११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटकाे अधिवेशन तथा प्रशिक्षण सम्पन्न

जाजरकोट ।माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटकाे एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयकाे छ ।

शुक्रबार भेरि नगरपालिका वडा न १ रिम्ना स्थित सहिद स्मृति भवनमा भयकाे अधिवेशन जिल्ला संयोजक  हिमालकाे अध्यक्षतामा भयकाे भेलामा पार्टी कर्णाली प्रदेश कमिटी सह- ईन्चार्ज तथा जिल्ला इन्चार्ज  प्रेम बहादुर चलाउने ( अनन्त) , पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेम प्रकाश वलि ( धमिल ) र पार्टी प्रदेश कमिटी सल्लाहकार सदस्य हर्क र हरिशकाे काे विशेष उपस्थितिमा जिल्ला समिति सदस्यहरुकाे सहभागीतामा एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भयकाे थियाे ।अधिवेशनले ठगेन्द्र बहादुर सिंह “हिमाल”लाई संयोजक र रतन वलिलाई सह-संयोजकमा जिम्मेवारी ताेकेकाे छ ।

उक्त अधिवेशनबाट ३५ सदस्यीय जिल्ला भेला आयाेजक कमिटी गठन गरियकाे छ ।अधिवेशनमा इन्चार्ज अनन्त र धमिलले बर्तमान परिस्थिति, राष्ट्रिय राजनीति, र क्रान्तिकारी कम्युनिस्ट पार्टीले आगामी दिनमा खेल्नुपर्ने भुमिका का बिषयमा प्रशिक्षण दियका थिए , भने एकता अधिवेशन तथा प्रशिक्षणको संचालन रतन वलिले गरेका थिय। कार्यक्रममा पुर्व जिल्ला इन्चार्ज धमिल , दुईजना प्रदेश सल्लाहकार सदस्य हरिश र हर्कलाई क्रान्तिकारी पार्टी निर्माणमा अहम भुमिका रहेकाे भनि  सम्मान पत्र प्रदान गरियकाे थियाे।