद सप्ताह कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, संस्कृति, समाचार
पाल्पा।पाल्पामा  शहीद सप्ताहकाे अन्तिम दिन आइतबार शहीद परिवारलाई सम्मान गरी  सहिद सप्ताह कार्यक्रम मनाईयकाे छ  ।  नेपाल कम्यूनिष्ट पार्टी बहुमत जिल्ला कार्य समिति पाल्पाको आयोजनामा शहीद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको हाे । एक पालिका एक कार्यक्रम अन्तर्रगत जिल्लाका दशवटै पालिकामा सप्ताह व्यापी शहीद सप्ताह कार्यक्रमको आयोजना गरी ५० भन्द बढी शहीद परिवारलाई सम्मान गरीएको छ। मुलुकको परिवर्तनको निम्ति बलिदानी दिएका शहीदको सम्झनामा सप्ताह व्यापी कार्यक्रम गरीएको नेकपा बहुमत पाल्पाका संयोजक मुक्ति गैरेले बताए। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिल्ला संयोजक गैरेले मुलुकको व्यवस्था परिवर्तन ल्याउनमा जनयुद्धमा होमिएका माओवादी शहीद परिवारले अझै पनि सम्मानजनक न्याय नपाएको बताएका थिए। जनयुद्धको अपेक्षा अवस्था परिवर्तन मात्रै नभएको भन्दै मुलुक भित्रै स्वरोजगारी, शिक्षा, स्वास्थ्य र पू...
पुर्व माओवादी नेताहरु पहिलाे पटक एउटै मन्चमा

पुर्व माओवादी नेताहरु पहिलाे पटक एउटै मन्चमा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।बिगत दस बर्षिय जनयुद्ध  २०५२ साल देखि ६२ साल सम्मा संगै यात्रा गरेका र आज विभिन्न पार्टीमा बिभाजित माओवादी  नेताहरु पहिलाे पटक  एउटा कार्यक्रममा एउटै मन्चमा बाेल्ने माैका पाएका हुन ।  सहिद सप्ताह बिशेष कार्यक्रम अन्तर्गत सहिद जनयुद्ध तथा बेपत्ता याेद्दाकाे  याेगदान र नेतृत्वको दायित्व बिषयीक अन्तरक्रिया कार्यक्रम, शहिद तथा बेपत्ता बेपत्ता याेद्दा फाउन्डेसन नेपालले राजधानी काठमाडौंकाे  कमलादीस्थित   प्रज्ञा प्रतिष्ठानकाे  भवनमा कार्यक्रमकाे  आयाेजना गरेकाे थियाे । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ), संघिय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई ,  नेकपाका महासचिव नेत्र बिक्रम चन्द ( विप्लव) ,नेकपा बहुमतका संयोजक  धर्मेन्द्र बास्तोला (कन्चन),  माओवादी समाजवादी का अध्यक्ष कर्णजित बुढा (सुशील ),क्रान्तिकारी माओवादी का स्थायी कमिटी सदस्...
नेकपा (बहुमत ) केन्द्रीय कमिटी काे चाैथाे पुर्ण बैंठक  सम्पन्न

नेकपा (बहुमत ) केन्द्रीय कमिटी काे चाैथाे पुर्ण बैंठक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिको चौथो पूर्ण बैठक पोखराको लेखनाथमा सम्पन्न भएको छ । यही फागुन १४ देखी १८ सम्म बसेको बैठकले नेपाली समाजको आमूल रूपान्तरणका लागि आवश्यक नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी क्रान्ति सम्पत्र गर्ने उद्देश्यका साथ नेपालका क्रान्तिकारी पार्टीहरूसँग पार्टी एकता, धु्रवीकरण र कार्यगत एकताको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । निकट भविश्यमा नै पार्टी एकता गर्ने लक्ष राखेका तिन पार्टी नेकपा (बहुमत), नेकपा (क्रामा) र नेकपा (मशाल) बिच पार्टी एकताका लागि बनेको पार्टी एकता संयोजन समितिले तयार गरेको मस्यौदासम्बन्धी सम्प्रेषण र छलफल गरी एकतालाई तार्किक निष्कर्षमा पुर्याउने निर्णय बैठकले गरेको छ । बैठकले दलाल पुँजीवादको भद्दा नमूनाको रूपमा चलिरहेको लघुवित्त, मिटरब्याजजस्ता चरम शोषण, उत्पीडनको अन्त्य गर्न सम्पूर्ण लघुवित्तीय संस्थाह...
राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गर्न दलहरुकाे दाेष : गगन थापा

राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गर्न दलहरुकाे दाेष : गगन थापा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलाई राजाको भद्धा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा परेको र यसमा दलहरुको पनि दोष रहेको बताएका छन् । बागमति प्रदेशका सांसदहरुका लागि काठमाडौंमा भएको अभिमुखिकरण कार्यक्रमलाई संबोधन गर्दै थापाले राष्ट्रपतिले हिँड्दा खेरी पनि हिजोको राजाजस्तो हिँडेको मिल्यो कि मिलेन, दर्शन गरेको मिल्यो कि मिलेन भनेर राजाको भद्धा नक्कल गरिएको बताए । अहिले राष्ट्रपति घरबाट निस्किनुभयो भने नागरिकको भागाभाग हुन्छ, त्राहीमाम हुन्छ, राष्ट्रपतिलाई मात्र दोष दिएर मात्र हुन्न यो, हाम्रो पनि कमजोरी छ’, उनले भने, ‘हामीले सवारी चल्ने राष्ट्रपति खोजेको होइन, भूजा ज्युनार गर्ने राष्ट्रपति खोजेको होइन, हामीले त जनताको राष्ट्रपति खोजेको हो, त्यो महसुस गराउने हो नि ।’ अब आउने राष्ट्रपतिले हिजोको दिनबाट सिकेर नयाँ ढंगले चलेर जनताको राष्ट्रप...
निर्माण ब्यावसायी संघ जाजरकोटकाे अध्यक्षमा रण बहादुर कार्की

निर्माण ब्यावसायी संघ जाजरकोटकाे अध्यक्षमा रण बहादुर कार्की

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट । निर्माण व्यवसायी संघ जाजरकोटको अध्यक्षमा रण बहादुर कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा ४९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बुद्धिबहादुर खत्रीले ३७ मत प्राप्त गरेका थिय ।
क्रान्तिका बाकी कार्यभार पूरा गर्न क्रान्तिकारी कम्युनिस्टहरुकाे एकता गर्नेछौं  : माेहन वैद्य

क्रान्तिका बाकी कार्यभार पूरा गर्न क्रान्तिकारी कम्युनिस्टहरुकाे एकता गर्नेछौं : माेहन वैद्य

राजनीति, राष्ट्रिय, विचार, समाचार
प्र.१) जनयुद्धको २८ औँ वार्षिकोत्सवका सन्दर्भमा तपाईं जनयुद्धलाई कसरी सम्झनुहुन्छ ? उत्तर:  २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट महान् जनयुद्धको उद्घोष गरिएको थियो । त्यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा ठूलो क्रमभङ् थियो । त्यसले पुरानो दलाल पुँजीवादी र नोकरशाही सामन्तवादी राज्यसत्ताका विरुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नको निम्ति महान् उद्घोष गरेको थियो । त्यो एउटा नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदायको ऐतिहासिक विद्रोह थियो । त्यसले नेपाली जनताको मुक्तिको सपना, साम्यवादसम्म पुग्ने आदर्श निर्माण गरेर अगाडि बढेको थियो । प्र.२) तपाइ जनयुद्ध पहलकर्तामध्येको एक मुख्य हुनुहुन्छ । जनयुद्धको तयारी गर्नुभन्दा अगाडिका चार तयारी (वैचारिक–राजनीतिक, साङ्गठनिक, प्राविधिक, सैन्यलगायत तयारी) लाई अहिले कसरी लिनुह...
सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले बुझाए प्रधानमन्त्री लाई ज्ञापनपत्र

सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले बुझाए प्रधानमन्त्री लाई ज्ञापनपत्र

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
१४ फाल्गुन काठमाडौं । ।जनयुद्धका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । आईतबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाएका हुन् । १० बर्षे जनयुद्धमा सहादात प्राप्त गर्ने महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै बरिष्ठ अधिवक्ता एकराज भण्डारी नेतृत्वको टोटीले ज्ञापन पत्र बुझाएको हो । एक सय बढी सहिद तथा बेपत्ताका परिवारहरुको उपस्थितिमा बुझाएको ज्ञापनपत्रमा १४ वटा माग राखिएको छ । जनयुद्धको महान् लक्ष्यलाई संस्थागत गर्ने र सहिद तथा बेपत्ता योद्दाहरुको सपनालाई साकार पार्ने तर्फ नेपाल सरकारको गभ्भीर ध्यान जाओस् भन्दै उनीहहरुले सहिद तथा बेपत्ता परिवारले अनुभूत गर्ने गरी आफ्ना मागको सुनुवाई गर्न अनुरोध गरेका छन् । ‘महान् जनयुद्धको राजनैतिक लक्ष्य प्राप्तिको लागि पहलकदमी लिइय...
राष्ट्रपतिमा दुई सभामुख बिच प्रतिस्पर्धा हुने

राष्ट्रपतिमा दुई सभामुख बिच प्रतिस्पर्धा हुने

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
१३ फागुन, काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् । त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहे...
राष्ट्रपतिमा एमालेकाे उम्मेदवार रहन्छ : केपि ओलि

राष्ट्रपतिमा एमालेकाे उम्मेदवार रहन्छ : केपि ओलि

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।’ एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं ।’ तर गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नमा उनले अरु घटनाक्रम थाहा नभएको बताए ।...