२३ भाद्र २०८१, आईतवार

अखिल क्रान्तिकारीकाे एकताको भेला सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अनेरास्ववियु(क्रान्तिकारी)काे केन्द्रीय एकताको भेला सम्पन्न भयकाे छ ।

माेहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टी बिच पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनी सकेपछि उक्त पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले पहिलाे केन्द्रीय भेलाकाे आयाेजना गरि सम्पन्न गरेकाे हाे ।

साेमबहार काठमाडौंको घट्टेकुलाेमा रहेकाे कृष्णसेन इच्छुक प्रतिष्ठानको सभाहलमा भयकाे कार्यक्रममा पार्टीका केन्द्रीय कार्यलय सदस्य सिपि गजुरेल , हेमन्त प्रकाश ओली , उदय चलाउने दिपक,संगठनका पुर्व अध्यक्ष सरद रसाइली ,पुर्ण बहादुर सिंह र संगठनका ईन्चार्ज हरिकृष्ण गजुरेलकाे बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भयकाे थियाे । संगठनका संयाेजक मिलन राईको अध्यक्षतामा भयकाे भेलाकाे संचालन पेशल दाहालले गरेका थिय भने स्वागत मन्तब्य संगठनका सह-संयाेजक बिरेन्द्र शाहले गरेका थिय । संगठनको प्रतिवेदन संयोजक मिलन राईले प्रस्तुत गरेका थिय ।

भेलाले १३५ सदस्य राष्ट्रिय सम्मेलन आयाेजक समिति निर्माण गरेकाे छ ।६५ जना पुर्व क्रान्तिकारी माओवादी , ५३ जना नेकपा बहुमतबाट र १७ जना पछि थप्ने  गरि संयाेजक मिलन राई , सह-सयाेजक शिलु न्याैपाने ,पेशल दाहाल र बिरेन्द्र शाह लाई चयन गरि भेला सम्पन्न भयकाे छ । थप प्रदेश र जिल्ला स्तरकाे जिम्मा वाँडफाड का लागि बैंठक बसि सार्वजनिक गरिने संगठनका फ्रयाक्सन ईन्चार्ज हरिकृष्ण गजुरेलले बताय ।